धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/प्रतिनिधि सभा सदस्य एवं पुर्व भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईले धनकुटामा प्रदेश नं.१ कै सवै भन्दा ठूलो गुम्वा निर्माण गर्न आफूले सहयोग गर्ने वताएका छन् ।
धनकुटा नगरपालिका वडा नं.४ भोटेचौतारमा रहेको श्री ह्रिन्छेन छुयोलिङ वौद्ध गुम्वाको पाँचौं वार्षिक साधरणसभाको उद्धघाटन सत्रलाई सम्वोधान गर्दे मन्त्री राईले यस्तो प्रतिवद्धता जनाएका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री राईले भने–’आफूले अघिल्लो कार्यकालमा कोरोनाको कारण गुम्वालाई लागनी गर्ने सकिन, तर यस पटक भने जसरी भए गुम्वाको निर्माण कार्य सम्पन्न हुने गरी लगानी गर्छु ।’ उनले थपे–‘प्रदेश माननिय निरन राईले चालु आर्थिक वर्षमा १५ लाख रुपयाँ प्रदान गर्ने वचन दिएका छन्, त्यस पछिको निर्माण कार्यका लागि म जिम्मा लिन्छु ।’
साधरण सभामा सहभागी गुम्वाका सदस्यहरुलाई ध्यानआकार्षण गराउँदै मन्त्री राईले भने–‘अब भाषणले हैन, काम गरेर देखाउनु पर्छ ।’ हाम्रो देशका नेताहरु हल्ली हल्ली भाषण मात्र गर्ने काम नगरेको कारण देशको आम्दामी घटिरहेको छ । अब विधि र कानुन्मा रेहर देशको आर्थिक विकास गर्न जरुरी छ । उनले भने–‘हामीसंग आर्थिक थियो भने एउटा गुम्वा निर्माण गर्नको लागि धेरैलाई गुहारी रहनु पर्ने थिएन । हामी गरिव भएकै कारण एउटा गुम्वा निर्माण गर्नको लागि पनि धेरै जनालाई गुहार्नु पर्ने अवस्था र वाध्यता छ ।’
मन्त्री राईले आफू देशको मन्त्री भएर मात्र हैन, प्रतिनिधिसभा सदस्य भएको नाताले संसारको विभिन्न देशमा जाँदा वौद्ध गुम्वाहरु देखेँ । थुप्रै मानिसहरुले आफूलाई असल, इमान्दार, स्वभिमानी, समाजसेवी, सवै मान्छेको प्रगती र उन्नति गर्नको निम्ति पनि एउटा धर्ममा लाग्न जरुरी रहेको पाएँ । मैले देख्दा धर्महरु मध्ये सवै भन्दा राम्रो र व्यववस्थित् हजारौं मान्छेहरुलाई लामवद्ध वनाएर शान्तिको मार्गमा डो¥याउने धर्म भनेको वौद्ध धर्म रहेको मेरो वुझाई छ–मन्त्री राईले थपे ।
अब सुखी जीवन कसरी विताउने,मानिहरुलाई एकतावद्ध गराएर कसरी अघि लाने भन्ने कुरा पुरा गर्न पनि यो गुम्वा छिटो भन्दा छिटो निर्माण गर्न जरुरी रहेको आफुले देखेको मन्त्री राईले बताएका छन् । गुम्वा निर्माण भएपछि आम नगरवासीलाई गुम्वामा आएर, ध्यान, जप,गरेर राम्रो राम्रो विचारहरु सिक्न र धार्मिक अनुशासनमा लागेर समाज बदल्न गुम्बाले मद्धत पु¥याउने छ भन्ने आफूलाई विश्वास लागेको राईले वताए । मन्त्री राईले भने–‘धनकुटाको गहनाको रुपमा रहेको यस ह्रिन्छेन छ्योलिङ वौद्ध गुम्वालाई कसरी राम्रो वनाएर तमाम् वौद्ध धर्मावलम्वीहरुलाई कसरी आकर्षित गर्न सकिन्छ ? त्यस तर्फ हामी सवै लाग्नु पर्छ ।’
