Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटामा किराँत सांस्कृतिक उत्सव शुरु

संघीय मन्त्रि र धनकुटा नगरका हाकिमलाई फेटा गुथेर सम्मान

  •   २ वर्ष अघि | २७ जेष्ठ २०८१, आइतवार

पञ्चममाया तामाङ

धनकुटा/किराँत जातिको संस्कृतिको संरक्षण गर्न उभौली पर्वका अवसरमा धनकुटामा खानपान तथा भेषभुषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव आईतवार देखी सुरु भएको छ ।

धनकुटामा सुम्निमा पारुहाङ भवन निर्माणका लागि सहयोगार्थ सञ्चालित उत्सव ३२ गतेसम्म चल्ने आयोजक संस्था किराँत राई यायोख्खा धनकुटाले जनाएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सुरु भएको उत्सवमा जातीय खानाका परिकार, विभिन्न किराँत सांस्कृतिक झलक प्रस्तुति दिने स्टल तथा खानाका परिकारसहित १० स्टल रहेका छन् ।

‘आदिवासी जनजातिको संस्कार संस्कृति र भेषभुषाको प्रदर्शन, आर्थिक समृद्धिका लागि स्वच्छ पर्यावरण र पर्यटन’ भन्ने मूल नाराका साथ सुरु भएको उत्सवमा किराँत खानाका परिकार, सांस्कृतिक वेषभुषा प्रदर्शनी हुने आयोजकले जनाएको छ । 

आयोजक समितिका संयोजक एवं किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाका कार्यवाहक अध्यक्ष पृथुराम राईले सामाजिक एकता प्रदर्शन गर्दै जातीय पहिचानसहित किराँत संस्कृतिको संरक्षण गर्न उत्सव फलदायी बन्ने आशा व्यक्त गरे । धनकुटा नगरपालिका–६ राई कुवा टोलमा रहेको किराँत राई यायोखाको जग्गामा भवन बनाउन सहयोग पु¥याउन अभियान सुरु गरिएको उनको भनाइ छ । किराँत उत्सवको उद्धघाटनमा नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री राजेन्द्र कुमार राईले गरे । उत्सव उद्धघाटनको अवसरमा धनकुटामा रहेको विभिन्न जातजातिको मौलिक सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो । जसमा किराँत याक्थुङ चुम्लुङ, किराँत आठपहरिया समाज, नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, नेवाःपुचः लगायतले आ–आफ्नो भेषाभूषामा सजिएर मौलिक साँस्कृतिक नृत्य प्रश्तुत् गरेका थिए ।

किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाका कार्यवाहक अध्यक्ष पृथुराम राइको अध्यक्षतमा सम्पन्न किराँत उत्सव उद्धघाटन समारोहमा प्रदेश माननिय एवं आर्थिक राज्य मन्त्री निरन राई, आदिवासी जनजाति विकास समितिका पूर्व कार्यकारी निर्देशक एवं पहिचानवादी कांग्रेसी नेता आनन्द सन्तोषी राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दसरथ राई, यायोखाका केन्द्रिय सचिव अस्मिका राई, खेलकुद विकास समितिका जिल्ला अध्यक्ष मनोज राई, उद्योग वाणिज्य संघ, धनकुटाका अध्यक्ष विजय सन्तोषी राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

सो अवसरमा संघीय खानेपानी तथा सरसफाई मन्त्रि राजेन्द्र कुमार राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय दसरथ राईलाइ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई, कार्यक्रम आयोजक संस्था किराँत राई यायोखा जिल्ला कार्य समिति धनकुटाको तर्फबाट फेटा गुथेर सम्मान गरिएको थियो । कार्यक्रमको संचालन यायोखा जिल्ला सचिव कला राईले गरेकी थिईन । किराँत उत्सव आगामी जेष्ठ ३२ गतेसम्म लाग्ने बताइएको छ । हरेक दिन राष्ट्रिय कलाकारहरुको प्रश्तुती समेत रहने आयोजकले जनाएको छ ।


  • dhankutapress

थप