सन्तवीर लामा
विराटनगर/कुरा वि.सं. २०८० श्रावण २७ गते सनिवारको हो । हरेक वर्षको श्रावण–२७ गते म आफू यस धर्तिमा जन्मेको दिन पर्छ । त्यसमा पनि यो वर्ष ठ्याक्कै जन्मबार पनि जन्म कुण्डली र (चि–शास्त्र) अनुसार तिथि मिलेको शुभदिन परेछ ।
मेरो पत्रकारिताको यात्रा करिव/करिव २५ वर्ष पुग्न लागेको छ । पवित्र लिम्वुवानी भूमि तेह्रथुमको आठराई थोक्लुङ कर्कलेमा जन्मेर धनकुटामा रहेर पत्रकारिता गर्दै गर्दा आज भन्दा १९ वर्ष अघि वि.सं.२०६१ साल अशोज २१ गते देखि फोनिजमा आवद्ध भएको थिए । धनकुटा शाखाका संस्थापक सचिवको हैसियतले म शुरुमा फोनिजमा प्रवेश गरेको थिए ।
हरेक वर्ष श्रावण २७ गते फोनिजको स्थापना दिवस पर्छ । अघिल्ला वर्षहरुमा झै यस वर्ष पनि आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ सौं स्थापना दिवस बढो हर्षउल्लासको साथ विराटनगर लगायत देसभर मनाइ रहेका छौं । अघिल्लो वर्षहरुमा ठ्याक्कै बार मिलेको अवस्था थिएन । यो वर्षको स्वर्ण जन्मोत्सवमा भने तिथि मिति मिल्न गयो । लाग्यो मलाई, साँच्चिकै फोनिजकै लागि मलाई मेरा (आमा ज्याबन माया ब्लोन–आपा जिन्लाब दोर्जे मोक्तान) ले यस धर्तिमा जन्म दिएछन् । यतिखेर म मेरो जन्म दिने आपा–आमालाई शिर झुकाएर सेवा ढोग (क्याप्सुनछिहो) गर्दछु ।
यो पवित्रा दिनमा हामी फोनिजकर्मीहरुले हरेक वर्ष श्रावण २७ गते भव्य फोनिजको स्थापना दिवशको अवसरमा विविध कार्यक्रमहरु गरेर मनाउँछौं । भोलीका दिनमा पनि यसरी नै मनाई रहने छौं । प्रदेशको राजधानी विराटनगरमा रहेको संगम होटलमा वसेर स्वर्ण जन्मोत्सव मनाई रहँदा सवै भन्दा पहिले म मेरो जन्म दिने आमा–आपालाई सम्झन्छु ।
जस्ले मलाई पत्रकारितामा लाग्न उत्प्रेरित गर्नु भयो र आज यहाँसम्म आई पुगे :
विशेष सम्झन चाहान्छु–जस्ले मलाई पत्रकारिताको ‘कखरा’ सिकाएर आज यो अवस्थासम्म पु¥याउनु भयो । जो हुनुहुन्छ, विशेष गरेर धनकुटामा पत्रकारिता श्री गणेश गर्नु हुने मेरो आदर्णिय गुरु जनविश्वास साप्ताहिक धनकुटाका प्रकाशक एवं सम्पादक एवं फेनिजका संघीय पुर्व सल्लाहकार संजय सन्तोषी राई, १ नम्वर प्रदेसको पत्रकारिताका धरोहर पूर्व क्षितिज प्रकाशन प्रा.लि. धरानका संस्थापक ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्की (ठूला सर) एवं प्रकाशक एवं सम्पादक किशोर कुमार कार्की ज्यू ।
त्यसका साथै, नेपाली पत्रकारिता क्षेत्रका विज्ञ एवं अग्रज विराटनगर निवासी यज्ञ शर्मा, भानुभक्त आचार्य, काठमाण्डौं निवासी तारानाथ दाहाल, हर्ष गुरुङ, प्रतिक ङेसुर तामाङ, कुमार यात्रु लगायत मेरो सम्पूण पत्रकारिता सिकाउने गुरुजनहरु । मेरो जीवन संगिनी पञ्चमाया थिङ, जस्ले म हजारौं हजार माईल टाढाको यात्रा पार गरेर आफ्नो भाग्यको खोजीमा कर्म गर्दै अघि वढ्दा निर्धक्क भएर घर थाम्दै हौसला, जोस, जाँगर र साहस प्रदान गर्दे आएकी छन् । यतिखेर म मेरी उनी र २ छोराहरु र सम्पुर्ण मेरो परिवारका सदस्यहरु, नातागोता, धनकुटा लगायत संसार भरका साथीभाई, इष्टमित्रलाई जन्म दिनको अवसरमा सम्झन्छु ।
