Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

उत्तरपानी, हिले र धनकुटामा सोनाम ल्होछार नयाँ वर्षको अवसरमा एकैसाथ कार्यक्रम हुने

  •   ३ वर्ष अघि | २४ माघ २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/मञ्जुश्री सम्वत २८६० डुक ल्हो सोनाम ल्होछार नयाँ वर्षको अवसरमा धनकुटा जिल्लाको विभिन्न स्थानहरुमा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । 

 जिल्लाको तामाङ वाहुल्य रहेको स्थल धनकुटा नगरपालिका र पाख्रीवास नगरपालिकाको संगम स्थल उत्तरपानी वजारमा आगामी माघ २७ गते सनिवारका दिन राष्ट्रिय कलाकारहरुको उपस्थितिमा वृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । 

‘मञ्जुश्री सम्वत २८६० सिङ÷फो सोनाम ल्होछार भव्यताको साथ मनाऔं, पहिचान सहितको ताम्सालिङ्ग प्रदेशको स्थापनाको लागि अघि वढौं’ भन्ने मुल नाराको साथ आयोजना गरिएको ल्होछार साँस्कृतिक कार्यक्रममा तामाङ मौलिक सेलो गायक÷गायिकाहरुको उपस्थिति रहने उत्तरपानी ल्होछार आयोजक समितिका संयोजक गजम घिसिङ तामाङले बताएका छन् । उनले ल्होछार साँस्कृतिक कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि आम दर्शकलाई मनोरञ्जन दिन भोजपुरे राष्ट्रिय कलाकार पासाङ तामाङ र पूर्वाञ्चल गडट्यालेण्टका प्रतिष्पर्धि कलाकारहरुले मनोरञ्जन दिने बताए । 

सोनाम ल्होछार नयाँ वर्षको अवसरमा आयोजना हुने शुभकामना आदन प्रदान तथा वृहत सांगितिक कार्यक्रममा १ हजार भन्दा वढी दर्शकले अवलोलन गर्ने अनुमान गरिएको आयोजक संस्थाका सल्लाहकार धनबहादुर मोक्तानले वताए । उनले सदा झै यस बर्ष पनि सांगितिक कार्यक्रम उत्तरपानी शिक्षालय धनकुटाको प्राङ्गगणमा सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रमसंगै लिङ्गे पिङ, भलिबल जस्ता विविध मनोरञ्जनका अन्य कार्यक्रमहरु पनि आयोजना हुने वताईएको छ । साथमा, स्थानिय तम्बा (तामाङ डम्फूरे) हरु र बोन्बोको पनि विशेष मौलिक प्रश्तुती रहने छ ।  

त्यसैगरी सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाले जिल्ला सदरमुकाम धनकुटा वजारमा रहेको ह्रिन्छेन छ्योलिङ गुम्वाको प्राङ्गगणमा शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भैरहेको अध्यक्ष कुलवहादुर तितुङले बताए । उनले यस वर्ष धनकुटा स्थित् हाम्रो डान्स सेन्टरमा रहेका स्थानिय कलाकारहरु र जुम्बा डान्स सेन्टरको आमा पार्टीको वजोड डम्फू सेलामा प्रश्तुती रहने बताएका छन् । त्यसका साथै सोनाम ल्होछार पर्वलाई भव्य रुपमा सम्पन्न गर्न र गुम्वा परिसरमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षण वढाउन यो अभियानले मद्धत पु¥याउने अध्यक्ष तितुङको भनाई रहेको छ । यस पटक धनकुटाको हिले राजमार्ग देखी गुम्वासम्म १ सय ८ वटा लुङ्गदर समेत राखिएको तितुङले बताए । 

त्यसैगरी आगामी माघ २७ गते सनिवार धनकुटाको हिले वजार स्थित् तोङ्गवा चोकमा स्थानिय क्लवका यूवाहरुको पहलमा ल्होछार साँस्कृतिक कार्यक्रम आयोजना हुने स्थानिय यूवा सन्तोष तितुङले वताए । उक्त कार्यक्रममा चर्चित गायक शिला वहादुर मोक्तान र कुन्ति मोक्तानको विशेष सांगितिक प्रश्तुती रहने तितुङले वताए । 

कार्यक्रममा  नै साँगुरीगढी गाउँपालिका वडा नं.२ साल्वोटेमा पनि ल्होछारको अवसरमा विविध कार्यक्रम आयोजना हुने स्थानिय सम्पन्न गर्नको लागि योगेन्द्र लो तामाङले जानकारी दिए । त्यसैगरी जिल्ला घेदुङ धनकुटाको आयोजनामा आगामी फागुण १२ गते हिले वजारमा ल्होछार नयाँ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरी पुन मनाईने तयारी भैरहेको जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष पेमा लामालले जानकारी दिएका छन् ।

  • Dhankutapress

थप