Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तामाङ कलाकार संघको १५ औं साधारण सभा सम्पन्न

  •   ४ वर्ष अघि | १ असोज २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

काठमाण्डौं/तामाङ कलाकारहरुको छाता संस्था नेपाल तामाङ कलाकार संघको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । वि.सं.२०६३ सालमा स्थापना भएको संघले शनिबार आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले समाज रूपान्तरणका लागि कलाकारको भूमिका मुख्य रहेको बताए । त्यसैगरि नेपाल तामाङ घेदुङका उपाध्यक्ष एवं सञ्चारकमी सञ्चु ब्लोनले तामाङ समाजको साझा मुद्दा, मौलिक पोषाकमा आएको विविधताको विषयमा ध्यानाकर्षण गराउँदै राजनीतिक आन्दोलनमा कलाकारहरूको भूमिका आवश्यक रहेको समेत बताए ।

संघका संस्थापक चन्द्र कुमार दोङले कलाकार संघ ७ जनाको टिमबाट सुरू भएको बताउँदै अहिले कलाकार संघ निक्कै अगाडि बढेकोमा खुसी व्यक्त गर्दै शुभकामना मन्तव्य राखेका थिए । उनले कलाकार संघ जन्मिएकै कारण २५० जना तामाङ कलाकार एक ठाउँमा उभिने प्लेट फर्म भएको बताए ।

राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन तामाङले कलाकार समाज रूपान्तरण संवाहक भएको बताउँदै तामाङ कलाकारको संस्थागत विकासका लागि सहयोग गर्ने वचन समेत दिएका थिए ।

कार्यक्रममा महासचिव रोशन फ्युबाले संघको प्रतिवेदन र कोषाध्यक्ष खेम मोक्तानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघको बैंक खातामा १७ लाख १९ हजार ९१३ रूपैयाँ रहेको प्रतिवेदमा उल्लेख छ । कार्यक्रममा विभिन्न विद्यामा योग्दान दिएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । संघका अध्यक्ष विश्व दोङको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

  • Dhankutapress

थप