धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा नगरपालिका भित्रको पर्यटकिय गन्तव्यहरु चिनाउन पर्यटन व्यवसायीहरुको छाता संस्था प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) का पदाधिकारी एवं प्रतिनिधिहरुलाई सनिवार धनकुटामा स्वागत गरिएको छ ।
धनकुटा नगरपालिकाको अगुवाईमा नगर प्रमुख चिन्तन तामाङले धनकुटाको वसपार्कमा स्वागत कार्यक्रम गरेर (पाटा) मा आवद्ध भएर आएका ५७ जना स्वदेशी तथा विदेसी पर्यटनकर्मीहरुलाई स्वागत गरेका हुन् । नगर प्रमुख तामाङले धनकुटामा लुकेर वसेको पर्यटकिय गन्तव्यहरुको मार्केटिङ्ग इभेन्टको रुपमा यो कार्यक्रम आयोजना गरिएको वताए ।
कार्यक्रमको मुख्य उदेश्य भने जिल्ला सदरमुकाम धनकुटा वजार र आसपासको क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा (होम स्टे) मार्फत विकास गरेर नगरवासीको आर्थिक समृद्धिमा पर्यटन मार्फत टेवा पु¥याउने रहेको प्रमुख तामाङले वताए । उनले यो कार्यक्रम धनकुटा नगरपालिकाले अन्तराष्ट्रिय पर्वतिय विकास केन्द्र (इसिमोड) को आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक (होम स्टे) नेटवर्क काठमाण्डौंको समन्वयमा संचालन गर्न लागिएको वताए ।
कार्यक्रममा नेतृत्व गर्दै धनकुटा आएका इसिमोडका पर्यटन विशेषज्ञ डा.अनु लामाले धनकुटा नगर लुकेर वसेको गहना भएको वताएकी छन् । उनले भनिन्–‘धनकुटा नगरलाई दिगो पर्यटन विकास गर्न यहाँका साँस्कृति, प्राकृतिक र रहनसहनलाई केन्द्रित गरेर बजार तयार छ है भनेर देखाउनु हो ।’ उनले (पाटा) मा आवद्ध भएर वंगलादेश, भारत जो नेपालको सिमनासंग जोडिएका छिमेकी देशहरुका पर्यटकहरुको आकर्षण वढाउनलाई यो कार्यक्रम आयोजना गरिएको वताईन । आन्तरिक र अन्तरदेशिय पर्यटक भित्र्याउने मुख्य लक्ष्यका साथ धनकुटामा यो कार्यक्रम गरिएको हो ।
पर्यटन विज्ञ लामाले भने–’(पाटा) पर्यटन व्यवसायी, ट्राभल्स एण्ड टुर कम्पनीहरुको छाता संगठन हो ।’ यो संस्थाले पर्यटन प्रवद्र्धन गर्न स्वदेसी तथा विदेशी पर्यटकहरुलाई पर्यटकिय गन्तव्यहरुमा ल्याउने गर्दछ । यसै क्रममा हामीले अहिले धनकुटा नगरपालिकाको अनुरोधमा यहाँ ५७ जना अन्तर देशिय पर्यटकहरु लिएर आएका छौं–लामाले थपिन ।
उनले धनकुटा नगरपालिकामा पर्यटनको विस्तार गर्न पाटा जस्तो संस्थाको स्थलगत भ्रमण गर्ने गतिविधि जरुरी छ भनेर तिन दिनको लागि सहकार्य गरेर यो कार्यक्रम ल्याएको वताईन । पाटाको अगुवाई भने सिओ सुरेश सिंह र विभूती चन्दले गरिरहेका छन् ।
धनकुटा नगरपालिकाले यहाँको पर्यटकिय गन्तव्यहरुको भने जस्तो राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार हुन नसकेकोले यो कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापाले वताए । नगरपालिका, सामुदायिक होमस्ट नेटवर्क काठमाण्डौं, इसिमोड र (पाटा) को रोहवरमा पर्यटनसंग सम्वन्धित् व्यवसायी संगठनहरुको प्रतिनिधिहरुलाई गन्तव्यसम्म ल्याउनको लागि यो कार्यक्रम आयोजना गरिएको वताए ।
प्रतिनिधिहरुलाई धनकुटामा रहेको प्रदेश संग्राहलय, आठपहरिया समुदायको वाउन्न चुला (तले घर) को अबलोकन गराइएको छ । त्यसैगरी धनपा–५ को ओरेन्ज सिटी, तल्लो कोप्चेमा नेवारी संस्कृति, निशान मन्दिरको दर्शन, चुलिवन, कचिडे, धनपा–४ र ५ मा रहेको होम स्टे को पनि अबलोकन गराईएको छ । अवलोकन पश्चात हाम्रो वहुमुखी पाठशालाका कलाकारहरुको विभिन्न जातजातिको सांगितिक प्रश्तुति देखाइएको थियो । सो कार्यक्रममा धनकुटाका चर्चित गायिका जुनी खालिङ्ग राईले पनि आफ्नो सांगितिक प्रश्तुती दिएका थिए ।
पर्यटनकर्मीहरुसंग धनपा–१ सुकेपोखरी स्थित् जलाधार, मुलाधार संरक्षण क्षेत्रमा विशेष कार्यक्रम आयोजना गर्ने भनिए पनि अत्याधिक चिसोको कारण हुन नसकेको आर्थिक विकास अधिकृत विकास अधिकारीले वताए । उनले आईतवार विहान धनकुटामा औपचारिक रुपमा कार्यक्रम समापन गरेर पर्यटन व्यवसायीहरुलाई विदाई गरिएको वताए ।
अन्य तस्विरहरु :
स्वागतको लागि हाम्रो वहुमुखी पाठशाला धनकुटाका कलाकारहरु ।
राष्ट्रिय कलाकार जुनी खालि आफ्नो प्रश्तुती दिदै ।

- Dhankutapress