Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पत्रकार भगिश्वर लिम्बु (कुङ्गबा) को कविता संग्रह थोःक्ला विमोचन

  •   ३ वर्ष अघि | १० माघ २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

बसन्तपुर/तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पत्रकार भगिश्वर लिम्बुको लिम्बुभाषाको कविता संग्रह विमोचन गरिएको छ । 

शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको संग्रह विमोचन गरेका हुन् । कविता संग्रह विमोचन गर्दै मन्त्री गुरुङले सबैखाले साहित्य सर्जकहरुलाई एउटै थलोमा उभ्याउनका लागी समेत सहयोग पुग्ने बताए । 

गद्य र पद्य दुवै शैलिमा तयारी गरिएका ३५ वटा कविताहरु समावेश गरिएका छन । कविताहरुद्धारा लिम्बु समुदायमा रहेका मौलिकता र विगतका वास्तविकताको भाव उदृत गरिएको प्रकाशक तेयुङ लिम्बु यसङ वंशावली संघ नेपालका सचिव बलि तेयुङले जानकारी दिए । यो कविता संग्रहले पछिल्लो पिडीका कवि वा कवितामा रुचि राख्ने साहित्यप्रेमीहरुलाई कविता मोह बढाउन सकोस भन्ने अपेक्षा राखेको कवि भगिश्वरले बताए । पछिल्लो समय लिम्बु समुदायमा भाषा,लिपी,कला,साहित्य र संस्कृती प्रती मोह घट्दै गई रहेको बेला कवि भगिश्वरद्धारा कृति प्रकाशन गर्नु महत्वपुर्ण रहेको मुन्धुमविद  तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले बताए  । 

लिम्बु भाषा र लिपीमा पहिलो पटक प्रकाशन भएको थोःक्ला नेपाली भाषामा ढोयो भन्ने अर्थ लाग्छ । समाजमा चेली माईती बिच आर्थीक उपार्जनको अपेक्षाले चेलीले माईतीलाई दिने उपहारलाई लिम्बु भाषमा थोःक्ला भनिन्छ । विगत दुई दशकदेखी पत्रकारितमा कृयाशिल हुँदै आउनु भएका भगिश्वर लिम्बु रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर, पत्रकार महासंघ तेह्रथुमका पुर्व उपाध्यक्ष हुन । कृति देवनारिक र श्रीजंगा लिपीमा प्रकाशन गरिएको छ । सानै उमेरदेखी साहित्यमा रुची राख्दै आउनु भएका कवि लिम्बुले फुटकर कविता हाँस्य व्याङग्य विधाहरु प्रस्तुत गर्दै आएका छन् । 

  • Dhankutapress

थप