Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

हस्तकला सामाग्री वनाउने १५ दिने तालिम सम्पन्न

  •   ४ वर्ष अघि | ११ चैत्र २०७९, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/बाँस तथा वाँसको जराबाट हस्तकला सामाग्री निर्माण सम्वन्धि १५ दिने तालिम सनिवार धनकुटामा सम्पन्न भएको छ । 

धनकुटा नगरपालिकाको आर्थिक सहयोग र मनिषा हस्तकला उद्योग धनकुटाको आयोजनामा १५ दिने बाँस तथा वाँसको जराको हस्तकला सामाग्री निर्माण गर्ने तालिम सम्पन्न भएको हो । धनकुटा नगरपालिका वडा नं.४ स्थित् भोटेचौतारामा रहेको ह्रिन्छेन छ्योलिङ गुम्वाको सभाहलमा तालिम आयोजना गरिएको थियो । 

समापन कार्यक्रमलाई सम्वोधन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले थोरै पुँजीले जिविका पार्जन गर्न यस्ता खाले तालिम फलदायी हुने वताए । उनले पहिलो पटक आधारभूत तालिम भएको वताउँदै व्यवासायीक वनाउन एडभान्स तालिमको लागि नगरपालिकाले सहयोग गर्ने वताए । उनले तालिममा सहभागीलाई आवश्यक पर्ने वाँसको सामाग्री निर्माण गर्ने औजारहरुको लागि नगरपालिकाले व्यवस्थापन गरि दिने वताए । उनले सो अवसरमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए । 


मनिषा  हस्ताकला उद्योगले आयोजना गरेको १५ दिने तालिममा धनकुटा नगरपालका वठा नं.४ स्कुलडाँडा एरियाका  ५ पुरुष सहित १० जनाले भाग लिएका थिए । तालिम अवधीमा सहभागीहरुले टुल, र्याक, टेबल, सजावटका विभिन्न सामाग्रीहरु निर्माण गरेका थिए । तालिमको सहजीकरण मनिष हस्तकला उद्योग धनकुटाका प्रोपाईटर गोपाल तामाङले सहजीकरण गरेका थिए । तालिममा सहभागी धनपा–४ स्कुलडाँडाका रामवहादुर तामाङले फलदायी भएको वताए । उनले तालिममा सिकेको सिपलाई घरमा गएर पुनः निरन्तरता दिन औजार सामाग्री आवश्याक पर्ने वताए ।

मनिषा  हस्तकला उद्योगका प्रोपाईटर गोपाल तामाङको अध्यक्षतामा सम्पन्न तलिम समापन समारोहमा फोनिज प्रदेश नं.१ अध्यक्ष सन्तवीर लामा, ह्रिन्छेन छ्योलिङ गुम्वाका व्यवस्थापक एवं धनपा वडा नं.४ का वडा सदस्य इमानसिंह वाईवा, सह–सचिव लक्की ब्लोन तामाङ लगायतको उपस्थिति रहेको थियो । 

प्रशिक्षक गोपाल तामाङलाई सहभागी प्रशिक्षर्थिहरुको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो । तालिम आयोजक संस्था मनिषा हस्तकला उद्योग धनकुटाले पनि कार्यक्रममा सहभागी प्रमुख अतिथि एवं अन्य अतिथिलाई मायाको चिनो प्रदान गरेको थियो ।  


  • Dhnakutapress

थप