Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कर्कलेको खडेरीसंग पनि नटेर्ने औलाको कोदो, बिकासे जुनेलो

  •   ३ वर्ष अघि | १७ मंसिर २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

तेह्रथुम/तेह्रथुमको आठराई गाउँपालिका वडा नं.६ र ७ अन्तर्गत पर्ने सुख्खा ग्रस्त क्षेत्र मार्साङ्गवारी, कात्तिके, कर्कले, खाल्डे, ढोडेनी, भोर्ले, हात्तिखर्क, मंसारीका स्थानिय किसानहरुले खडेरीको कारण यस वर्षको हिउँदेबाली भने जस्तो नफलेको गुनासो गरेका छन् । 

उनीहरुले सो क्षेत्रमा लगाईने मुख्य वर्षे बाली मकै, हिउँदे बालीहरु मसेम, कात्तिके वोडी, गहत, कालो दाल, हिउँदे मकै, झत्ते जुनेलो जस्तो खाद्य वस्तुहरु खडेरीले गर्दा भने जस्तो नफलेको गुनासो गरेका हुन् । उनीहरुले लामो समय वर्षा नहुँदा धान, कोदो, मकै, गहत मसेम, नफले पनि यो वर्ष बिकासे जुनेलो भने मनग्गे फलेको वताएका छन् । स्थानिय कृषकहरुले भने–‘खडेरीले अन्य बाली खाए पनि विकासे जुनेलो खडेरीसंग पनि नटेर्ने थोरै वर्ष हुँदा पनि मज्जाले फलेको छ ।’ 

उनीहरुले भने–‘यस क्षेत्रलाई मुख्य गरेर गहत, जुनेलो, कालो दाल, मसेमको पकेट क्षेत्र वनाएर व्यवसायिक खेती गर्न स्थानिय सरकालाई सिचाँईको माग गर्दछौं ।’ अशोजं अन्तिम साता देखी फिटिक्कै पानी नपरे पनि जुनेलो भने दुःखले फलिरहेको कृषकहरुले वताएका छन् । आठराई गाउँपालिका वडा नं.७ कर्कलेका प्रसाद सिंङ्ग तामाङले भने–‘अघिल्लो वर्ष २ हलको मेलो लाग्ने करिव ४ रोपनी बारीमा ८ मुरी विकासे जुनेलो फलाएको थिए ।‘ यस वर्ष पनि अघिल्लो वर्षको तुलनामा खडेरीको कारण ८ मुरी नभए पनि ६ मुरी जति विकासे जुनेलो फल्ने दावी उनको छ । उनले थपे–‘गाउँमा विकासे जुनेलो फलाउन सके १ सय, ५० रुपयाँ पाथिले मजाले विक्छ ।’ 

त्यसो त सोही वडाका अर्का कृषक पदमलाल घिसिङ्गले पनि आफ्नो ८ रोपनी करिव ४ हल गोरु लाग्ने बारीमा यो वर्ष विकासे जुनेलो लगाएको वताए । यो वर्ष झण्डै १० मुरी जति जुनेलो फल्ने अनुमान घिसिङले गरेका छन् । घिसिङले भने–‘खडेरी नलागेको भए १२ मुरी भन्दा वढी विकासे जुनेलो फल्ने थियो ।’ उनले आफ्नो वारीमा फलेको विकासे जुनेलो लेकमा अलैंची खेती गर्ने किसानहरुले ट्याक्टर ल्याएर १ सय, ५० रुपयाँ पाथिले किनेर लाने गरेको वताए । 

त्यसो त आठराई गाउँपालिका वडा नं.६ चुहाण्डाडा हात्तिखर्कका जितवहादुर तामाङले खडेरीले सवै वाली खेरो गए पनि मस्किलले बिकासे जुनेलो भने फलेको वताएका छन । अघिल्लो वर्षका तुलनामा नफले पनि यो वर्ष ५ मुरीको हाराहारीमा विकासे जुनेलो फल्ने वताए । उनले गाउँमा अधिकांशले विकासे जुनेलो छर्ने गरेको वताएका छन् । यता वडा नं.७ कर्कलेका मिलन मोक्तानले पनि हिउँदे वाली मध्ये बिकासे जुनेलो केही मात्रामा फलेको वताए । मोक्तानले उनको आफ्नो वारीमा सवै विकासे जुनेलो लगाएका छन् । उनी जस्तै गाउँमा नङ्गडुप लामा, तिल वहादुर बल, घान्बा मोक्तान लगायतले पनि यो वर्ष विकासे जुनेलो लगाएको वताए ।   

आठराई गाउँपालिकामा पर्ने मार्साङ्गवारी, कात्तिके, कर्कले, खाल्डे, ढोडेनी, भोर्ले, हात्तिखर्क, मंसारी लगायतका ती गाउँमा रहेका खोला खोल्सीमा हिजो आज एक थोपा पानी पाईन्दैन । प्रायजसो बिकासे जुनेलो औला क्षेत्रमा कोदो नफल्ने हुनाले त्याहाँ वसोवास गर्ने आदिवासी जनजातिहरुले गर्मि याममा छ्याङ्ग वनाएर पिउने गर्छन् । बिकासे जुनेलोको भात भन्दा पनि छ्याङ्ग राम्रो र मिठो हुन्छ ।  छ्याङ्ग विशेष गरेर विबाह, छेवर, न्वारन, पास्नी लगायत भोजभत्तेर र दुःखको कार्जेमा प्रयोग गर्ने आदिवासी जनजाति समुदायको प्रचलन परापूर्वकाल देखि रहि आएको छ ।

हरेक वर्ष खडेरीले गर्दा अन्नबाली उव्जनी हुन छाडेको अवस्थामा स्थानिय सरकारका जनप्रतिनिधिहरुको योजना के भन्ने धनकुटा प्रेसको जिज्ञासामा आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले आठराई गाउँपालिकाको वडा नं.४ इवा, वडा नं.५ छातेढुङ्गा, वडा नं.६ चुहान्डाडाँ, वडा नं.७ थोक्लुङ्ग लगायतको स्थान सुख्खाग्रस्त क्षेत्र भएकाले आकासे पोखरी खन्ने सिचाँईको योजना तथा कार्यक्रम बनाएर अघि वढ्ने वताए । उनले सुख्खा खडेरीको कारण ती गाउँपालिकाको तमोर तटिय क्षेमा वसोवास गर्ने वासिन्दाहरुलाई खानेपानीको अभाव सृजना हुँदा वसाँई सराईको क्रम समेत वढेकाले स्थानिय सरकारलाई ठूलो चुनौती थपिएको वताए ।

  • Dhankutapress

थप