धनकुटा प्रेस सम्वाददाता
धनकुटा/अधिकार प्राप्तीको लागी आदिवासी जनजातिहरु संगठित र एकतावद्ध हुनु पर्ने आजको आवश्याक्ता रहेको मंगलवार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले वताएका छन् । सो
“२८ औं विश्व आदिवासी दिवशको अवसरमा आयोजित “पहिचान, पहुँच प्रतिनिधित्व, समावेशिकरणको लागि आदिवासी जनजाति आन्दोलन !, जाति, भाषा, संस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण !!” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो विचार व्यक्त गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै धनकुटाका आदिवासी जनजातिका अगुवाहरुले पहिचानका मुद्धा, प्रतिनिधित्वको मुद्धा र पहुँचको मुद्धा उठाईरहेको अवस्थामा आदिवासी जनजातिहरु विच एकता र संगठित हुनुको विकल्प नरहेको वताए । कार्यक्रम उनीहरुले पहिचान, प्रतिनिधित्व, पहुँच, मातृभाषा शिक्षा र स्वयत्त क्षेत्रहरुको सवालमा नेपाल सरकारलाई आदिवासी जनजातिहरुले संंविधानमा व्यावस्था भएको अधिकारलाई टेकेर ध्यान आकर्षण गराउँदै जानु पर्नेमा जोड दिए ।
जनजाति विकास समितिका पुर्व कार्यकारी निर्देशक आनन्द सन्तोषी राईलाई सम्मानपत्र प्रदान गर्दै नगर प्रमुख तामाङ ।
उनीहरुले आदिवासी जनजाति आयोग त सरकारले वनाएको छ तर यो आयोग संवैधानिक आयोग नभएको, कानुनी आयोग मात्र भएको दावी गरे । सहभागी वक्ताहरुले अहिले १३÷१४ वटा आयोगहरु छन् तर व्यवहारिक कार्यान्वयन खोई भन्दै सरकारलाई प्रति प्रश्न गरे ।
नेपाल आविासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पुर्व जनजाति विकास समितिका कार्यकारी निर्देशक आनन्द सन्तोषी राई, आदिवासी जनजाति पत्रकार महासं फोनिजका संघिय समिति सदस्य विदुर खवास, प्रदेश नं.१ का अध्यक्ष सन्तवीर लामा, किराँत आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्टवहादुर छोङदेन, तमु ह्युल्ला छोँधी धनकुटाका सचिव गाणेश गुरुङ, किराँत याम्फू समाजका केन्द्रिय सदस्य सुरेश याम्फू, पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, लगायतले आदिवासी जनजातिहरु सुतेर वस्न नहुने आफ्नो अधिकार प्राप्तीको लागी एकतावद्ध भएर अघि वढ्नु पर्नेमा जोड दिए । सो अवसरमा धनकुटामा रहेका एकल जातिय संघ संस्थाहरुले आ–आफ्नो भेषाभुषा सहित धनकुटा वसपार्कमा भेला भएर वजारको विभिन्न भागको परिक्रमा गरेका थिए ।
सो अवसरमा आदिवासी जनजाति महासंघ धनकुटाको पदावधी समाप्त भैसकेकाले नयाँ नेतृत्व समेत चयन गर्ने जिल्ला अध्यक्ष संजय सन्तोषी राईले बताएका छन् । सो अवसरमा उनीहरुले पहिचान, प्रतिनिधित्व, पहुँचको सवालमा मातृभाषा शिक्षा, स्वयत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रलाई संविधानमा व्यावस्था भएनुसार कार्यान्वयन गर्न माग समेत गरेका छन् ।
नगर प्रमुख तामाङद्धारा आदिवासी संस्कृति संग्राहलयको समुद्धघाटन
सो अवसरमा महासंघले आफ्नै भवनमा स्थापना गरेको आदिवासी संस्कृति संग्राहलयको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आदिवासी जनजाति संग्राहलयको समुद्धघाटन गरेका छन् । संग्राहलयमा जिल्ला समन्वय परिषदमा आवद्ध रहेका १५ एकल जातिहरुको आ–आफ्नो भेषाभुषा सहितका मानव निर्मित डमीमा सजाएर राखिएको छ । सो अवसरमा आदिवासी संग्राहलय निर्माणको लागि सहयोग गर्ने दाताहरुलाई विशेष रुपमा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख चिन्तन ,जनजाति विकास समितिका कार्यकारी निर्देशक आनन्द सन्तोषी राई, शेर्पा संघ नगर समितका अध्यक्ष पासाङ शेर्पा, किराँत याम्फु समाजका सुरेश याम्फू स्थानिय पालिकाहरु, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु र व्यक्तिगत रुपमा संग्रालय निर्माण गर्न सहयोग गर्ने दाताहरुलाई समेत दाताहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा महासंघको साविकको पूरानो भवनको सिरान तलामा निर्माण गरिएको संग्राहलय निर्माणका लागि प्रदेश नं.१ सरकारका मुख्य मन्त्री शेरधन राईबाट १० लाख, राजेन्द्र कुमार राईबाट ५ लाख, सुश्री कल्पना लिम्वु छथरजोरपाटी–४ बाट १ लाख, २ हजार, छथरजोरपाटी गाउँपालिका १ लाख, शहिभूमी गाउँपालिका १ लाख, महालक्ष्मी नगरपालिका ९० हजार लगायतका गरी २५ लाख भन्दा वढी सहयोग प्राप्त भएको लिष्ट सार्वजानिक गरिएको थियो ।
- Dhankutapress