Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

जनप्रतिनीधि तथा कर्मचारीहरुलाई राजश्व सुधार अभिमूखिकरण

  •   ५ वर्ष अघि | २ फाल्गुन २०७८, सोमवार

विवेक तितुङ 

धनकुटा प्रेस सम्वादाता 

हिले/छथर जोरपाटी गाउँपालिका धनकुटाका जनप्रतिनीधि तथा कर्मचारीहरुलाई राजश्व सुधार कार्ययोजना तर्जुमा सम्बन्धि अभिमूखिकरण प्रशिक्षण दिईएको छ ।

प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको प्रदेश प्रशिक्षण केन्द्र, प्रदेश नं. १ को आर्थिक सहयोग तथा सामुदायिक विकास मञ्च नेपाल धनकुटाको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण दिईएको हो ।

आयोजक संस्थाले आईतबार एक कार्याशाला गोष्ठीको आयोजना गरेर वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, राजश्व परामर्श समितिका पदाधिकारीहरु, गाउँपालिका अन्तरगतका शाखा प्रमुखहरुलाई प्रशिक्षण दिएको हो ।

वडा नं. १ का वडा अध्यक्ष पुखमान आलेको अध्यक्षतामा सञ्चालन भएको गोष्ठीमा सहभागिहरुलाई आयोजक संस्थाका परामर्शदाताद्वय नुषराज श्रेष्ठ र केदार दाहालले सहजिकरण गरेका थिए ।  

कार्यशालामा दिगो स्रोत व्यवस्थापन सम्बन्धीका प्रावधानहरु र गाउँपालिकाद्वारा जारी राजश्व सम्बन्धि ऐन, राजश्व सम्बन्धिका विभिन्न अभ्यासहरुका बिषयमा सूचना संकलन तथा समूहगत छलफल गरिएको थियो ।

कार्यशाला गोष्ठीले पालिकाको आगामी तीन वर्षको राजश्व सुधार कार्य योजना निर्माणका लागि आवश्यक सूचना संकलन गर्ने निर्णय भएको संस्थाका सहजकर्ता खिन्द्र अधिकारीले जानकारी दिनुभयो ।

  • dhankutapress

थप