Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको महालक्ष्मी नगरको शहरी पूर्वाधार विकासका लागि आयो ५० करोड बजेट

  •   ५ वर्ष अघि | ९ फाल्गुन २०७८, सोमवार

पञ्चमाया तामाङ 

धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउँने भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउँने भएको हो ।

लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयबाट ५० करोड बजेट प्राप्त भएको मेयर नेपालले बताए । ‘हामीले नगर सभाबाट पारित गरेर बजेट माग गरेका थियौं, बजेट माग्न म पटक–पटक मन्त्रालय धाएको थिए । अन्ततः ठूलो बजेट प्राप्त हुँने भएको छ,’ खुशी हुँदै मेयर नेपालले भने, ‘यसले महालक्ष्मीको शहरी पूर्वाधार विकासमा निकै ठूलो काम हुन्छ ।’


बजेट उपलब्ध गराएर सहयोग गरेको भन्दै मेयर नेपालले शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई धन्यवाद ज्ञापन गरेका छन् । गुल्मी माइतीघर भएकी मन्त्री झाक्री महालक्ष्मीकी बुहारी पनि हुन् । उनी लेगुवाका पशुपति पुरीसँग विवाह बन्धनमा बाधिएकी छन् । त्यस्तै, बजेटका लागि पहल गर्न सहयोग गरेको भन्दै मेयर नेपालले सामाजिक सञ्जालमै स्टाटस लेखेर धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, मन्त्री झाक्रीका अभिभावक प्रेमराज पुरी, श्रीमान पशुपति पुरी र युवराज गिरीप्रति आभार प्रकट गरेका छन् ।

शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउँने पत्र पठाएपछि धनकुटा स्थित सघन शहरी तथा भवन निर्माण आयोजनाले बजेट खर्चका लागि प्रारम्भिक चरणको तयारी थालेको छ । महालक्ष्मी नगरपालिकाका मेयरसहित प्रतिनिधिहरुसँग केही दिनभित्रै छलफल कार्यक्रम राखेर योजना निर्माण गरिने आयोजना प्रमुख रञ्जनकुमार दासले बताए । ‘माथिबाट हामीलाई एक हप्ता अघि नै पत्र आएको छ, अब महालक्ष्मी नगरपालिकासँग छलफल गरेर प्रारम्भिक चरणको काम थाल्छौ,’ आयोजना प्रमुख दासले भने ।

यो बजेट मुख्यगरी सडक निर्माण तथा स्तरोन्नती, भवन निर्माण, हाट बजारको संरचना निर्माण जस्ता काममा खर्च गरिने बताइएको छ । तर, कुन–कुन क्षेत्रमा के–कति खर्च गर्ने, के–कस्तो योजना निर्माण गर्ने भन्ने बिषय छलफलबाट टुंगो लगाइने छ । पहिलो चरणमा नगरपालिका र स्थानीयबासीसँग योजनाका बारेमा जानकारी लिएपछि त्यसको सर्भे गरेर रिपोर्ट पठाइने आयोजना प्रमुख दासले जानकारी दिए ।

  • dhankutapress

थप