Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सरकारले कृषिमा लगानी बढाउनु पर्नेमा जोड

  •   ३ वर्ष अघि | ४ असोज २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/सरकारले कृषिमा लगानी नबढाएसम्म कृषि क्रान्ति सम्भव नहुने विहिवार यहाँ आयोजित एक कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका छन् । 

बिहिबार कृषि ज्ञान केन्द्र धनकुटा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले संयुक्त रुपमा आयोजना गरेको स्वीकृत बार्षिक कार्यक्रमको सार्वजनिकिकरण गोष्ठीमा सहभागी कृषक एवं सरोकारवालाहरुले यस्तो बताएका छन् । 

आ.व.२०८०/०८१ को स्वीकृत बार्षिक कार्यक्रम सार्वजनिकिकरण गोष्ठीमा सरोकारवाला सहभागीहरुले किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरणमा ध्यान दिनुपर्ने,उत्पादनमा आधारीत अनुदानको व्यवस्था गरिनु पर्ने, अनुदानलाई वास्तविक किसानसम्म पु¥याउने पर्नेमा जोड दिएका छन् । त्यस्तै कृषि ज्ञान केन्द्र र भेटिरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाले आगामी दिनमा कार्यक्रम बनाउँदा सम्बन्धित सरोकारवलासँग छलफल गरेर मात्र कार्यक्रम बनाउन सुझाव समेत दिएका छन ।

 नम्वर प्रदेशमा बंगुरको उत्पादान धेरै भए पनि बंगुरपालक किसानहरुको लागि  कार्यक्रमले सम्बोधन नगरेको प्रति सहभागी किसानले ध्यानकर्षण गराएका छन । कार्यक्रममा बोल्दै प्रदेश सांसद इन्द्रमणी पराजुली र निरन राईले  किसानले उत्पादन गरेको बस्तुलाई बजारीकरण गर्नका लागि आवश्यक नीति निमार्ण नगरी उत्पदानमा बृद्धि गर्न नसकिने भन्दै संसदमा यी विषयमा छलफल गर्ने बताएका छन । उनीहरुले विगतका  अनुदानका कार्यक्रमहरु इमान्दारीताका साथ कार्यान्वयन नभएको हुदाँ आगामी दिनमा अनुदानलाई व्यवहारीक रुपमा कार्यान्वय गर्ने पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, प्रदेश सांसद इन्द्रमणी पराजुली, निरन राई, छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बा, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, पाख्रिवास नगरपालिकका उप–प्रमुख नम्रता गौतम, महालक्ष्मी नगरपालिकाका उपप्रमुख मञ्जु कार्की अधिकारी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सबै पालिकाका कृषि र पशु विकास शाखाका प्रमुख, कृषकका विभिन्न संघ सस्थाका प्रमुख तथा किसानहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रको तर्फबाट प्रमुख नगेन्द्र बहादुर राना, भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख लोकनाथ ढुंगना र घरेलु तथा साना उद्योग कार्यालयका विकास कार्किले  आ.व. २०८०/०८१ को  बार्षिक कार्यक्रम सार्वजनिक गरेका थिए । 


  • Dhankutapress

थप