सन्तवीर लामा
धनकुटा – नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवी सिंहले मुलुकको अर्थतन्त्र चलयमान वनाउनको लागी सरकारले निर्माण व्यवसायीलाई २० प्रतिसत मोविलाईजेशन थप गर्नु पर्नेमा जोड दिएका छन् ।
“गुणस्तरिय निर्माण, हाम्रो प्रतिवद्धता” मुल नाराको नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १६ औं साधरणसभा तथा १० औं जिल्ला अधिवेशनको समुद्धघाटन सत्रलाई विहिवार धनकुटामा सम्वोधन गर्दै केन्द्रिय अध्यक्ष सिंहले यस्तो जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि सिंहले भने–”लगतारको कोभिड–१९ को महामारीले गर्दा मुलुकको अर्थतन्त्रमा तरलता देखिएकाले पुनः अर्थतन्त्र चलयमान वनाउन सरकारले हरेक निर्माण आयोजनामा २० प्रतिशत मोविलाईजेशन थप्नु पर्ने दावी गरे । कोभिड–१९ को माहामारीको कारण निर्माण व्यवसायीहरु ठूलो मारमा परेको वताउँदै सिंहले भने–“संचालनमा रहेका हजारौ आयोजना अधुरो र अपुरा पारेर अलपत्र पारेर छाडेर हिड्दा खरर्वौ रुपयाँ घाटा भएको छ ।” उनले अघिल्लो सरकारले देश व्यापी रुपमा रोक्का गरेको २ हजार, ७ सय, ७२ वटा ठूला ठूला आयोजनाको म्याद गएको ०७८ भाद्र २३ गते देखी वर्तमान सरकारले थप गरेकाले अहिले कार्यान्वयनको चरणमा तिव्र गतिमा रहेको स्पष्ट पारे ।
सिंहले कोभिड–१९ जस्ता महामारीको मारमा परेका निर्माण व्यवसायीहरुको देश निर्माण गर्ने अभियानलाई सरकारले साथ दिनु पर्ने तर्क सहित अनुरोध समेत गरे । निर्माण व्यवसायीहरुको राष्ट्रिय मागलाई वर्तमान सरकारले सम्वोधन गर्नु पर्नेमा जोड दिए । निर्माण व्यावसायीहरुको मागलाई सम्वोधन नगरेको खण्डमा देशव्यापी रुपमा आन्दोलनमा जानुको विकल्प नरहेको भन्दै तयार रहन देशभरका निर्माण व्यवसायीहरुलाई अध्यक्ष सिंहले निर्देशन समेत दिए ।

नेपाल निर्माण व्यवसायी संघ धनकुटाका अध्यक्ष अर्जुन केसीको अध्यक्षतमा सम्पन्न उद्धघाटन सत्रमा संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, एडी लामा, धिरेन्द्र दाहाल, महासचिव रोशन दाहाल, कोषाध्यक्ष हिरेन श्रेष्ठ, १ नम्वर प्रदेश महासंघका अध्यक्ष मोहन अधिकारी, वाग्मती प्रदेशका अध्यक्ष सुवित श्रेष्ठ, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, केन्द्रिय सदस्यहरु प्रमोद लामीछाने, अशोक कुमार केशी, यज्ञ प्रसाद खतिवडाप्रदेश नं.१ का वरिष्ठ उपाध्यक्ष कमल गौतम लगायतले सम्वोधन गरेका थिए ।
सो अवसरमा उद्धघाटन सत्रमा सहभागी प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुलाई संस्थाको तर्फबाट अध्यक्ष अर्जुन केसी, वरिष्ठ उपाध्यक्ष प्रकाश थुलुङ लगायतले मायाको चिनो स्वरुप चोयाबाट बनेको पेरेन्जोमा ३ केजी एवोकाडो र २ सुन्तला प्रदान गरेका थिए । सो अवसरमा कार्यक्रमको संचालन महासचिव यज्ञ राईले गरेका थिए ।
- dhankutapress