Breaking News
राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||     निर्माण व्यवसायी कार्की माथि कालोमोसो दल्नेलाई कार्वाहीको माग    ||     सरकारले कृषिमा लगानी बढाउनु पर्नेमा जोड    ||     संविधान र कानुनका ज्ञाता सुवाचन्द्र नेम्वाङ सधैका लागि अस्ताए    ||     फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले    ||     धनकुटा नगरपालिकाको बिदाई तथा स्वागत कार्यक्रममा ३७ वुँदा लामो सूझाब पत्र पेश    ||     अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु    ||    

तिहारमा मादल चाहिन्छ भने जाउँ हिले बजार

भने जस्तो गरी मादल विक्री नहुँदा विशंखे परिवार निराश

  •   १ महिना अघि | १७ कार्तिक २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

हिले/धनकुटा नगरपालिका वडा नं.१ गैह्री टोलका छोटे विशंखेका परिवार राष्ट्रिय पर्व तिहारमा बजाईने मौलिक बाजा मादल बनाउन हिजोआज व्यस्त भएर पनि भने जस्तो विक्रि नहुँदा निराश भएका छन् ।

उनका परिवारलाई अहिले नेपालीहरुको दोश्रो ठूलो रमाईलो साँस्कृतिक पर्व तिहारको अवसरमा बजाईने मौलिक बाजा मादल वनाउने कामले गर्दा दिनरात वितेको अत्तोपत्तो हुन छोडेको छ । तर, आर्थिक मन्दीले हो या अन्य कारणले हो, अघिल्लो वर्षहरु जस्तो यो वर्ष मादल विक्रि नभए पछि उनीहरु निराश भएका हुन् । 

छोटेका वुवा धनवहादुर विशंखेले शुरु गरेको मादल वनाउनले पेशालाई उनले ११ वर्षको उमेर देखी निरन्तरता दिईरहेका छन् । अहिले उनी ६१ वर्षको भएका छन् । उनले मादल मात्र नियमित बनाउन थालेको ४९ वर्ष भै सकेको छ । मादल वनाउने पेशा पैसा धेरै कमाउनु भन्दा पनि आफ्नो बाउबाजेले धानि ल्याएको पुर्खौली पेशा भएकाले निरन्तरता दिईरहेको विशंखेले बताए । उनले भने–‘केही नगरी वसौ भने पनि छरछिमेकी र टाढाटाढावाट आएका ग्राहकहरुले धरै दिदैन्न के गर्ने जसरी पनि वनाउनु नै प¥यो ।’ उनी विगत ४९ वर्ष देखी मादल वनाउने र विक्रि गर्ने पेशामा व्यवसायिक रुपमा लागी रहेका छन् । 

तर, उनलाई मादल बनाउने सीप वुवा धनवहादुरले सिकाएको भने होईन वुवाले मादल वनाएको ठाउँमा वा छेउमा पर्नै नदिने गरेको बाल्यकालको यादलाई संम्झदै छोटे विशंखेले भने “वुवाको छेउमा मादल वनाएको ठाउँमा गए भने लाठो लगाई हाल्थे” । वुवाले जहिले पनि लाठो लगाउने टाढा टाढा खेदाउने गरे पछि आफुलाई पनि मादल बनाउने मनमा ईख लागेर टाढैवाट हेरेर नै मादल वनाउन सिकेको उनले वताए ।  

अरु वेला मादलको काम खास्सै अडर नआए पनि दशैंतिहार नजिक आए पछि नयाँ मादल बनाउने, पुरानो मादलमा खरी हाल्नेको घुँईचो लाग्ने गरेको छ । पहिले पहिले दशैं नजिक आएदेखी उनीसंगै मादल बनाउने थप ७÷८ जना कामदार राख्ने गरे पनि यो वर्ष त्यस्तो नभएको बताए । पहिले मादल बनाउने कामको चाप निक्कै वढे पछि जेठो छोरा निरवहादुर विशंखे, ज्वाई सिमन विशंखे, कान्छा भाई देववहादुर विशंखे, भान्जा रमेश रोक्का, श्रीमती चन्द्रमाया विशंंखे लगायतलाई तिहार भरीलाई काम दिने गरेका थिए । सात÷आठ जना दिन रात खट्दा पनि ग्राहकले अडर गरेको नयाँ मादल बनाएर दिन र पुराना मादलमा खरी हालेर दिन निक्कै धौ धौ हुने गरेको छोटेले भने । तर, यस वर्ष भने त्यस्तो माग र अडर नआएको उनले बताए ।  

उनको उद्योगमा यो वर्ष भने पहिलेको जस्तो खास्सै अडर नआएकाले ५०÷६० वटा मात्र मादल विक्रि लागी तयारी अवस्थामा रहेका छन् । पहिले पहिले गाई तिहारे औसीको दिनसम्म मादलको अडर हुने गर्दथ्यो । कुकुर तिहार र काग तिहार भन्दा पहिले देखी नै मादलको अडर गर्ने र खरिद गर्नेको घुँइचो लाग्ने गरेको वताउँदै औसीको दिनसम्ममा सवै मादल वनाई सक्नु पर्ने हत्तारो हुन्थ्यो ।

