धनकुटा प्रेस सम्वाददाता
उत्तरपानी,धनकुटा/मञ्जुश्री सम्वत २८५९ सोनाम ल्होछार नयाँ वर्षको पुनित उपलक्ष्यमा धनकुटा जिल्लाको तामाङ वाहुल्य रहेको स्थल धनकुटा नगरपालिका र पाख्रीवास नगरपालिकाको संगम स्थल उत्तरपानी वजारमा आगामी माघ ७ गते सनिवारका दिन राष्ट्रिय कलाकारहरुको उपस्थितिमा वृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
तामाङ संस्कृति र पहिचानको संरक्षण, जातिय परम्परा र प्रवद्र्धनको अभियान भन्ने मुल नाराको साथ आयोजना गरिएको ल्होछार साँस्कृतिक कार्यक्रममा तामाङ मौलिक सेलो गायक÷गायिकाहरको उपस्थिति रहने आयोजक ल्होछार समिति उत्तरपानी वजारका संयोजक लोकेन्द्र घिसिङ तामाङले बताएका छन् । उनले ल्होछार साँस्कृतिक कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि आम दर्शकलाई मनोरञ्जन दिन राष्ट्रिय कलाकारहरु पासाङ धावा घिसिङ तामाङ, गायिका रोशना लुङ्गवा तामाङ र प्रदिप लामा आउने बताए ।
फायल तस्विर :
सोनाम ल्होछार नयाँ वर्षको अवसरमा आयोजना हुने शुभकामना आदन प्रदान तथा वृहत सांगितिक कार्यक्रममा १ हजार भन्दा वढी दर्शकले अवलोलन गर्ने अनुमान गरिएको आयोजक संस्थाका सल्लाहकार धनवहादुर मोक्तानले धनकुटा प्रेसलाई वताए । सदा झै यस वर्ष पनि सांगितिक कार्यक्रम उत्तरपानी शिक्षालय धनकुटाको प्राङ्गगणमा सम्पन्न हुने आयोजकले जनाएको छ । कार्यक्रमसंगै लिङ्गे पिङ, भलिबल जस्ता विविध मनोरञ्जनका अन्य कार्यक्रमहरु पनि आयोजना हुने वताईएको छ । साथमा, स्थानिय तम्बा (तामाङ डम्फूरे) हरु र वोन्बोको पनि विशेष मौलिक प्रश्तुती रहने छ ।
फायल तस्विर :
त्यसैगरी सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाले जिल्ला सदरमुकाम धनकुटा वजारमा रहेको ह्रिन्छेन छ्योलिङ गुम्वाको प्राङ्गगणमा शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भएको नगर घेदुङ धनकुटाका अध्यक्ष कुलवहादुर तितुङ तामाङले बताए । त्यसैगरी माघ ७ गतै नै साँगुरीगढी गाउँपालिका वडा नं.२ साल्वोटेमा पनि ल्होछारको अवसरमा विविध कार्यक्रम आयोजना हुने स्थानिय योगेन्द्र लो तामाङले जानकारी दिए । त्यसैगरी जिल्ला घेदुङ धनकुटाको आयोजनामा आगामी माघ १२ गते हिले वजारमा ल्होछार नयाँ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाईने तयारी भैरहेको जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष विष्णु मोक्तानले जानकारी दिएका छन् ।
- Dhankutapress