‘कोशी प्रदेश’ नामंकनको विषयमा सर्वाधिक चर्चामा रहेका प्रदेश सांसद निरन राई यसो भन्छन् :
ह्रिन्छेन छ्योलिङ वौद्ध गुम्वाको पाँचौं वार्षिक साधरणसभाको उद्धघाटन सत्रलाई सम्वोधन गर्दै प्रदेशसभा सदस्य निरन राईले भने–‘प्रदेशको नाम राख्न एउटा राजनीतिक दल वा एक जना प्रदेश सांसदले मात्र सम्भव थिएन ।’ प्रदेशको नाम राख्नको निमिक्त संविधान मै प्रष्ट उल्लेख के छ भने दुई तिहाई वहुमतको आधारमा नाम तोकिने छ, भनिएको छ । उनले भने–‘प्रदेश सभामा नेतृत्व गर्ने राजनीतिक दलहरु विशेष गरेर नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित चार वटा राजनीतिक दलहरुको विचमा प्रदेश र केन्द्र स्तरको नेताहरुको सहमतिको आधारमा ‘कोशी प्रदेश’ नाम राखिएको स्पष्ट पारे ।’
राईले भने–‘पार्टीले निर्णय गरेपछि कुनै पनि प्रदेशसभा सदस्यले पार्टीको निर्णय भन्दा वाहिर जान मिलेन, मैले पनि कोशी प्रदेशको पक्षमा उभिनु पर्ने अवस्था आयो–यो मेरो वाध्यता हो ।’ १ नम्वर प्रदेश सभामा रहेका ९३ जना सांसदहरु मध्ये ८२ जनाले ‘कोशी प्रदेश नामंकन’ को पक्षमा समर्थन गरेर १ नम्वर प्रदेशको नाम ‘कोशी प्रदेश’ पास गरिएको छ । राईले भने–‘यो नाम निक्कै लामो वहस र छलफल पछि आएको हो । पछिल्लो समयमा लोकतन्त्र प्रति निक्कै गम्भिर ढंगले आक्रमण भईरहेको अवस्थामा पार्टीका जिम्मेवार नेतृत्वहरुले त्यसै विचार नगरी त्यतिकै हचुवाको भरमा ल्याइएको छ्रैन ।’ सवै दलको सहमतिमा नै ‘कोशी प्रदेश’ नाम आएको उनले जिकिर गरे ।
कोशी प्रदेश नामंकन भैसके पछि १ नम्वर प्रदेशवासी आदिवासी जनजाति दाजुभाई तथा दिदिवहिनीहरुले विरोधको श्वरहरु पनि निकालिरहेका छन् भन्दै राईले भने–‘समय सापेक्ष यि विरोधका श्वरहरुको विषयमा गम्भिर ढंगले नै छलफल र वहस हुन सक्छ ।’ चैत्र–५ गते भएको पहिचानी आन्दोलन पछि सृजना भएको घट्नाको विषयमा राज्यको ध्यानकर्षण भएको छ । यसै आन्दोनलको विषयलाई लिएर संघिय सरकारले छानविन समिति समेत निर्माण गरेको छ । ‘अवश्य पनि पहिचानवादीको माग र मुद्धा प्रति प्रदेश तथा संघिय सरकार गम्भिर भएर सम्वोधन गर्नेछ’–राईले थपे ।
प्रदेश सांसद निरन राईले गुम्वा निर्माणको लागि १५ लाख दिने प्रतिवद्धता :
गुम्वाको पाँचौं वार्षिक साधरणसभालाई सम्वोधन गर्दै १ नम्वर प्रदेश सभा सदस्य निरन राईले धनकुटा जिल्लाको विकास र समृद्धिको लागि निक्कै ठूला ठूलो काम कामहरु भएको दावी गरे । उनले निर्माणनधिन अवस्थामा धनकुटामा रहेको ह्रिन्छेन छ्योलिङ वौद्ध गुम्वाको लागि चालु आर्थिक वर्षमा १५ लाख रुपयाँ सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