स्वर्ण जन्मोत्सवका दिन श्रावण–२७ गते विराटनगर स्थित् संगम पार्टी प्यालेसमा जन्मदिनको विशेष (सरप्राईज) कार्यक्रम आयोजना गरि आशिर्वाद प्रदान गर्नु हुने फोनिज संघीय समितिका अध्यक्ष गजुरधन राई, वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख अमरध्वोज लामा, कमन देवान, सरु राना, महासचिव मिलन लिम्वु, कोषाध्यक्ष लाला गुरुङ, सह–कोषाध्यक्ष एवं नेपाल तामाङ घेदुङका उपाध्यक्ष सञ्चु ब्लोन, कार्यक्रम स्थलमा सहभागी भएर आशिर्वाद प्रदान गर्नु हुने सातै प्रदेशका अग्रज पत्रकार ज्यूहरुलाई धन्यवाद दिन्छु ।
साथै, विशेष धन्यवाद् फोनिज संघीय समिति सदस्यद्धय सूजता निङ्गलेखू, विदुर खवासलाई र उहाँहरु फोनिज प्रदेश १ ले प्रदान गर्ने ‘पहिचान पत्रकारिता पुरस्कार–०८०’ बाट सम्मानित एवं पुरस्कृत हुनु भएको छ । दुवै जनालाई वधाई एवं उत्तरोत्तर प्रगतीको कामना गर्दछु । आगामी दिनमा पहिचानको पक्षमा थप सशक्त जुझारु भएर कलम चल्न सकोस भन्ने कामना पनि गर्दछु । साथै, सम्पुर्ण संघीय समितिका पदाधिकारी एवं सदस्य ज्यूहरु, फोनिज प्रदेश नं.१ का इन्चार्ज भक्तशेर लिम्वू, विशेष धन्यवाद् पुर्व इन्चार्ज एवं झापाबाट प्रकाशित यलम्बर टाईम्सका प्रकाशक एवं पहिचानी अग्रज पत्रकार दिपिन राई, प्रदेश–१ का महासचिव इलाम माङ्गसेवुङ निवासी मेरो भाई सुशन रुङ्गमाहाङ्ग राई लगायत प्रदेश समितिका पदाधिकारी एवं सम्पूण सदस्य साथीहरु, विशेष गरेर फोनिज झापा शाखाकी अध्यक्ष (बहिनी) भुमिका फियाक लिम्वू लगायत झापा शाखाका साथीहरुलाई विशेष मेरो चरणकोमल हृदयदेखि नै नमन गर्दै हादिर्क आभार एवं धन्यवाद दिन्छु । अन्त्यमा, विराटनगर निवासी नेपाल तामाङ घेदुङका अग्रज एवं समाजसेवी कृष्ण मोक्तान लगायत सम्पूर्ण घेदुङका साथीहरुलाई पनि धन्यवाद् दिन चाहान्छु ।
नोट : मेरो जन्मदिनका कार्यक्रमहरु घरटोल, वजार, जिल्लाका साथी भाईहरुसंग मनाई रहँदा यस पटकको जन्मदिनको अवसरमा आयोजना भएको (विशेष सरप्राईज) कार्यक्रमले फोनिज संघीय समिति काठमाण्डौसम्म जोडिएको छ । मलाई यतिखेर मेरो मन उव्जिएको प्रश्न भनेको चाँही ‘हैन म साँच्चिकै फोनिज कै लागि जन्मिएको रछु’ भन्ने लागि रहेको छ । खैर केहि छैन, जवसम्म म यस धर्तिमा बाँचिरहन्छु, तबसम्म फोनिजको लागि योगदान दिई रहने प्रण गर्दछु । मलाई चिन्नु हुने संसार भरबाट सामाजिक संजाल फेसवुक, टयुइटर, यूटुब, इन्स्ताग्राम, भाईबर, म्यासेन्जर, भ्वाईस म्यासेज आदि मार्फत मेरो जन्म दिनको दिन शुभकामना दिनु हुने सवै सवैमा हृदय देखि नै पुनः हार्दिक आभार एवं धन्यवाद दिन चाहन्छु ।
जय फोनिज !!


- Dhankutapress