Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको आर्थिक समृद्धिको लागि महोत्सवले टेवा पु¥याउने–मन्त्री राई

१० दिने प्रादेशिक व्यापार मेला तथा पाँचौ धनकुटा महोत्सव शुरु

  •   ४ वर्ष अघि | ६ माघ २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईले लामो समय पछि धनकुटामा आयोजना भएको महोत्सव आर्थिक समृद्धिका लागि कोशेढुङ्गा सावित हुने वताएका छन् । 

प्रादेशिक व्यापार मेला तथा एवोकाडो एवम पाँचौ धनकुटा महोत्सवको उद्धघाटन सत्रलाई शुक्रवार धनकुटामा सम्वोधन गर्दै मन्त्री राईले यस्तो वताएका हुन् । 

‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने मुल नाराको साथ आयोजना गरिएको महोत्सवलाई सम्वोधन गर्दै मन्त्री राईले भने–‘प्रशासनिक केन्द्र तराई तिर झर्नु र कोरोनाको कहरको कारण पछि परेको धनकुटामा महोत्सव पछि आर्थिक समृद्धिमा परिवर्तन आउँछ ।’ संघिय सरकारको मन्त्री भएर पहिलो पटक धनकुटा आईपुगेका मन्त्री राईले भने–‘धनकुटे जनताको साथ र सहयोगले धनकुटाको विकास गरेर अघि वढ्ने छु ।’

आफू पहिलो पटक नेपाल सरकारको मन्त्री भएको वताउँदै मन्त्री राईले भने ‘जिल्ला सदरमुकाम धनकुटा वजारलाई पर्यटकहरु लागि आकर्षण केन्द्र वनाउने योजना अघि सार्ने छु ।’ उनले भेडेटारसम्म आउने पर्यटकलाई धनकुटासम्म ल्याउनको लागि नयाँ ढंगले योजना वनाएर अघि वढ्ने वताए । आफू शासक हैन, सेवक भएर जनताको हुलाकी भएर देश र जनताको सेवा गर्ने मन्त्री राईको भनाई थियो । मन्त्री राईले सरकारका काम कार्वाहीका विषयमा भने केहि वोलेन्न । मन्त्री राईले धनकुटा काठमाण्डौं साँस्कृतिक समाजले धनकुटा जिल्लाको वारेमा तयार पारेको गिति एल्बमको विमोचन पनि गरे । 

पुर्व संविधानसभा सदस्य धनमाया वि.क.ले धनकुटाको आर्थिक समृद्धिको लागि कृषिलाई व्यवसायीकरण गर्नु पर्नेमा जोड दिए । कृषिमा आम धनकुटावासीलाई आत्मनिर्भर वनाउन सके धनकुटाको समृद्धि र विकासमा टेवा पुग्ने खनालको दावी थियो । प्रदेश सभा सदस्य एवं नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीले धनकुटाको सवैखाले जटिलताको अन्त्य गर्न अहिलेको राजनीतिक नेतृत्व लागि परेको वताए । धनकुटाले लामो समय पछि संघिय मन्त्री पाएको दावी गर्दै पराजुलीले भने–‘अब यसैको जगलाई टेकेर धनकुटाको विकास गर्नु पर्छ ।’ 

त्यसैगरी अर्का प्रदेस सभा सदस्य निरन राईले लामो समय पछि धनकुटाले संघिय सरकारको मन्त्री बन्न पाएको भन्दै खुशि व्यक्त गरे । राईले आफु दोश्रो पटक प्रदेसमा पुगेको छु–‘पहिलो कार्यकालमा चर्चामा आएको धनकुटामा शिक्षण अस्पताल स्थापना गर्ने कुरा यस पटक जसरी भए पनि पुरा गर्नेछु ।’ यसका लागि संघिय मन्त्रीले सहयोग गर्ने भन्दै प्रदेस सदस्य राईले महोत्सवमा सहभागी धनकुटेलीलाई आस्वस्थ पारे । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले तिनै तहको सरकार मिलेर धनकुटाको विकास गर्नु पर्ने जोड दिए । उनले महोत्सव सफल पार्नको लागि देशको ठूला ठूला कर्पोरेट हाउसहरुसंग सम्पर्क गरेर आयोजना गर्नु पर्ने भन्दै आयोजकलाई सूझाव दिए । महोत्सव समुद्धघाटन समारोहमा सहभागी प्रमुख अतिथि, अन्य अतिथि एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले भने–महोत्सव जिल्ला समदुमुकाम धनकुटामा मात्र हैन, धनकुटालाई समृद्धि र विकास गर्न जिल्लाको सातै तहमा आयोजना गर्नु पर्छ । त्यसो भयो भने मात्र धनकुटाको समग्र विकासमा टेवा पुग्ने प्रमुख तामाङको भनाई थियो ।

महोत्सव उद्धघाटन सत्रमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटामा आवद्ध विभिन्न १५ एकल जातिय संस्थाहरुले झाँकी प्रदर्शन गर्नुको साथै मौलिक साँस्कृतिक नृत्यहरु प्रश्तुत् गरेका थिए । झाँकीको संयोजन भने आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाका अध्यक्ष दालमु शेर्पाले गरेका थिए । 

उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न प्रादेशिक व्यापार मेला तथा एवोकाडो एवम पाँचौ धनकुटा महोत्सवको उद्धघाटन सत्रमा संविधान पुर्व संविधान सभा सदस्य एवं निवर्तमान प्रदेश सांसद लिला सुव्वा, पुर्व सांसद गोपाल गुरागाँई, पालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेल, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न सरकारी तथा सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

धनकुटाको तल्लो टुँडिखेलमा शुक्रवार देखि शुरु भएको महोत्सवमा एकीकृत व्यापार रणनीतिमा समावेश अलैँची, अदुवा, अल्लो, ओलन, एभोकाडो लगायतका १९ प्रकारका कृषि उपजका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिएको हो । महोत्समा हरेक दिन राष्ट्रिय तथा स्थानिय कलकारहरुको प्रश्तुती समेत रहेको छ । 

  • Dhankutapress

थप