Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

प्रकृति मानव केन्द्रित जन अभियान नेपाल धनकुटाको अध्यक्षमा सुवेदी

धनकुटावासीलाई अर्गानिक खेती गर्न अभियानकर्मीहरुको जोड

  •   ४ वर्ष अघि | ९ पुस २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/प्रकृति मानव केन्द्रित जनअभियान नेपाल धनकुटाको शुक्रवार सम्पन्न जिल्ला भेलाले अध्यक्षमा मिन प्रसाद सुवेदीलाई चयन गरेको छ । 

पुर्व संविधानसभा सदस्य एवं प्रदेससभा सदस्य लिला सुव्वाको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला भेलाले सुवेदीलाई प्रकृति मानव केन्द्रित जनअभियानको धनकुटा जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । 

अभियानको जिल्ला उपाध्यक्षमा रेणुका कार्की, सचिवमा सुरेश पराजुली, उप–सचिवमा केदार दाहाल र कोषाध्यक्षमा टिका भण्डारीलाई चयन गरिएको छ । 

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि प्रदेससभा सदस्य लीला सुब्बा ।

२२ सदस्यीय जिल्ला समितिको सदस्यहरुमा नम्रता गौतम, सन्तवीर लामा, शंदेश क्षेत्री, संगीता चापागाँई, ख्याम थापा, यज्ञ प्रसाद भण्डारी, लोका रिजाल, सुर्य साप्कोटा, दुर्गा वस्नेत, केवलराम पराजुली, दुर्गा भट्टराई, कोपिला वुढाथोकी, कविता राई, सुधामा वराल, टंक रोइला, कृष्णमाया श्रेष्ठ र मालाश्री शाही रहेका छन् । 

त्यसैगरी अभियानलाई सफल पार्नको लागि पुर्व सांसद गोपाल गुरागाँईको संयोजकत्वमा ५ सदस्सीय जिल्ला सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिका सदस्यहरुमा प्रदेससभा सदस्यद्धय लीला सुब्बा, कुसुमकुमारी श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर  थापा र पर्डेप नेपालका अध्यक्ष नरेश श्रेष्ठलाई चयन गरिएको छ । 

जनअभियान नेपालको वन्द सत्रलाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेससभा सदस्य लीला सुव्वाले ‘भावी पुस्ताका लागि पृथ्वी वचाउँ’ भन्ने मुलनाराको साथ देशव्यापी रुपमा संगठन विस्तार गर्दै अघि वढेको प्रकृति मानव केन्द्रित जनअभियान नेपालको अभियानको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।’ उनले भनिन्–‘प्रकृति र मानवतालाई केन्द्रमा राखेर संचालन गरिएको जनअभियानका कृयाकलापहरु आफैमा धेरै महत्वपुर्ण रहेको छ ।’

त्यसैगरी प्रकृति मानव केन्द्रित जनअभियानका अभियान्ता एवं दैलेख नगरपालिकाका निवर्तमान नगर प्रमुख सुर्यवहादुर शाहीले भने–‘अभियानलाई जनजन र घरघरसम्म पु¥याउन म गर्छु र मेरो घर परिवारबाट शुरु गर्छु भन्ने भावानाको विकास हुनु जरुरी छ ।’ शाहीले उन्नती र प्रगतीका लागि जनअभियानमा जुटेर अघि वढ्न कार्यक्रममा सहभागी सवैलाई आग्रह समेत गरे । 

प्रकृति मानव केन्द्रित जनअभियान नेपालका केन्द्रिय अध्यक्ष कृष्ण गौतम कार्यक्रमलाई सम्वोधन गर्दै । 

प्रकृति मानव केन्द्रित् जनअभियान नेपालका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद गौतमले प्राकृतिसंग जोडिने कुरा मानवको कर्तव्य भित्र पर्ने वताए । उनले भने–‘प्रकृतिलाई सृष्ट्रि गर्ने पनि मानव, विगार्ने पनि मानव नै भएकाले सवै मिलेर अव प्रकृति वनाउने कामममा हामी सवै लाग्नु पर्छ ।’ गौतमले थपे–‘जगत, जिव, जंगल पृथ्वी रक्षा गर्ने जिम्मा मानव कै हो ।’

त्यसैगरी जनअभियानका केन्द्रिय सदस्य एवं धनकुटा नगरपालिकाका उप–प्रमुख भीमा देवी खनालले आफू धनकुटा नगरपालिकमा उप–प्रमुख भएर निर्वाचित भएर आएको ७ महिना भएको स्तमरण गराउँदै भनिन्–‘प्रकृति मानव केन्द्रित जनअभियानलाई कार्यान्वयन गरौं अर्गानिक खेतीमा लागौं भनेर नगरवासीलाई भन्दा भन्दै पनि रासयनिक मलको माग अत्याधिक आउने गरेको छ ।’ अर्गानिक्ता तर्फ लागौं भनेर किसानहरु माझ जनअभियान संचालन गरिहँदा रहँदै पनि रासयनिक मलको सिफारिस गर्न वाध्य हुनु परेको धनकुटा नगरका उप–प्रमुख खनालले बताईन । 

प्रकृति मानव केन्द्रित जनअभियान नेपाल धनकुटाका पदाधिकारी एवं सदस्यहरु अतिथिहरुसंग सामुहिक तस्विर लिर्दै । 

प्रकृति मानव केन्द्रित जनअभियान नेपालका केन्द्रिय अध्यक्ष कृष्ण गौतमको अध्यक्षतामा सम्पन्न जिल्ला तथा अन्तरक्रिया कार्यक्रममा धनकुटा नगरपािलकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा, अभियानका केन्द्रिय कोषाध्यक्ष माया केसी, वावतरण शाखा प्रमुख उपेन्द्र खनाल, प्रकृति मानव अभियान्ता पुन्य प्रसाद खतिवडा लगायतले निर्वाचित अभियानका पदाधिकारी एवं सदस्यहरुलाई कार्यकालको सफलताको शुभकामन व्यक्त गरेका थिए ।  

  • Dhankutapress

थप