Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा यसरी भित्र्याइयो यो फूलपाति (फोटो फिचर सहित)

  •   ३ वर्ष अघि | ६ कार्तिक २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटामा विजयादशमीको अवसरमा शनिबार फूलपाति बढाई गरीएको छ । धनकुटाको निशान भगवती मन्दिरमा विजयादशमीको सातौ दिन अर्थात फूलपातिको अवसर पारेर मन्दिरबाट डोलिमा निशान बोकेर बजार परिक्रमा गरी त्यस पश्चात टुढिखेलमा विशेस पुजाआज गरी फूलपाति बढाई गरीएको हो ।

धनकुटामा वि.सं. १८३१ सालदेखि यसरीनै फूलपाति बढाई गरीदै आएको छ । झाँकिसहित निशानदेवीमा असोक, केरा जयन्ती, हलेदो वेलपत्र, धान, सामा, दारीम र माने लगायतका विभिन्न नौ प्रकारका वनस्पतिका साथ डोलिमा राखेर विषेश पुजा गर्ने चलन रहेको छ ।

हिन्दुहरुको महान पर्व बडादसैंको सातौँ दिन फूलपातीको अवसरमा सनिवार धनकुटाको तल्लो टुडिखेलमा निशान भगवतीको विशेष पुजा आराधाना तथा हर्कबढाईं कार्यक्रमको आयोजना गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं.६ विच वजारमा रहेको प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर धनकुटाको टुडिखेलमा पु¥याएपछि विशेष पुजा आराधाना गरिएको थियो । टुडिखेलमा पुजाआराधना र हर्कवढाँई पछि टुडिखेलवाट धनकुटा वजारको परिचयमोड, चुवाकोवोट, हुलाकटोल मदनचोक, यलम्वरचोक हुँदै वजारको विभिन्न भागको परिक्रमा पछि पुनः निशान भगवतीलाई निशान मन्दिर मै प्रतिस्थापन गरी पूजाआराधना सहित फूलपाती भित्र्याइएको थियो । नेपाली सेनाको विशेष प्रश्तुती रहेको हर्कवढाँईमा कार्यक्रममा निशान वोकेर वजारको विभिन्न भागको परिक्रमा गर्ने क्रममा सर्वसाधरणको पनि सयौंको संख्यामा उपस्थिति रहेको थियो । 

सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आ–आफ्नो टुकडीले सलामी दिएको थियो । करिब एक शताब्दी पहिले देखि सुरु भएको दशैंको फूलपातीको हर्कबढाईंले हरेक वर्ष निरन्तरता पाएको धनकुटा नगरपालिका वडा नं.७ परिचयमोडका स्थानिय बाजे पण्डित (बाजे) माधव दाहालले जानकारी दिए । उनले धनकुटा–५ वालमिन्दरमा रहेको सागर श्रेष्ठको घरबाट फुलपाती निकालेर निशानमा भित्र्याइएको वताए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पून्य विक्रम पौडेल, नेपाली सेना भिमदल गणका गणपती प्रमुख सेनानी सुमन थापा लगायतका उपस्थिति रहेको थियो । 

साथै कार्यक्रममा जनप्रतिनिधिहरु, प्रशासनिक नियकाका प्रमुख एव प्रतिनिधिहरु,स्थानिय सञ्चारकर्र्मी, नागरिक समाजका अगुवा, संघसंस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली सेनाले फूलपाती हर्कबढाईंका अवसरमा ब्याण्डबाजा सहित विशेष प्रस्तुति दिएको थियो । त्यस्तै निशान मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सनिवार उल्लेख्य भीड लागेको थियो ।


फूलपाति बढाईमा नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले सलामी दिएका थिए । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्धेवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ ।

पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिने गर्ने गरिन्छ । घटस्थापनाको दिन विधिपूर्वक धान, जौं, मकैको जमरा राखिएको उक्त जमरा दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा समेत वितरण ग्रहण गरिन्छ ।

  • Dhankutapress

थप