Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

भिमसेन थानमा होलीको अवसरमा सांगितिक कार्यक्रम हुने

  •   ४ वर्ष अघि | २१ फाल्गुन २०७९, आइतवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

धनकुटा/होली पर्वको अवसरमा धनकुटा नगरपालिका वडा नं.६ स्थित् भिमसेन थानमा सोमवार होली विशेष सांगितिक कार्यक्रम हुने भएको छ । 

वौद्धिक विकास समाज धनकुटाको आयोजनामा सम्पन्न हुने लाईभ म्यूजिक कार्यक्रम धनकुटा नगरपालिका वडा नं.४ स्कुलडाँडामा रहेको आरोह व्याण्डका ¥याप स्टार स्काईएडी (आकास वि.क.) ले प्रश्तुती दिने भएका छन् ।

आयोजक संस्थाका प्रवक्ता विमर्शमान आमत्यले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएका हुन् । ¥याप स्टार राष्ट्रिय प्रतियोगिताको पाँचौं राउण्डसम्म पुग्न सफल ¥यापर गायक स्काईएडीले स्थानिय व्याण्ड आरोहका स्थानिय कलाकारहरुको साथमा एकल प्रश्तुती दिने तयारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । 

पत्रकार सम्मेलनमा होली पर्व विशेष कार्यक्रमका संयोजक सिरज जोशी, धनकुटाको स्वयमसेवी संस्था डिफोर ग्रुपका दिवश राई, कलाकार व्यवस्थान संयोजक अभिनय राई, प्रचार प्रसार समितिका संयोजक समिर श्रेष्ठ लगायतका उपस्थिति रहेको थियो । यस अघि ०७४ सालमा होली पर्वको अवसरमा आयोजक संस्थाले सांगितिक कार्यक्रम सम्पन्न गरेको थियो । सोमवार ११ वजे देखि शुरु हुने सांगितिक कार्यक्रममा हजारौं दर्शकले अवलोकन गर्ने आयोजक संस्थाले अपेक्षा गरेको छ ।

  • Dhankutapress

थप