ह्रिन्छेन छ्योलिङ गुम्वा व्यवस्थापन समितिको अध्यक्षमा पुनः राधा देवी घिसिङ :
गुम्वाको पाँचौं वार्षिक साधरणसभाको बन्द सत्रले गुम्वा व्यवस्थापन समितिको अध्यक्षमा पुनः आगामी ३ वर्ष कार्यकालको लागि राधा देवी घिसिङ तामाङलाई सर्वसम्मत ढंगले चयन गरेको छ । समितिको उपाध्यक्षमा नरेश पाख्रीन तामाङ, सचिवमा सन्तवीर लामा,स–सचिवमा लखीमाया लो तामाङ, कोषाध्यक्ष निमडोमा तामाङलाई चयन गरिएको छ ।
त्यसैगरी वरिष्ठ सदस्यमा नेत्रकुमारी मोक्तान तामाङ, अन्य सदस्यहरुमा पेमा ग्लान तामाङ, सन्जु वम्जन तामाङ, मनु ब्लोन तामाङ, सन्जु योन्जन तामाङ र कृष्ण कुमारी तामाङलाई चयन गरिएको छ ।
गुम्वा व्यवस्थापन समितिलाई सहि ढंगले अघि वढाउनको लागि ६ सदस्सीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिको संयोजकमा शिक्षा प्रेमी, समाजसेवी वौद्धिक व्यक्तित्व कृष्ण वहादुर ब्लोन तामाङलाई चयन गरिएको छ । अन्य सदस्यहरुमा जिन्लाव दोर्जे लामा, अनिल वाईवा तामाङ, कूल वहादुर तितुङ तामाङ, हर्क प्रसाद लामा र जगत वहादुर तामाङलाई चयन गरिएको छ ।
निर्माण कार्यलाई चुस्त दुरुस्त राख्नको लागि तिन सदस्सीय योजना अनुगमन तथा मूल्याङ्गकन समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा रामवहादुर ब्लोन तामाङ, सदस्यहरुमा इमानसिं वाईवा तामाङ र नविन वैद्य तामाङलाई चयन गरिएको छ ।
गुम्वा व्यवस्थापन समितिका सचिव सन्तवीर लामाले गुम्बा स्थापनाकाल देखी हालसम्म भएको गतिविधिहरुलाई संस्थागत प्रतिवेदनको रुपमा प्रश्तुत् गरेका थिए । सचिव लामाले आ.व.०७४/०७५ मा गुम्वा स्थापना हुदाको पृष्ठभूमि, गुम्वा निर्माण गर्नुको औचित्य, गुम्वा निर्माण कार्यको थालनी, गुम्वामा लगानीको शुरुवात, आर्थिक सहयोगको लागि सरोकारवालासंग गरिएको अपिल, गुम्वाले हालसम्म संचालन गरेको विविध गतिविधिहरु, भावी कार्य योजनाहरु र चूनौतिहरु ब्रुसर मार्फत प्रश्तुत् गरेका थिए ।
त्यसैगरी गुम्वा व्यवस्थापन समितिका कोषाध्यक्ष नेत्र कुमारी तामाङले आर्थिक वर्ष ०७४/०७५ देखि ०७८/०७९ सम्मको ६१ लाख, ८२ हजार,८४ रुपयाँ वरावरको गुम्बाको आयव्यय आर्थिक प्रतिवेदन मार्फत प्रश्तुत् गरेका छन् । प्रतिवेदन आ.व. ०७४/०७५ मा चन्दा सहयोगबाट ४,८४, ३ सय, धनकुटा नगरपालिकाबाट ६ लाख, ६० हजार, ८ रुपयाँ गरी ११ लाख, ४४ हजार, ३ सय ८ रुपयाँ वरावरको आयव्यय प्रश्तुत् गरे । त्यसैगरी आ.व.०७५/०७६ मा आजिवन सदस्यता शुल्क १ लाख, ९१ हजार, १ सय, ६५, धनकुटा नगरपालिकाबाट ११ लाख, ३३ हजार, २ सय, १३, प्रदेश सरकारबाट ९ लाख, ६२ हजार, ८ सय,७५ गरी जम्मा २२ लाख, ८७ हजार, १ सय, ६३ रुपयाँ आयव्यय प्रश्तुत् गरेका छन् ।
