Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तिजको नाममा विकृति–वरिष्ठ साहित्यकार झमक घिमिरे

घिमिरेलाई दोसल्ला ओडाएर सम्मान

  •   ३ वर्ष अघि | ३१ भदौ २०८०, आइतवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/वरिष्ठ साहित्यकार झमक घिमिरेले तिजको नाममा दिन प्रतिदिन विकृति फैलिदै गएको वताएकी  छन् । निशान भगवती मन्दिरमा सनिवार मन्दिर व्यववस्थापन समिति र भीमदल गण धनकुटाले संयुक्त रुपमा आयोजना गरेको ‘शुभकामना आदन प्रदान तथा मातृ शक्तिलाई सम्मान’ तिज वशेष कार्यक्रमलाई सम्वोधन गर्दै घिमिरेले यस्तो बताएकी हुन् ।

निशान मन्दिरको प्राङ्गगणमा आयोजना गरिएको तिज विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार घिमिरेलाई प्रमुख अतिथि रुपमा निम्त्याइएको थियो । सो अवसरमा प्रमुख अतिथि घिमिरेले खुट्टाले लेखेर तयार पारेको शुभकामना मन्तव्य मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले वाचन गरेर सहभागी माँझ सुनाएका थिए । उनले लेखेको शुभकामना मन्तव्यमा आफन्तसंग भेटघाट, खानपान र रमाइलो गर्ने पर्व तिज पछिल्लो समयमा विकृति वढ्दै गएको बताईन । अझ् महँगो कपढा लगाउने होडवाजी र होटल होटलको आडम्वरी खानपानले गर्दा तिजपर्व नेपाली समाजमा परम्परा देखि चलिआएको मौलिकता गुम्दै गएको झमकले वताईन । घिमिरेले तिजको विकृतिलाई हटाउँदै अघि वढ्नु पर्नेमा जोड दिएकी छन् । 

तिज विशेष कार्यक्रममा साहित्यकार घिमिरेलाई कार्यक्रम आयोजक संस्थाहरुको तर्फबाट सम्मान गरिएको थियो । उनलाई प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले दोसल्ला ओडाएर सम्मान गरेका थिए । 

वि.सं.२०३७ साल असार २१ गते धनकुटा नगरपालिका वडा नं.६ कचिडेमा जन्मिएकी झमक घिमिरे नेपाली साहित्यको उर्वबर फुलवारीमा प्रभावशाली साहित्यकारको रुपमा चिनिन्छन् । उनको जन्मदै हातगोडा नचल्ने, हिड्न नसक्ने वोल्न नसक्ने भएपनि सुन्न र वुझ्न भने सक्छिन् । उनको दुई खुट्टाको तिन औला चल्ने र तिनै औलाको साहाराले लेख्ने गरेकी छन् ।

उनले प्रवल गोरखा दक्षिणवाहु, जीवन काँडा कि फूल आत्मकथाबाट मदनपुरस्कार, झमक घिमिरेको कविताहरु, अवशान पछिको आगमन नामको दर्जनौ कृतिबाट राष्ट्रिय÷अन्तराष्ट्रिय दजैनौ सम्मानले विभुषित भई सकेकी छन् । तिज विशेष कार्यक्रममा धनकुटा वजारमा रहेका विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

अन्य तस्विरहरु :

  • Dhankutapress

थप