Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

चलचित्र ‘अभियान’ असोज १० गते राष्ट्रिय नाचघरमा प्रदर्शन हुँदै

प्रिमियस सोमा हजारौं दर्शकको भिड्

  •   ४ वर्ष अघि | ४ असोज २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

काठमाडौं/राष्ट्रिय संगीतकर्मी संघ रसुवाको आयोजनामा दिवंगत बरिष्ठ कलाकार जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’ काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा प्रिमियर गर्ने भएको छ ।

कोशी भिजन फिल्मस इटहरी सुनसरीको ब्यानरमा तयार पारिएको तामाङ ऐतिहासिक कथानक तथा नेपाली भाषाको चलचित्र अभियानलाई यहीँ आउदो असोज १० गते प्रिमियर शो गर्ने तयारी गरेको हो ।

लाखमान योन्जन तामाङको कथा तथा निर्देशनमा निर्माण, मैना घिसिङ निर्माता रहेको उक्त चलचित्रमा दिवंगत कलाकार जयनन्द लामाको साथमा दावा फिन्जो तामाङ, अमर पाख्रिन, श्याम माया तामाङ, रस्मिला वाइबा तामाङ, पुजा मोक्तान तामाङ, गजमसिंह घिसिङ तामाङ लगायत दर्जनौं कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

विशेषगरी नेपालको सन्दर्भमा विभिन्न जातिय सभ्यता र पहिचानको कथा बोकेको चलचित्र कम बने पनि विश्वमा विशेषगरी ऐतिहासिक चलचित्रहरु बढी निर्माण भएको र त्यस्ता ऐतिहासिक चलचित्र व्यावसायिक रुपमा पनि सफल भएको सन्दर्भमा विशेष गरेर तामाङ समुदायको अधिकारको विषयवस्तु कथा बनेको ‘अभियान’ चलचित्रलाई पनि दर्शकहरुले मन पराउनेमा निर्माण पक्ष ढुक्क छन् ।

कोभिड महामारीका कारण थलिएको चलचित्र उद्योगलाई उठाउन विभिन्न विदेशी चलचित्रलाई डबिङ गरेर हलवालाहरुले करोडौं लगानीमा जोखिम मोलिरहेको अवस्थामा ‘अभियान’ चलचित्रले व्यावसायिक फड्को के कति मार्लान त्यो भने हेर्न बाँकी नै रहेको सरोकारवालाहरु बताउँछन् ।

नेपाल एकिरकणको क्रममा आफ्नो अस्तित्व गुमाउनु पुगेका तामाङहरुको अन्तिम राजा ह्रेन्जेन दोर्जेको इतिहास र तामाङहरुको ऐतिहासिक थाकथलो “किपट’ को कथामा आधारित चलचित्र भएकोले सबै जनाले मन पराउने उक्त चलचित्रका नायक दावा फिन्जो तामाङले बताए ।

साथै, उनले इटहरी, तरहरा लगायतका शहरहरुमा प्रिमियर हुदा दर्शकहरुले माया गरेकाले अब काठमाडौं वरिपरीको जिल्लाहरु हुँदै विशेष गरेर धनकुटा लगायत पुर्वको विभिन्न अन्य शहरहरुमा पनि विशेष गरि च्यारिटि शो गर्दै केही समयपछि चलचित्र ‘अभियान’ देशभर प्रदर्शन गर्ने तयारी रहेको फिल्मका निर्देशक लाखमान योन्जन तामाङले जानकारी दिएका छन् ।


  • Dhankutapress

थप