Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

युवा पुस्तामा लोप हुँदै डम्फु र टुङ्ना

  •   ५ वर्ष अघि | ७ माघ २०७८, शुक्रबार

बिबेक तितुङ तामाङ 

धनकुटा  ः दोलखा जिल्ला मागपौवा गाविस वडा नं.२ माने डाँडा घर भएको वर्ष ५० का दावा वाङ्गेल मोक्तानले डम्फु र टुङ्गना वनाउन थालेको ३५ वर्ष भयो । पछिल्लो समयमा युवा पुस्तामा लोप हुँदै गएको डम्फु र टुङ्गना वनाउने उधोगलाई मोक्तानले व्यावसायिक रुपमा निरन्तरता दिँदा तामाङ समुदायमा संस्कृति वचाउँने अभियानमा समेत टेवा पुगेको छ । 

वि.सं.०४६ साल देखी अध्ययन गर्ने शिलसिलामा काठमाण्डौं छिरेका मोक्तानले संगित विषयमा डिप्लोमासम्मको शिक्षा पुरा गरेका छन् । संगित क्षेत्रमा डिप्लोमा गरे पनि तामाङ संस्कृतिको मोहले गर्दा उनी गित संगित भन्दा पनि डम्फु र टुङ्गना वनाएर विक्रि गर्ने पेशामा वर्षौ देखी लागी रहेका छन् । अहिलेसम्म उनले तामाङ संस्कृतिमा प्रयोग हुने हजारौं डम्फु र टुङ्गना वनाएर विक्री गरि सकेका छन् ।

आपा पेमा दोर्जे मोक्तानको प्रेरणाले जन्म गाउँ देलखाको मागपौवा मानेडाँडामा वस्दा नै डम्फु र टुङ्गना वनाउन सिकेका मोक्तानले ०४१ साल देखी नै डम्फु र टुङ्गना वनाउन थालेका मोक्तान वताउँछन् । वि.सं.०५१÷०५२ सालमा रेडियो नेपालवाट श्वर परिक्षण उतिर्ण गरेका मोक्तानले नेपाल तामाङ संस्कृतिक घेदुङले निकालेको जिन्लाव, फईन, शैलुङ्गे जुहारी, ताम्वाला काईरन एल्वमको १ दर्जन गितमा संगित दिनुको साथै श्वर समेत दिएका छन् । उनले वि.सं.०५५ सालमा दुःख सुःखला ह्रो तामाङ भाषाको एल्वम तिर्थ मोक्तानसंग मिलेर निकालेका छन् । गित संगितमा पनि उतिकै चासो र दक्षता राख्ने मोक्तान पछिल्लो समयमा भने डम्फु र टुङ्गना वनाएर विक्रि गर्न व्यावसायिक रुपमा लागेको छन् ।

डम्फु वनाउन थाले पछि आफु वाध्य भएर तामाङ समुदाय भित्रको ताम्वा स्वतः स्फुर्त ढंगले तामाङ संस्कृति सिकेको अनुभव सुनाउँछन् उनी । अहिले उनी व्यावसायीक रुपमा डम्फु र टुना उधोग खोलेर काठमाण्डौं महानगरपािलका वडा नं.२ पिपलवोट वौद्धमा व्यावसाय गरी वसीरहेका छन् । तर डम्फु र टुना वनाउने पेशा सजिलो नभएको मोक्तान वताउँछन् । डम्फु वनाई सकेर पनि राम्रो मुल्य नपाउँदा डम्फु उधोग भने जस्तो नफष्टाएको उनको गुनासो छ । उनले डम्फु वनाउने कच्चा पदार्थ पाउन पनि गाह्रो, कच्चा पदार्थहरु हेटौडा, फर्पिङ्ग, काभ्रेको तेमाल, त्रिशुली, रामेछापवाट ल्याउनु पर्ने वाध्यता रहेको वताउँछन् । उनले काठमाण्डौं वरीपरि कुनै पनि स्थानमा डम्फु वनाउने कोईराला काठ नपाए पछि उपत्याका वाहिरवाट ल्याउनको विकल्प नरहेको वताएका छन् । 

