Breaking News
राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||     निर्माण व्यवसायी कार्की माथि कालोमोसो दल्नेलाई कार्वाहीको माग    ||     सरकारले कृषिमा लगानी बढाउनु पर्नेमा जोड    ||     संविधान र कानुनका ज्ञाता सुवाचन्द्र नेम्वाङ सधैका लागि अस्ताए    ||     फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले    ||     धनकुटा नगरपालिकाको बिदाई तथा स्वागत कार्यक्रममा ३७ वुँदा लामो सूझाब पत्र पेश    ||     अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु    ||    

अस्ताए तम्बा संस्कृतिका धरोहर तामाङ समाजका अगुवा वुद्धि बहादुर घिसिङ

  •   ८ महिना अघि | २२ चैत्र २०७९, बुधबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

इटहरी/इटहरी उप–महानगरपालिका वडा नं.२० तरहरा स्थित् वुद्धचोकमा घर भएका तामाङ समाजका तम्वा संस्कृतिका धरोहर एवं नेपाल तामाङ घेदुङ सुनसरीका कार्यवाहक अध्यक्ष वुद्धिवहादुर घिसिङ तामाङको ८२ वर्षको उमेरमा ०७९ चैत्र २० गते ९ वजे राती निधन भएको छ ।

उहाँको जन्म वि.सं.१९९८ सालको वैसाख महिनामा तेह्रथुम जिल्लाको आठराइ गाउँपालिका वडा नं.७ चुहाण्डाडामा भएको थियो । स्वर्गिय घिसिङ परिवार सहित वि.सं.२०१८ सालमा आठराई चुहाण्डाडाबाट वसाँई सरेर मधेस झर्ने क्रममा सुनसरीको टप्पु राजावास हुँदै वि.सं.२०२२ साल देखि इटहरी उप–महानगरपालिका वडा नं.२० मा पर्ने वुद्धचोकमा वसोवास गर्दै आएका थिए ।

स्वर्गिय घिसिङले तरहरा स्थित् वुद्ध घोकमा रहेको साङगा छ्योलिङ गुम्वालाई निःशुल्क जग्गा समेत दान गरेका थिए । उनी यस गुम्वाका संस्थापक अध्यक्ष हुन् भने हाल वहालवाला अध्यक्ष भई काम गरिरहेका थिए । साङ्गा छ्योलिङ गुम्बा व्यवस्थापन समितिको अध्यक्षको हैसियतले विभिन्न सामाजिक काममा विशेष गरेर तामाङ समुदाय र वौद्धमार्गी समुदायको लागि विशेष योगदान गदै आएका थिए । उनी वि.सं.२०५४ साल देखि नेपाल तामाङ घेदुङ सुनसरीको जिल्ला कार्य समितिमा आवद्ध भई काम गरेका थिए । यसै क्रममा वि.सं.२०७४ सालमा नेपाल तामाङ सुनसरीको उपाध्यक्ष भएका थिए । पछिल्लो समयमा कार्यवाहक अध्यक्ष भएर सुनसरी जिल्ला घेदुङको नेतृत्व गर्दै आएका थिए ।  

तामाङ समाजको अग्रज ब्याक्तित्व बुद्धि बहादुर घिसिङ तामाङ पन्चायत कालमा मजदुर किसान संगठनको हासपोसा इकाई सभापति हुदै (ने.क.पा) मावोबादी इटहरी उपमहानगर कमिटीको सल्लाहकार थिए । उनी नेकपा माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चामा समेत आबद्ध भएर विगत लामो समय देखि काम गर्दे आएका थिए । स्वर्गिय घिसिङ हँसिलो स्वाभाबको केटाकेटी र बुढापाकाहरुसंग अतिमिलनसार व्यवहार गर्दथे । स्व.घिसिङले तामाङ समाजको रुपान्तरणमा बिशेष योगदान दिनु भएको थियो । संघियता, गणतन्त्र र पहिचानको मुद्धालाई बुलन्द गर्दै कोशी भिजन फिल्म् प्रा.लि.इटहरीले निर्माण गरेको नेपाली कथानक चलचित्र अभियानमा पनि उनले धेरै ठुलो योगदान गरेका थिए ।  । समाजसेबी स्व.घिसिङको ३ छोरा, ३ छोरी ७ नाति, ५ नतिनि रहेका छन् ।   

स्वर्गिय घिसिङले विशेष गरेर तामाङ समाज भित्रको तम्वा दर्शन र संस्कृतिको ज्ञाताको रुपमा जीवनभर गरेको योगदानलाई अहिलेको तामाङ पुस्ताले कहिल्यै भुल्न नहुने नेपाल तामाङ घेद्ङ प्रदेश नं.१ निवर्तमान सह–सचिव एवं युवा व्यवसायी मनि तितुङ तामाङले बताएका छन् । उनले भने–स्व.घिसिङलाई तामाङ जातिको संस्कार र संस्कृतिलाई वचाई राख्ने तम्वा दर्शनको व्यवहारिक प्रयोगशालाको रुपमा लिन सकिन्थ्यो । उनी थप्छन्–जति उनीमा तामाङ संस्कृतिमा ज्ञान थियो, त्यो पछिल्लो पुस्तामा पाइन्दैन । उनले आफ्नो फेसवुक स्टाटसमा भनेका छन्–स्व.घिसिङको ८२ बर्षको उमेरमा  भएको आसामयिक निधनले हामी सम्पुर्ण घेदुङ परिवार मर्माहत भएको छौ । उनको निधनले नेपाल तामाङ घेदुङलाई अपुरणिय क्षति भएको छ । साथै, दिबङ्गत आत्माको चिर शान्तिको कामना गर्दे हार्दिक श्रदान्जली अर्पण गर्दछु–तितुङले भनेका छन् । 


  • Dhnakutapress

थप