Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

‘जाउँ है पोखरा’ अभियान धनकुटामा

  •   ३ वर्ष अघि | १९ कार्तिक २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/‘आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो’ भन्ने नारा सहित धनकुटामा आएर आइतबार होटल संघ पोखराले धनकुटाका नागरीकलाई पोखरा भ्रमणको निम्ता दिएको छ ।

धनकुटाको होटल मुर्चुङ्गामा एक कार्यक्रमको आयोजना गर्दै होटल संघ पोखराले धनकुटाका नागरीकलाई पोखरा भ्रमणको निम्ता दिएको हो । संघले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान आईतबार धनकुटा आइपुगेको हो । पोखरा महानगरपालिकाको प्रबद्र्धनमा कात्तिक १६ गतेबाट कात्तिक २० गतेसम्म सञ्चालन हुने अभियान यो बर्ष जनकपुरबाट सुरु भई विराटनगर, बिर्तामोड हुँदै धनकुटासम्म आइपुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

उनले पूर्वी नेपालबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पूर्व पठाउने संघको अभियान नै रहेको बताए । कार्यक्रममा बोल्दै उनले अभियानपछि पोखराबाट २ हजार ५ सय पर्यटक धनकुटा ल्याउने समेत प्रतिवद्धता व्यक्त गरे । कोभिड–१९ को कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्ने उद्धेश्य पनि यस अभियानले लिएको भन्दै उनले राज्यले व्यवसायीहरुको लागि कुनै योजना नल्याउदा दुःख लागेको धारणा राखे ।

प्राकृतिक र धार्मिक सहित सहासिक खेल पर्यटनका लागि पोखरा उत्कृष्ठ गन्तव्य भएकोे बताउदै उनले धनकुटा पनि एक उत्कृष्ठ पर्यटकिय गन्तव्य भएकोले आन्तरिक पर्यटन प्रवद्र्धनमा एक अर्का बिच सहयोग र सहकार्य गर्न आवश्यक रहेको बताए । पोखरामा पर्यटकका लागि झण्डै ५ खर्वको लगानी भएको जानकारी गराउदै अध्यक्ष सुवेदीले ती होटलहरुमा ४० हजार बेड रहेको जानकारी दिए । 

कार्यक्रममा जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरेन तामाङ्गले धनकुटाको पर्यटन विकासका लागि पोखरासग सहकार्य गर्नुपर्ने बताए । उनले होटल संघ पोखराले सञ्चालन गरेको यो अभियानले आन्तरिक पर्यटनका लागि एक महत्वपूर्ण सुरुवात भएको बताउँदै यस्ता अभियान धनकुटाले पनि सुरुवात गर्नुपर्नेमा जोड दिए । 

त्यस्तै धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनालले धनकुटाको पर्यटन विकासका लागि यो अभियान महत्वपूर्ण भएको बताईन । कार्यक्रममा धनकुटाका होटल व्यवसायी, उद्योगि,व्यापारी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । पोखराबाट आएका होटल संघका अध्यक्ष सहित पदाधीकारी तथा सदस्यहरुलाई होटल एसोसीयसन धनकुटाले विषेश स्वागत गरेको थियो ।


  • Dhankutapress

थप