Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

(कोदोको रक्सी) प्रवद्र्धन समिति मोरङको अध्यक्षमा शान्ता मोक्तान

  •   ४ वर्ष अघि | २७ असार २०७९, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

मोरङ/कोदोको रक्सीलाई ब्राण्डिङ गर्न आर्जनसँग जोड्नका लागि अग्रसर परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति प्रदेश नं. १ को विभिन्न जिल्लामा संगठन विस्तार गर्दै आएको छ ।

यसैक्रममा प्रदेश नं. १ का १४ वटै जिल्लामा समिति विस्तार गर्ने योजना अनुरुप मोरङमा पनि आइतवार कोदोको रक्सी प्रवद्र्धन समिति मोरङ गठन गरिएको हो ।

परम्परागत मदिरा (कोदोको रक्सी) प्रवद्र्धन समिति मोरङको प्रथम जिल्ला भेलाले शान्ता मोक्तान तामाङलाई संयोजकमा चयन गरेको छ । प्रवद्र्धन समितिको सदस्यहरुमा रुकमणि धिमाल, भक्तशेर लिम्बू, कमल गुरुङ, फुलसरा तामाङ, विन्दुकला गुरुङ, कृष्ण मेन्याङ्बो, राधा लिम्बू, सीता राई, दिलमाया गुरुङ, अनिता तामाङ, दिलबहादुर तामाङ, कल्पना राई, राधा लिम्बू र ज्ञानु श्रेष्ठ रहेका छन् ।


समिति गठनका लागि आयोजित भेलामा कोदोको रक्सीका सम्भावना र चुनौतिका विषयमा छलफल गरिएको थियो । छलफलमा बुद्धिजीवि देसु वनेम, टेक खजुम, दिलकुमार नेम्वाङ, सरु सिङ्घक लगायतले कोदोको रक्सीलाई ब्राण्डिङ गरेर अन्तर्राष्ट्रियकरण गर्न सके आम्दानीको राम्रो स्रोत बन्न सक्ने बताए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ मोरङका उपाध्यक्ष कमल गुरुङ, किरात राई यायोक्खा उपाध्यक्ष सीता राई, पूर्व जनप्रतिनिधि विन्दु गुरुङ, किरात याक्थुङ चुम्लुङ सचिव कृष्ण मेन्याङ्बो, केशव थापा मगर लगायतले कोदोको रक्सी र यसका सम्भावनाका विषयमा आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा प्रवद्र्धन समितिले कोदो रक्सी निर्माणका लागि चाहिने कोदो, मर्चाका लागि चाहिने जंगली जडिबुटी लगायतको संरक्षणमा सरकारले चासो देखाउनु पर्नेमा पनि जोड दिएको छ । कार्यक्रममा प्रदेश नं.१ मा कोदो हुने क्षेत्रको पहिचान गर्दै रक्सी उत्पादनमा चाहिने कोदोका लागि एकीकृत कोदो खेति कार्यक्रम लागु गरेर कोदो उत्पादनमा जोड दिनुपर्ने माग गरेका छन् ।

  • Dhankutapress

थप