Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम सम्पन्न

  •   ३ वर्ष अघि | १६ जेष्ठ २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/स्थानीय चिया तथा अलौची कृषक तथा मजदुरको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आधारभूत तालिम धनकुटामा मंगलवार सम्पन्न भएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस धनकुटा शाखाको आयोजना तथा नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रिय समिति तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा सञ्चालित आधारभूत तालिमको केन्द्रिय कार्यक्रम संयोजक राममणि पोखरेलले सहजिकरण गरेका थिए । 

उनले रोजगारदाता तथा मजदुर वीच हुनुपर्ने सुसम्बन्ध, समस्या आईपरे जानु पर्ने निकाय, मजदुरको कानूनी हक अधिकारका वारेमा जानकारी दिएका थिए । संयोजक पोखरेलले साना किसान तथा मजदुरहरुले आफ्नो हक अधिकारका वारे जानकार हुन र प्राप्त गर्न संगठित हुनुपर्ने बताए । उनले यस क्षेत्रका साना किसान तथा मजदुरहरु संगठित हुदै पालिकास्तरीय ट्रेड युनिय शाखा गठन गर्न सुझाव दिए । सो अवसरमा साना चिया किसान खड्गबहादुर थापाले व्यवसायबाट लागत उठाउन मुस्किल रहेको बताए । 

उनले एकातिर कामदारको अभाव र अर्कोतिर कामदार पाईहालेमा पनि चियाको पत्ता टिपेको प्रति केजी ४० रुपयाँ ज्याला दिएर उद्योगलाई प्रति केजी ६५ देखि ७० मा बेच्नु पर्ने अवस्था रहेको बताए । उनले साना किसानले मजदुरलाई तत्काल भुक्तानी दिनु पर्ने तर उद्योगबाट ६ देखि ७ महिना पछिमात्र भुक्तानी पाउने अवस्थाले पनि चिया किसान पलायन हुनु पर्ने अवस्था आएको बताए ।  

यस्तै अर्का धनकुटा नगरपालिका वडा नं.१ कुवापानीका चिया किसान नारायण गोङ्वा तामाङले सरकारको बेवास्ताले चिया किसान व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था आएको बताए । सरकारले धानको मूल्य निर्धारण गरेजस्तो चियाको मूल्य निर्धारण गर्नु पर्ने धारणा व्यक्त गरे । उनले धनकुटाका साना किसानहरुले उत्पादन गरेको अर्गानिक वस्तु महङ्गो हुने अवस्थासमेत रहेको र रासायनिक मल प्रयोग गरेर अर्गानिक भन्दै बेच्ने किसानले गर्दा मूल्यमा अन्तर हुने बताए । उनले सरकारले वास्तविकता पत्ता लगाउने व्यवस्था तथा वजार सुनिश्चितता गर्नु पर्ने बताए ।

यस्तै अर्का जंगबहादुर गोङ्वाले विदेशमा महङ्गो दरमा बिक्री हुने अर्थोडक्स चिया नेपालमा भनेजस्तो मूल्य नपाउने अवस्था रहेको बताए । उनले कृषि उत्पादन बिक्रीबाट किसानले पाउने रकमभन्दा बढी विचौलियाहरुले पाईरहेको अवस्थासमेत रहेको बताए । यस्तै अर्का किसान दामोदर घिमिरेले मासिदै गएको चिया खेतीलाई संरक्षण गर्न स्थानीय सरकारले कम्तिमा पनि आफु मातहातका कार्यालयहरुमा स्थानीय उत्पादन मात्रै उपयोग गर्ने नीति लिनु पर्ने बताए ।

यस्तै कृषि मजदुरहरु अहिलेको अवस्थामा महङ्गीले डाँडा काटेको तर ज्यालादर ज्यादै न्युन रहेकोले सरकारले ज्यालादर बढाउनु पर्ने बताए । उनीहरुले अहिलेको ज्यालादरले घर खर्च धान्न सक्ने अवस्था नरहेकोले धेरै जसो मजदुरहरु विदेश पलायन हुन वाध्य भएको बताए । सो अवसरमा युनियनका प्रदेश प्रतिनिधि धर्मराज राईले चिया तथा अलौची किसान तथा मजदुरको आउन सक्ने समस्या तथा समाधानका लागि अपनाउनु पर्ने व्यवस्थाका वारेमा जानकारी गराएका थिए । सो अवसरमा प्रदेश प्रतिनिधि शिवनारायण चौधरी, युनियनका निवर्तमान जिल्ला अध्यक्ष विगेन्द्र याखाले किसान तथा मजदुरको अवस्था र समाधानका उपायका वारेमा जानकारी दिएका थिए ।

ट्रेड युनियनका धनकुटा जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष श्रेष्ठले स्थानीय उत्पादनको वजारिकरण गर्न स्थानीय सरकारलाई आफुले प्रयोग गर्ने वस्तु स्थानीय उत्पादन हुनुपर्ने नीति अख्तियार गर्न दवाव दिनु पर्ने बताए । उनले सोको लागि पनि सबै संगठित हुनु पर्ने सुझाव दिए । 

  • Dhankutapress

थप