Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

चासोक तङ्नामको अवसरमा धनकुटामा विविध कार्यक्रम सम्पन्न

मौलिक चार्डपर्व नयाँ पुस्तालाई मार्गदर्शन बन्नु पर्नेमा जोड

  •   ४ वर्ष अघि | २२ मंसिर २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/आदिवासी जनजातिहरुको हराउँदै गएको मौलिक संस्कृतिहरु नयाँ पुस्ताको लागि मार्ग दर्शन बन्न सके भोली दिनमा समुदायमा स्थापित हुने विहिवार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । 

किराँत याक्थुङ चुम्लुङ जिल्ला र नगर समिति धनकुटाले चासोक तङ्नाम–०७९ को अवसरमा आयोजना गरेको शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन् । शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै १ नम्वर प्रदेश सभाका पुर्व सदस्य लिला सुब्बाले आदिवासी जनजातिहरुको मौलिक संस्कार, संस्कृतिहरुलाई युगयुगसम्म वचाएर राख्न अलिहेका युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्नेमा जोड दिए । उनले हरेक जातिको भाषा, संस्कार, संस्कृतिलाई जोगाई राख्न राज्यले लगानी गर्नु पर्नेमा जोड दिए । सुव्वाले यस वर्ष झै आगामी वर्ष पनि चासोक तङ्नाम यसरी नै मनाउन पाइयोस भन्दै सहभागीलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रदेश नं.१ का प्रदेश सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि लिला सुब्बा शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै ।

किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष कमलसिंङ तिगेला लिम्वुको अध्यक्षतामा धनकुटा न.पा.–५ को कर्मिटार स्थित् फनपार्कमा सम्पन्न शुभकाममना आदन प्रदान कार्यक्रममा किराँत धर्म साहित्य उत्थान संघका गंगाहाङ तिगेला, चुम्लुङ्गका केन्द्रिय सदस्य हेमकुमार आङ्गलाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी नेफिन धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, धनकुटा वहुमुखी क्याम्पसका सह–प्राध्यापक डा.सुरेन सुब्बा, धनपा–५ का वडा सदस्य टिका श्रेष्ठ, पहिचानवादी नेता चन्द्रसिं नेम्वाङ, साहित्यकार केजी सुव्वा, चुम्लुङका पुर्व जिल्ला सचिव घनेन्द्र तुम्वाहाङ लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

जग्गादाता, भवन निर्माणमा सहयोग गर्ने र तिहारमा देउसे भैलोमा सहभागी कलाकारहरुलाई सम्मान :

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा त्रिभुवन विश्व विद्यालयबाट प्राणी शास्त्रमा हालै पिएचडी गरेका धनकुटा वहुमुखी क्याम्पसका सह–प्राध्यापक सुरेन सुव्वालाई चुम्लुङले विशेष सम्मान गरेको छ । त्यसैगरी किराँत याक्थुङ चुम्लुङको भवन वनाउन जग्गा दान गर्ने जग्गादाताहरु धनकुटा–५ का हेमकुमार आङ्गला, भवन वनाउन सहयोग गर्ने छथरजोरपाटी–३ का प्रेम खजुम पारघरी, लोकेन्द्र तुम्वाहाङलाई पनि सम्मान गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं.५ स्थित् फनपार्कमा आयोजित चासोक तङनामको विशेष साँस्कृतिक कार्यक्रममा रमाउँदै लिम्वु समुदायका दाजुभाई तथा दिदिवहिनी ।  

त्यसैगरी किराँत याक्थुङ चुम्लुङ, जिल्ला समिति धनकुटाले संचालन गरेको देउसे भैलो कार्यक्रममा सहभागी १५ जना कलाकारहरु पनि सो अवसरमा सम्मान गरिएको छ । सम्मानित हुनेहरुलाई प्रमाणपत्र र खदा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा नृत्य, केलाङ (ढोल) नाच समेत प्रश्तुत् गरिएको थियो । कार्यक्रमको संचालन कलाकार हेमु स्मृति चोङवाङ र डम्वर खवाहाङ्ग लिम्वुले गरेका थिए । 

केलाङ (ढोल) नाँच प्रश्तुत् गर्दै लिम्वु समुदायका तरेवा, तरेमाहरु ।

यसै विच किराँत राई यायोखा जिल्ला कार्य समिति, धनकुटाले साकेला उधौली पर्व–०७९ को अवसरमा झाँकी प्रदर्शन तथा शुभकामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ । किराँत राई यायोखाका केन्द्रिय सचिव अस्मिका राईको प्रमुख आतिथ्यमा सम्पन्न शुभकामाना आदन प्रदान कार्यक्रम विहिवार धनकुटाको टुडिखेलमा आयोजना गरिएको थियो । 

 किराँत राई यायोखा जिल्ला कार्य समिति, धनकुटाले साकेला उधौली पर्व–०७९ को अवसरमा धनकुटाको टुडिखेलमा झाँकी प्रदर्शन गर्दै / 

जिल्ला अध्यक्ष उद्धवमणी राईको अध्यक्षतमा सम्पन्न शुभकामना आनद प्रदान कार्यक्रममा नेफिन जिल्ला समन्वय परिषदका अध्यक्ष संजय सन्तोषी राई, धनपा–५ वडा सदस्य गोविन्द राई, किराँत राई पत्रकार संघका केन्द्रिय सदस्य टकलाल राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

त्यसैगरी किराँत आठपहरिया समाजका केन्द्रिय अध्यक्ष सरकुमारी आठपहरिया, शहिदभूमी गाउँपालिकाका शिक्षा शाखा प्रमुख उमेश राई, नेफिल नगर उपाध्यक्ष इन्द्र वहादुर लुङ्गेली मगर, कलाकार लोकन्द्र तेले राई लगायतले शुभकामान व्यक्त गरेका थिए । टुडिखेलमा कार्यक्रम आयोजना गर्नु पुर्व धनकुटा–६ राई कुवा टोलमा रहेको साकेला थानमा उधौली पर्वको अवसरमा पुजाआरधना गरेर पारुहाङ्ग, सुम्निमालाई आशिर्वाद मागेको यायोखा जिल्ला अध्यक्ष उद्धवमणी राईले वताएका छन् । 


  • Dhankutapress

थप