Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कफी खेतीको प्रवद्र्धन र संरक्षणमा जोड

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/‘दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने मुल नाराको साथ १९ औं राष्ट्रिय कफी दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले कफी खेतीको प्रवद्र्धन र संरक्षणका जोड दिएका छन् । कफीको व्यवसायिक खेतीको लागि तिनै तहको सरकारले लगानी गर्नु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । 

शुभकामना तथा अन्तरक्रिया कार्यक्रम कोशी प्रदेशका पुर्व अर्थ तथा योजना राज्य मन्त्री माननीय निरन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । जिल्ला कफी ब्यवसायी संघ धनकुटाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय चिया तथा कफी बोर्ड हिले धनकुटाका नि.कार्यालय प्रमुख बसन्त राजभण्डारी, कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना, डिभिजन बन कार्यालय धनकुटा का नि. प्रमुख उत्सब थापा लगायतको उपस्थिति रहेको थियो । 

         अन्तरक्रिया कार्यक्रमको संचालन जिल्ला कफी ब्यवसायी संघ धनकुटाका सचिव सूर्य आठपहरियाले गरेका थिए ।

  • Dhankutapress

थप