धनकुटा प्रेस अनलाईन सम्वाददाता
सिधुवा/धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवा वजारमा चण्डिपुर्णे रगरगे मेलाको अवसरमा आयोजित सिधुवा रन १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको दौड प्रतियोगितामा जुम्लाका २१ बर्षिया प्रकाश कठायत प्रथम भएका छन । प्रतियोगितामा सहभागी १ सय जनालाई पछि पार्दै कठायत प्रथम भएका हुन । त्यस्तै तेह्रथुमका २४ बर्षिया सरोज लिम्बु दोश्रो,धरानका प्रशान तामाङ तेश्रो भएका छन ।
प्रथम,दोश्रो र तेश्रो हुनेले क्र।म।श नगद २५ हजार २ सय १५, २० हजार १ सय १५ र १५ हजार १ सय १५ प्रमाणपत्र , मेडल र कप प्राप्त गरेका छन ।
त्यस्तै ७ किलोमिटर महिला दौड प्रतियोगितामा सहभागी ३५ जनालाई पछि पार्दै धरानका २२ बर्षिया छेम्बीमाया राई प्रथम भएका छन । त्यस्तै भोजपुरकी १६ बर्षिषजुलिन राई दोश्रो र भोजपुर कै १२ बर्षिया जुहि राई तेश्रो भएकी छिन । प्रतियोगितामा क्रमसः प्रथम हुनेले १५ हजार १ सय १५,दोश्रोले १० हजार १ सय १५ र तेश्रो हुनेले ५ हजार १५ मेडल र प्रमाणपत्र र कप प्राप्त गरेका छन ।
प्रतियोगितामा १२ देखी ७३ बर्ष उमेरका सहभागीता रहेको चण्डिपुर्णे रगरगे मेला तथा सिधुवा रन मुल आयोजक समितीका संयोजक तथा छथर जोरपाटी गाउँपालिका ६ का वडाध्यक्ष दिपक गुरुङले बताए । त्यसैगरी धान नाच प्रतियोगीतामा तेह्रथुम र धनकुटा जिल्लाको विभिन्न स्थानिय तहवाट विजयी वडाध्यक्षहरुको समूह प्रथम भएको थियो । प्रथम हुनेले ३० हजार, १ सय, १५ रुपयाँ नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेको थियो । त्यसैगरी द्धितिय सेमी धान नाच समूह छथरजोरपाटी गाउँपालिका वडा नं.५ धनकुटाको समूह भएको थियो ।
उस्ले नगद १५ हजार, १ सय, १५ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको थियो । त्यसैगरी अम्फूवा केलाङ चयन धान नाच समूह म्याङ्गलुङ नगरपालिका वडा नं.५ तेह्रथुमले तृतिय पुरस्कार नगद १० हजार, १ सय, १५ सहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा विजेताहरुलाई छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बा,उपाध्यक्ष गिता गुरुङ खेवा छथर गाउँपालिका तेह्रथुमका अध्यक्ष सन्तोष तिगेला लगायतले पुरस्कार प्रदान गरेका थिए ।
- Dhankutapress