धनकुटा प्रेस सम्वाददाता
धनकुटा/हिन्दुहरुको महान पर्व बडादसैंको सातौँ दिन फूलपातीको अवसरमा आइतबार धनकुटाको तल्लो टुडिखेलमा निशान भगवतीको विशेष पुजा आराधाना तथा हर्कबढाईं कार्यक्रमको आयोजना गरिएको छ ।
धनकुटा नगरपालिका वडा नं.६ विच वजारमा रहेको प्रसिद्ध धार्मिकस्थल निशान भगवती मन्दिरबाट डोलीमा निशानलाई बोकेर धनकुटाको टुडिखेलमा पु¥याएपछि विशेष पुजा आराधाना गरिएको थियो । टुडिखेलमा पुजाआराधना र हर्कवढाँई पछि टुडिखेलवाट धनकुटा वजारको परिचयमोड, चुवाकोवोट, हुलाकटोल मदनचोक, यलम्वरचोक हुँदै वजारको विभिन्न भागको परिक्रमा पछि पुनः निशान भगवतीलाई निशान मन्दिर मै प्रतिस्थापन गरी पूजाआराधना सहित फूलपाती भित्र्याइएको थियो । नेपाली सेनाको विशेष प्रश्तुती रहेको हर्कवढाँईमा कार्यक्रममा निशान वोकेर वजारको विभिन्न भागको परिक्रमा गर्ने क्रममा सर्वसाधरणको पनि सयौंको संख्यामा उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको आ–आफ्नो टुकडीले सलामी दिएको थियो । करिब एक शताब्दी पहिले देखि सुरु भएको दशैंको फूलपातीको हर्कबढाईंले हरेक वर्ष निरन्तरता पाएको धनकुटा नगरपालिका वडा नं.७ परिचयमोडका स्थानिय बाजे पण्डित (बाजे) माधव दाहालले जानकारी दिए । उनले धनकुटा–५ वालमिन्दरमा रहेको सागर श्रेष्ठको घरबाट फुलपाती निकालेर निशानमा भित्र्याइएको वताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, नेपाली सेना भिमदल गणका गणपती प्रमुख सेनानी सुमन थापा, सेनानी जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारी, शसस्त्र प्रहरी प्रमुख विपिन वलामी, निशान मनिदर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरे (गोठाले) लगायतका उपस्थिति रहेको थियो ।
साथै कायृक्रममा जनप्रतिनिधिहरु, प्रशासनिक नियकाका प्रमुख एव प्रतिनिधिहरु,स्थानिय सञ्चारकर्र्मी, नागरिक समाजका अगुवा, संघसंस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली सेनाले फूलपाती हर्कबढाईंका अवसरमा ब्याण्डबाजा सहित विशेष प्रस्तुति दिएको थियो । त्यस्तै निशान मन्दिरमा दर्शन गर्न आउने भक्तजनको आइतवार उल्लेख्य भीड लागेको थियो ।
यसैविच विश्रान्ती मन्दिर व्यवस्थापन समितिले फुलपातीको अवसरमा धनकुटा वजारमा कलश यात्रा निकालेका थिए । कलश यात्रामा सहभागी भक्तजनहरुले भजन कृतन समेत गरेका थिए ।
- Dhankutapress