Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

‘संस्कार, संस्कृतिले संसारलाई जोड्छ’–शालिक सतासत राई

  •   २ वर्ष अघि | ८ जेष्ठ २०८१, मङ्लबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/किराँत राई कलाकार संघका कन्द्रिय अध्यक्ष शालिक सतासत राईले संस्कार, संस्कृतिले संसारलाई जोड्न सकिने बताएका छन् । 

किराँत राई कलाकार संघ जिल्ला शाखा धनकुटाको आयोजना र किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाको सहकार्यमा मंगलवार सम्पन्न ‘किराँती मौलिक पहिचान, साकेला, सिली, भेषाभूषा, बाजागाजा’ सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै अध्यक्ष राईले यस्तो बताएका हुन् । 

राईले भने–‘संस्कार संस्कृति भनेको कैंची नभई सियो भएकोले हामी संस्कृतिको माध्यामबाट संसारलाई जोड्न सक्छौं ।’ कुनै पनि मान्छे पानीले मात्र नुहाउँछ भने उस्ले कपडा मात्र फेर्छे, जस्ले पसिनाले नुहाउँछ, उस्ले इतिहाँस नै फेर्ने दाबी–अध्यक्ष राईले गरे । उनले किराँत जातिले हरेक संस्कार, संस्कृतिमा प्रयोग गर्ने चिण्डोमा मानव आत्म वसेको वताउँदै कहिल्यै पनि कम्मर भन्दामुनी प्रयोग गर्न नहुने बताए । 

कार्यक्रमका अर्का अतिथि किराँत राई यायोखाका केन्द्रिय उपाध्यक्ष यूवराज राईले २६ भाषी किराँत राईहरुको साझा संस्था किरात राइ यायोखा भएको बताए । उनले राईहरु ठूलो जनसंख्या भएको किन नहोस या थोरै जनसंख्या भएको किन नहोस सवै–सवैको लागि साझा संस्था किराँत राई यायोखा भएको बताए । उनले किराँत राई यायोखाको २३ वटा जिल्लामा जिल्ला शाखा, २६ भाषी संस्था र ८ वटा भातृ संस्थाहरु रहेको पनि सहभागीलाई जानकारी गराए । सो अवसरमा सहभागीहरुलाई पगरी गुथ्ने तरिका पनि सिकाइएको थियो । 

किराँत राई कलाकार संघ जिल्ला शाखा धनकुटाका अध्यक्ष सांगेन राईको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा किराँत राई यायोखाका केन्द्रिय सदस्य सुखाकला राई, प्रदेश उपाध्यक्ष संजयसन्तोषी राई, जिल्लाका कार्यवाहक अध्यक्ष पृथुराम राई, नगर अध्यक्ष भूपेन्द्र राई, किराया जिल्ला खेलकुद संघका अध्यक्ष आकास राई लगायतको उपस्थिति रहेको थियो ।      

  • Dhankutapress

थप