सन्तवीर लामा
धनकुटा / विगतमा लामो समयसम्म अन्तर स्थानिय तहमा संचालनमा रहेको कार्यक्रम धनकुटा नगरपालिकाले म्याङ्गलुङ नगरपालिका तेह्रथुमलाई मंगलवार हस्तान्तरण गरेको छ ।
वाईस वर्ष अघि देखी संचालनमा आएर वन्द रहेको संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमको सहयोगमा धनकुटा नगरपालिकामा संचालित गाउँ नगर साझेदारी विकास स्वामित्वमा रहेको कार्यक्रम म्याङ्गलुङ नगरपालिकालाई हस्तान्तरण गरिएको हो । तत्कालिन समयमा ग्रामिण बजार केन्द्र तेह्रथुममा धनकुटा नगरपालिकाले विस्तार गरी कार्यान्वयन गर्न वि.सं.२०५६ पौष ३० गते म्याङ्गलुङ गाउँ विकास समिति र धनकुटा नगरपालिका विच द्धिपक्षिय सम्झौता भै विभिन्न कार्यक्रमहरु संचालन भएका थिए ।
दुई वटा स्थानिय तह विच द्धिपक्षिय सम्झौता भई कार्यक्रमको विभिन्न गतिविधिहरु संचालन भएको र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमबाट भईरहेको सहयोग अन्त भएपछि रोकिएको थियो । लामो समय देखी द्धिपक्षिय सम्झौता नविकरण हुन नसकि कार्यक्रमको गतिविधि सुन्य रहेको थियो । म्याङ्गलुङ ग्रामिण वजार केन्द्रको नाममा धनकुटा नगरपालिका साझेदारी विकास समितिको स्वमित्वमा रहेको कार्यक्रमको श्रोत साधन धनकुटा नगरपालिकाले म्याङ्गलुङ्ग नगरपालिकालाई हस्तान्तरण गरिएको गाउँ नगर साझेदारी कार्यक्रम धनकुटाका तत्कालिन प्रवन्धक नुषराज श्रेष्ठले बताए । दुवै स्थानिय तहका अख्तियारवाला पदाधिकारीहरुले सहमती र समझ्दारीमा हस्ताक्षर गरेका छन् ।
सो अवसरमा धनकुटा नगरपालिका कार्यालयले साझेदारी विकास समितिको नाममा नेपाल वैंक तेह्रथुम शाखामा तिन वटा खातामा रहेको ७ लाख, ५४ हजार, ८ सय ५१ रुपयाँ नगद म्याङ्गलुङ नगरपालिकालाई हस्तान्तरण गरिएको हो । सो अवसरमा टोल विकास संस्था सम्वन्धि सामान्य फायल १४ थान, विभिन्न उद्यमी समुहहरुको फायल २९ थानको स्वामित्व म्याङ्गलुङ नगरपालिकालाई हस्तान्तरण गरिएको प्रवन्धक श्रेष्ठले बताएका छन् । प्रदान गरिएको श्रोत साधन म्याङ्गलुङ नगरपालिकाले टोल विकास संस्थाहरुको सशक्तिकरण, उद्यमशिलता विकास, क्षमता विकास तथा दीगो आर्थिक विकासको क्षेत्रमा परिचालन गर्नु पर्नेछ । साथै, वैंक मौजाद वाहेक लगानीमा रहेको ४ लाख, ५३ हजार, अशुल उपर गर्ने, परिचालन गर्ने जिम्मेवारी पनि म्याङ्गलुङ नगरपालिकालाई नै दिइएको छ । हस्तान्तरित स्रोत साधनहरुको सहि सदुपयोग तथा उत्तरदायित्वको जिम्मा पनि म्याङलुङ नगरपालिकालाई दिएको सम्झौता पत्रमा उल्लेख छ ।
सम्झौता पत्रमा धनकुटा नगरपालिकाको तर्फबाट प्रमुख चिन्तन तामाङ, प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा र म्याङलुङ नगरपालिकाको तर्फबाट नगर प्रमुख सञ्जय कुमार तुम्वहाम्फे र प्रमुख प्रशासकिय अधिकृत गिरिराज भट्टराईले हस्ताक्षर गरेका छन् । नेपालको संविधान र स्थानिय सरकार संचालन ऐन २०७४ ले पनि अन्तर स्थानिय तह सहकार्य र समन्वय गर्नु पर्ने व्यवस्थालाई समेत यो हस्तान्तरण कार्यक्रमले सहयोग पुगेको छ । अन्तर स्थानिय तह सहकार्य र समन्वय गर्नु पर्छ भन्ने पनि कार्यक्रमले शन्देश दिएको धनकुटा नगरपालिका कार्यालयका तत्कालिन गाउँ नगर साझेदारी कार्यक्रमका प्रवन्धक एवं हाल स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख नुषराज श्रेष्ठले बताए ।
- selokhabar