धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटामा करदाता शिक्षा ,अहिलेको अवस्था, कारोबार गर्ने व्यक्तिले ध्यान दिनुपर्ने कुरा, प्रतिबन्धित सामान बेच्न नपाइने लगायतका विषयमा छलफल गर्दै करदाता शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
करदाता सेवा कार्यालय धनकुटाको आयोजना तथा उद्योग वाणिज्य संघ धनकुटाको स्थानिय व्यवस्थापनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुलाई कर शिक्षा, आय विवरण भर्ने तथा कम्यूटरमा विवरण सहि तरिकाले राख्ने लगायत आधारभुत ज्ञान दिईएको उद्योग वाणिज्य संघ धनकुटाका बरिष्ठ उपाध्यक्ष तारा तितुङ्गले जानकारी दिए ।
व्यावसायीहरुले कर सम्बन्धी शिक्षा नपाउँदा र आय विवरण सहि तरिकाले राख्न जानकारी नहुदाँ कर सम्बन्धी विभिन्न समस्याहरु आउने गरेको छ । त्यस्ता खाले समश्या निराकरणका लागि करदता शिक्षा सम्वन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए ।
तालिममा धनकुटाका जिल्लाको सिधुवा, हिले, पाख्रीवास, जिल्ला सदरमुकाम धनकुटा वजार, पात्लेखोला, उत्तरपानी वजारका उद्योगी व्यावसायीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी व्यापारीहरूले दोहोरो कर नीति हटाउनु पर्ने, करदातालाई सहज हुने गरी कर तिर्ने व्यवस्था गर्नुपर्ने, कर कार्यालयमा दर्ता नगरेरै व्यवसाय गरिरहेका व्यापारीहरूलाई करको दायरामा ल्याउनुपर्ने लगायतका सुझाव राखेका थिए ।
त्यसका साथै, अन्तरक्रिया कार्यक्रममा स्थायी लेखा नम्वर के हो ?, प्यान लिदा आवश्याक कागजात के के चाहिन्छ, आय विवरणका प्रकारहरु, मूल्य अभिवृद्धि करमा दर्ता भएपछि के गर्नु पर्छ ? आदिका वारेमा करदाता सेवा कार्यालय धनकुटाका सञ्जय पण्डित र प्रकास गोतामेले सहजीकरण गरेका थिए ।
- Dhankutapress