आ.व.०७६/०७७ मा विभिन्न दाताहरुबाट आर्थिक सहयोग संकलन गरेर १ लाख, १७ हजार, २० रुपयाँ, जलस्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय धनकुटाबाट ६ लाख, ८१ हजार, ९ सय, ६८ रुपयाँ गरी जम्मा ७ लाख, ९८ हजार, ९ सय, ८८ रुपयाँ आम्दामी भएर खर्च भएको छ । त्यसैगरी आ.व.०७७÷०७८ मा विभिन्न दाताहरुबाट आर्थिक सहयोग ८३ हजार, ८६ रुपयाँ, जलस्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय धनकुटाबाट २ लाख,२५, ८ सय ६५, धनकुटा नगरपालिकाबाट १० लाख, ११ हजार, ४ सय ८४ रुपयाँ, गुम्वा निर्माण समितिको तर्फबाट ४ लाख, ७६ हजार, ८ सय १० गरी १७ लाख, ९७ हजार, २ सय, ४५ रुपयाँ आम्दामी भई खर्च भएको कोषाध्यक्ष नेत्रकुमारी तामाङले बताईन ।
उनले आ.व.०७८/०७९ मा दाताहरुबाट आर्थिक सहयोग ७५ हजार, धनकुटा न.पा.बाट ४ लाख,६१ हजार, ३ सय ४८ र संचालन न्यून घाटा वजेट २ हजार, ४ सय २७ गरी जम्मा ५ लाख, ३८ हजार, ७ सय, ७५ रुपयाँ भएको वताईन । आ.व.०७९/०८० मा आर्थिक सहयोग र देउसी भैलो कार्यक्रमबाट २ लाख आम्दामी भएको छ । उनले आ.व.०७८/०७९ मा राधा देवी तामाङको ५९ हजार, ८ सय, २० रुपयाँ र नविन वैद्य र इमानसिं वाईवाको ५० हजार गरी जम्मा १ लाख, ९ हजार, ८ सय, २० रुपयाँ सापटी तिन वाँकी दायित्व रहेको वताईन । त्यसैगरी भुक्तानी तिर्न कामदार ज्याला ११ हजार, ५ सय र अधिकारी ट्रेडर्स धनकुटा–४ लाई ११ हजार, ८ सय ७० गरी जम्मा २३ हजार, ३ सय, ७० रुपयाँ रहेको छ ।
गुम्वाका अध्यक्ष राधा देवी तामाङको अध्यक्षतामा सम्पन्न पाँचौं साधरणसभाको उद्धघाटन सत्रमा निवर्तमान प्रदेश माननिय हिमा वस्नेत भट्टराई, धनपा–४ का वडाध्यक्ष जम्शेर छाराहाङ आठपहरिया, गुम्वाका प्रमुख सल्लाहकार कृष्ण वहादुर ब्लोन तामाङ, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, शिलढुङ्गा सामुदायिक वनका अध्यक्ष दोधराज वास्तोला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष वास्तोलाले गुम्वाको विषयमा कविता लेखेर ल्याउनको साथै वाचन समेत गरेका थिए ।
कार्यक्रमको संचालन गुम्वा व्यवस्थापन समितिका सचिव सन्तवीर लामाले गरेका थिए । सो कार्यक्रममा विभिन्न दाताहरुबाट नगद संकलन गरेर गुम्वालाई आर्थिक सहयोग जुटाउने अभियानमा सक्रियपूर्वक भूमिका निर्वाह गरेका धनकुटा–६ क्याम्पस रोडका तिर्थमाया घिसिङ तामाङलाई गुम्वा समितिको तर्फबाट खदा ओडाएर सम्मान गरिएको थियो ।
- Dhankutapress