Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

पृतनापति उपरथी तामाङद्धारा बक्रकुण्ड मन्दिरको प्रवेशद्धार समुद्धघाटन

विश्वास आस्था यो हो, जुन मन भित्रबाट आउँछ–उपरथी तामाङ

  •   ३ वर्ष अघि | २५ बैशाख २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

हिले/धनकुटा नगरपालिका वडा नं.१ हिलेमा रहेको प्रसिद्ध देवस्थल बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर जाने प्रवेशद्धार नेपाली सेनाले निर्माण कार्य सम्पन्न  गरेको छ । 

हालै निर्माण कार्य सम्पन्न गरिएको वक्रकुण्ड मन्दिर प्रवेशद्धारको पुर्वि पृतना हेड क्वाटर इटहरीका पृतनापति उपरथी आश वहादुर तामाङ (पिएच.डि.) ले एक भव्य समारोहको विच धनकुटाको हिलेमा सोमवार समुद्धघाटन गरेका छन् । 

मन्दिर परिसरमा पुरातात्विक शैलिमा निर्माण गरिएको मूलगेटको समुद्धघाटन गर्दै पुर्वि पृतना हेड क्वाटर इटहरीका पृतनापति उपरथी आश बहादुर तामाङ्ग (पिएच.डी.) ले भने–‘प्रवेशद्धार निर्माणले वक्रकुण्ड मन्दिरको गरीमा र महत्व बढाउने छ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपरथी तामाङले हिलेमा जस्तै कोशी प्रदेशका ६ जिल्लामा सेनाले यस प्रकारको काम गरीरहेको वताए । उनले नेपाली सेना र धनकुटा हिलेका स्थानियवासी विचको सम्वन्ध राम्रो भएकाले गर्दा नै यस्ता लोक कल्याणकारी कामहरु निर्माण गर्न सम्भव भएको  वताए । 

उनले धनकुटा नगरपालिका वडा नं.१ हिलेमा रहेको ऐतिहाशिक, धार्मिक, सास्कृतिक र अध्यात्मिक केन्द्रको प्रवेशद्धारको उद्धघाटन गरेर हस्तान्तरण गर्न पाएको भन्दै सम्पुर्णलाई आभार प्रकट गरे । हिले आफैमा भौगोलक अवस्थिति, भू–बनावट, हावापानीको कारणले पनि छुट्टै महत्व वोकेको स्थान भएको भन्दै पृतनापति उपरथी तामाङले चर्चा गरे । आफूले बक्रकुण्ड मन्दिर दर्शन गरे पछि आफूलाई संसार विश्वासमा अडिएको छ भन्ने लागेको बताउँदै उपरथी तामाङले भने–‘विश्वास आस्था यो हो, जुन मन भित्रबाट आउँछ ।’ उनले भने–‘अहिलेको तनावग्रस्त संसारमा, तनाबग्रस्त मनहरुका लागि यस प्रकारको शारिरिक मात्र हैन मानसिक शान्ति दिलाउनको लागि अध्यात्मिक केन्द्रहरुको जरुरी रहेको छ ।’ 

कार्यक्रमका विशेष अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पृतना पति उपरथी तामाङलाई हिले स्वागत गर्दै भने–‘हिलेमा हामीले कति गर्न सक्यौं, आफ्नो ठाउँमा होला, तर, नेपाली सेनाको श्री नं.२ वाहिनीले मन्दिरको सम्वद्र्धन, प्रवद्र्धन र भौतिक पूर्वाधार निर्माणको लागि ठूलो योगदान गरेको छ ।’–हिलेवासी मात्र हैन, सिङ्गो धनकुटावासीले भुल्न हुदैन–नगर प्रमुख तामाङले थपे । उनले धनकुटाको निशान भगवती मन्दिर १ नंम्वर प्रदेश कै सवै भन्दा राम्रो मन्दिर हो भनेर कहलिएको छ, यो मन्दिर निर्माणमा नेपाली सेनाको ठूलो योगदान रहेको सहभागी माझ स्मरण गराए । नगर प्रमुख तामाङले भने–‘मानिस सामाजिक प्राणी भएकोले यस्ता खाले मठ मन्दिर धार्मिक, सहिष्णुताको नमूना बन्ने गर्दछ र समुदायमा सामाजिक सम्वन्ध पनि वलियो बनाउँछ ।’ 

श्री नम्बर दुइ बाहिनी अड्डा धनकुटा हिलेको बिषेश पहलमा नेपाली सेनाको (कुइक इम्प्याक्ट) सिघ्र प्रभावी योजना अन्तरगत प्रवेशद्धार निर्माण गरिएको हो ।  आ.व ०७९/०८० मा जनश्रमदान वाहेक विनियोजित ९ लाख बजेटबाट प्रवेशद्धार निर्माण गरिएको भिमदल गण सल्लेरी व्यारेक धनकुटाका गणपति सुमन थापाले कार्यक्रममा जानकारी दिए । अत्याधुनिक र पुरातात्विक शैलिमा भक्तपुरवाट कालीगढ झिकाएर प्रवेशद्धार निर्माण गरिएको छ । 

प्रवेशद्धार गत कात्र्तिकमा निर्माण सुरु गरि चैत्र महिनामा निर्माण सम्पन्न गरिएको थियो । प्रवेशद्धार निमार्ण सम्पन्न गर्न स्थानिय तथा विभिन्न संघ सस्था र व्यक्तीहरुले समेत सहयोग गरेको बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङवा तामाङले बताए । 

कार्यक्रममा श्री नम्बर दुइ बाहिनी अड्डा हिलेका बाहिनीपती सहायक रथी महेश कुमार थापा, धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, धनपा वडा नं.१ का वडाध्यक्ष ओङ्गदा थिङ तामाङ,बिभिन्न सुरक्षा निकायका प्रमुख सञ्चारकर्मी तथा स्थानियवासीहरुको उल्लेख्य सहभागीता रहेको थियो । सो अवसरमा पृतनापनि उपरथी तामाङले बक्रकुण्ड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङवा तामाङलाई प्रवेशद्धार निर्माण कार्य सम्पन्न गरिएको प्रमाण पत्र समेत हस्तान्तरण गरेका थिए । 

वि.सं.२०६७ साल साउनमा नागपञ्चमीको दिन उक्त स्थानमा ठुला ठुला नाग देखिए पछि यो मन्दिरको स्थापना गरिएको थियो । यहाँ नाग सहित बिभिन्न १०८ देवताको बास रहेको बिश्वास गरिदै आएको छ । प्रत्येक बर्ष नागपञ्चमीमा यहाँ बिशेष मेला लाग्नुको साथै भजनकृतन (मोलम) पाठहरु हुने गरेको छ । 


  • Dhankutapress

थप