Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कुलमानले ६ महिनामै गरे विधुत प्राधिकरणमा करोडौं आम्दामी

  •   ५ वर्ष अघि | ८ फाल्गुन २०७८, आइतवार

धनकुटा प्रेस सम्वाददाता

काठमाण्डौं/ नेपाल विद्युत प्राधिकरण सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्था बनेको छ । गत वर्ष ६ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएको प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा झण्डै १२ अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको हो ।

विद्युत चुहावटमा नियन्त्रण,भारतर्फ विद्युत निर्यातको परिमाणमा भएको बृध्दि,विद्युत आयातमा कमी लगायत अन्य आयमा भएको बृध्दिका कारण चालु आवको पहिलो छ महिनामा प्राधिकरणले उल्लेखनीय नाफा आर्जन गरेको बताइएको छ ।

सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम,४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसँगको सस्तोमा विद्युत खरिद दरले पनि नाफा बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभएको छ ।

‘पुसबाट लागु हुने गरी उपभोक्ता महसुल समायोजन गरिएको छ, यसबाट चालू आर्थिक वर्षको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्छ । तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनमा कडाइ गरी नाफालाई १५ अर्ब रुपैयाँ कटाउने लक्ष्यका साथ काम गरिरहेका छौं,’ घिसिङले उल्लेख गर्नुभएको छ ।

प्राधिकरणले चालु आवको पहिलो छ महिनामा ४७ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । त्योमध्ये ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी विद्युत बिक्रीबाट हुने गरेको छ भने खर्च विभिन्न सामान खरिदमा हुने गरेको बताइएको छ ।

हालसम्म प्राधिकरणले विदेशी दातृ निकायहरुसँग लिएको दीर्घकालीन ऋण एक खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । नेपाल सरकारसँग लिइएको दीर्घकालीन ऋण ८१ अर्ब ८१ करोड छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व ३६ अर्ब ८४ करोड रुपैयाँ छ ।

यसअघि आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरणले त्यस पछिका वर्षहरुमा भने निरन्तर नाफा गरेको छ ।

  • dhankutapress

थप