चार छोरा र ५ छोरीका वुवा छोटे विशंखेलाई मादलको कमाईले मात्र नौ जना परिवार धान्न गाह्रो हुने गरेको बताए । उनले मादल, खैजडी, सारङ्गी, मुढा, डम्फू र जुत्ताको कमाई मासिक ४० देखी ५० हजार हुने गरे पनि छोराछोरीको पढाई लेखाई र खानपानमा धान्न गाह्रो हुने गरेको वताए । वार्षिक रुपमा खर्च गरेर १ लाख, ५० हजारसम्म आम्दामी हुने गरेको छोटे वताउँछन् । उनको ९ सन्तान सवैको विवाह गरी सकेको वताए । उनले मादलको कामसंगै खेतीपाती समेत गर्नु परेको वताउँछन् । उनको धान खेत नभए पनि मादल वनाउने पेशा वाहेक मकै, कोदो, तोरी र सागसव्जीको खेती गर्ने गरेको वताए ।    

उनको जेठो छोरा नीरवहादुर भने मादल वनाउने पेशाले मात्र जिविका नचल्ने वताउँछन । उनी वुवालाई मादल वनाउने कामको चाप परेको वेलामा मात्र मादल वनाउन सघाउने गरेको वताउँछन् । पछिल्लो समय मादल बनाउन आवश्याक पर्ने सामग्रीहरु पनि भने जस्तो पाउन छाडेको उनी वताउँछन् । उनले पछिल्लो समयमा मादलको लागी चाहिने दाहिने तालमा लागाउने बाख्राको छाला, देव्रे तालमा गोरुको छाला, ढु्रंग्रोको लागी चाहिने लाम्पातेको काठ आदीको अभाव भएकोले मादल वनाउन समश्या हुने गरेको वताए । उनले सिरीस, लम्पाते र उतिसको काठबाट मादलको घेरो वनाउने गरेको बताए । मादलको घेरोको लागी लाम्पातेको काठ जिल्लाको सान्ने, दियाले, मुगाको फलाटे, घामे र खोलाखर्कबाट ल्याउने गरेको नीरवहादुरले वताए । उनले बाख्राको छाला विराटनगर र गोरुको छाला भारतको दार्जिलिङ्गबाट ल्याउने गरेको वताए ।  

प्राय ः गरेर एउटा मादल वनाउन करिव एक हप्ता लाग्छ । मादलको ताल अनुसारको खरी लगाउनु पर्ने भएकाले खरी लगाएर घोट्नै तिन÷चार दिन लाग्ने हुँदा मादल वनाएर वेच्दा त्यति धेरै नाफा नहुने नीरवहादुरले बताए । उनले एउटा मादलको मूल्य  २ हजार ५ सय देखी १० हजार ५ सयसम्म पर्ने गरेको वताए । उनले डम्फू ४ हजार ५ सय, खैजडी २ हजार, ५ सय, सारांगी ८ हजार, छालाको मूढा ३ सय ५० मा विक्रि गर्ने गरेको सुनाए । उनले भने– राम्रो मादल वनाउँदा ढ्ङ्ग्रो वनाउन २५ सय, छाला २ हजार, खरी लगाउन ३ हजार लगानी हुन्छ ।” यसरी तयार गरीएको मादल वनाउन कम्तीमा ५ दिन समय लाग्ने नीरवहादुरको भनाई छ ।     

उनी आधुनिक लोकसंगितका वाजागाजा बजारमा प्रशष्त निष्किए पनि मादलको वजार धेरथोर चलिरहेकोमा ढुक्क छन् । मादल विक्रिको लागी हिले वजारको मुख्य चोकमा मादलको सो रुम समेत राखेका छन् । मादलको प्रायः सो रुमवाट नै अडर हुने गरेकोले तिहारको वेला कमाई राम्रै हुने गरेको नीर वहादुर वताउँछन । अहिले मेमोरीमा गीत वजाउने जमाना छ । तर पनि ग्राहक मादल किन्न आउँछन । त्यसैले पनि आफ्नो मादल वनाउने व्यवसाय धरापमा नपरेको नीरवहादुरको ठम्याई छ । मादल बनाउने अडर आएपछि नीरवहादुरका आमा चन्द्रमाया विशंखेले पनि मादलको खरी घोट्न सघाउँदै आएको वताएकी छन् । उनले भनिन् –“आफूहरुको वर्षौ देखीको पेशा नै मादल, मुढा, जुत्ता लगायतका छालाका सामान वनाउने भएकाले श्रीमानलाई कामको हत्तारो पर्दा सघाउने गरेकी छु ।” उनले भनिन्–‘अहिले त श्रीमान छोटे विशंखे लडेर घाईते भएकाले झन धेरै काम सघाउनु परेको छ ।’ 

  • Dhankutapress

थप