हिजो आज उनले दैनिक २ वटा डम्फु वनाउने गरेका छन् । एक महिनामा उनले ५० देखी ६० वटासम्म डम्फु वनाउने गरेका छन् । दिनमा दुई वटा डम्फु वनाउन कम्तीमा तिन जना कामदार खट्नु पर्ने हुन्छ । उनले सादा चरा विनाको डम्फु साईज हेरेर २५ सय देखी ४ हजार ५ सयसम्म मुल्य पर्ने गरेको र चरा सहितको डम्फुलाई भने प्रति गोटा साईज हेरेर ६ हजार देखी १० हजारसम्म पर्ने वताए । विशेष गरेर ल्होछार र तामाङ समाजमा विवाहको समयमा डम्फु वढी मात्रामा विक्ने गरेको अनुभव सुनाउँदै उनी भन्छन् “हरेक साल ल्होछार र अन्य समयमा गरी ३ सय ५० देखी १ हजारसम्म डम्फु विक्रि हुने गरेको छ ।” 

शुरुशुरुमा १ हजार देखी १३ सय सम्ममा एक वटा डम्फु तयार हुुने गरेपनि हिजो आज कच्चा पदार्थको कारण डम्फुको मुल्य वढेको मोक्तान वताउँछन । अहिले घेरा वनाउँदा १ हजार देखी १३ सयसम्म पर्ने गरेको छ भने बाख्राको छालालाई ६ सय पर्ने गरेको वताउँछन् । एउटा वाख्राको छालाले सानु डम्फु २ वटा र ठूलो डम्फु एउटा मात्र वन्ने गर्दछ । वाख्राको छाला पाउनु धेरै गाह्रो परिहेको र पछिल्लो समयमा मुस्लिम समुदायवाट वाख्राको छाला आपुर्ति भैरहेको वताएका छन् । त्यसका साथै डम्फुलाई चाहिने ३२ किला दिनमा एक जनाले तिन वटा भन्दा वढी डम्फुको वनाउन नसकिने र प्रति किला मुल्य ५ रुपयाँ पर्ने उनले वताए । साथै डम्फुको साईडमा लगाउने चाँपलाई प्रति डम्फु १ सय ५० रुपयाँ देखी २ सयसम्मको लाग्ने वताएका छन् । 

डम्फु वनाउँदा घेरोको लागी काठ ५२ इन्च देखी ६० इन्च, चौडाई ३ इन्च र मोटाई आधा इन्चको लाग्ने समेत मोक्तानले वताएका छन् । यसरी डम्फु वनाउँदा एक जना डम्फु वनाउने सिकर्मीले प्रति दिन २ वटा भन्दा वढी ढम्फु वनाउन नसकिने मोक्तानको दावी छ । यसरी डम्फु वनाउँदा एक वर्षमा १० लाखसम्म डम्फु विक्रिवाट आम्दामी हुने गरेको उनले वताएका छन् । उनले सिजनमा तिन देखी चार जनासम्म कामदार राखेर डम्फु वनाउने गरेको वताएका छन् । डम्फुसंगै उनले टुङ्गना पनि वनाउने गरेका छन् । एउटा टुना वनाउन वढीमा एक महिना र कम्तीमा १५ दिन समय लाग्ने र वनाई सकेको टुना १० हजार देखी २५ हजारसम्ममा साईज हेरीहेरी विक्रि हुने वताएका छन् ।

उनले वनाएको डम्फु नेपालको तामाङ वाहुल्य भएको जिल्लाहरु र सिक्किम दार्जीलिङ्ग, आसाम, वर्मा, भुटान, र मलेसिया, सिंगापुर, हङ्गकङ्ग, वेलायथ लगायत तामाङ समुदाय वसोवास रहेको विश्वभरका तामाङहरुले खरिद गर्ने गरेको वताएका छन् । उनले डम्फु र टुना वनाउने पेशावाट एक श्रीमती तिन छोरा र एक छोरी सहित पाँच जनाको परिवारलाई सहजै धानीरहेको वताएका छन् । डम्फु र टुना वनाउने पेशवाट राम्रै आम्दामी भएको र छोरा, छोरी पढाउन र घर खर्च टार्न अहिलेसम्म समश्या नभएको वताएका छन् । 


  • धनकुटा प्रेस

थप