Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको निशानमा २ सय वर्ष पुरानो ढुङ्गेधाराको पुनस्थापन

  •   ४ वर्ष अघि | १२ माघ २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/जिल्ला सदरमुकाम धनकुटामा रहेको ऐतिहासिक निशान भगवती मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधाराको पुनस्र्थापना तथा समुद्धघाटन गरिएको छ। 

वसन्तपञ्चमीको अवसर पारेर एक समारोहका बीच नेपाली सेनाका पूर्वी  पृतनापति उपरथी सहदेव खड्काले समुद्धघाटन गरेका हुन् । तत्कालीन करिव २ सय ४७ वर्ष पहिले स्थापना गरिएको निशान भगवतीको मन्दिर परिसरको भित्री भागमा रहेको तीनवटा पल्टनका लागि पनि छुट्टाछुट्टै ढुंगेधारा पनि स्थापना गरिएको छ ।

सो अवसरमा निशान भगवती मिन्दरका संरक्षक पुर्वि पृतना हेड क्वाटरका पृ्रतना पति उपरथी खड्काले १८ औं शताव्दीको इतिहाँसलाई पुर्नजिवित गर्ने लक्ष्यका साथ पुरातात्विक शैलीको मन्दिरको मुख्य प्रवेशद्धार र २ वटा तोपको समेत समुद्धघाटन गरेका थिए ।  

मन्दिरमा निर्माण गरिएको तीनवटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको मुलगेटभन्दा भित्र रहेका छन् । मुख्य गरेर मन्दिरमा रहेको जंगी निशान गण, श्रीजंग गण र इन्द्रध्वज गणको निशानको नाममा छुट्टाछुट्टै ढुङ्गेधारा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले बताए । 

धारा वि.सं. २०५२ सालमा धनकुटा हिले लोकमार्ग निर्माण गर्ने क्रममा धनुकटाको जिरोप्वाइन्टमा रहेको ओडार भेटिएको थियो । उक्त ओडारभित्र अहिले निशान मन्दिरमा स्थापना गरिएको ढुंगे धारा भेटिएको हो । धारा संरक्षण र सुरक्षाको कारणले तत्कालीन समयमा प्रदेश संग्राहलय धनकुटामा राखिएको थियो ।  धारा सर्वसाधरणका लागि निशान मन्दिरको बाहिरी भागमा खुल्ला राखिएको छ । ढुंगेधारा तथा प्रवेशद्वार गेटमा तेलिया ईंटाको प्रयोग गरिएको छ। 

२ नम्बर वाहिनीपति सहायक रथी महेशकुमार थापाको संयोजकत्वमा तथा श्री भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा एवं गणका सकल दर्जाका अधिकृतहरुको अथक प्रयास र निशान भगवती मन्दिर व्यवस्थापन समितिको सक्रियतामा उक्त ढुङ्गेधारा निमार्ण कार्य सम्पन्न भएको थियो ।

समुद्धघाटन समारोहमा धनकुटा नगरपालिकाका उपमेयर भीमा खनाल, श्री नं.२ वाहिनी पति सहायक रथी महेश कुमार थापा, जिल्ला प्रशासन कार्यालयका निमिक्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारी, भमिदल गणका निमिक्ति गणपति सेनानी पूर्ण प्रजापती ,जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारी लगायत विभिन्न सरकारी कार्यालय, सामाजिक संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

निशानमा हाल पुननिर्माण एवं पुनस्र्थापन गरिएको पुरातात्विक शैलीको प्रवेशद्धार, ढुङ्गेधारा, र तोप २ थानले धनकुटा जिल्लाको धार्मिक महत्व वढ्ने र धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपाली सेनाको क्यूआइपी कार्यक्रम अन्तर्गत निर्माण गरिएको ढुङ्गेधारा, प्रवेशद्धार र २ थान तोप १५ लाख, ५९ हजार, १ सय ५ रुपयाँको लागतमा सम्पन्न भएको भीमदल गण धनकुटाका निमिक्त गणपति सेनानी पूण प्रजापतीले वताए ।  

  • Dhankutapress

थप