Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

टीका प्रसाद लामीछानेको ‘मोहभङग’ आत्मकथा लोकार्पण

सनातन देखीको हिन्दु, वौद्ध र किराँत धर्म माथि देशी विदेशीहरुको षडयन्त्र भएको दावी

  •   ५ वर्ष अघि | ११ बैशाख २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/ धनकुटामा ‘पुस्तकालय’ का पिता भनेर आफ्नो परिचय वनाउनु सफल गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयका प्रमुख संस्थापक संरक्षक टीका प्रसाद लामिछानेद्धारा लिखित ‘मोहभङग’ आत्मकथाको सनिवार एक समारोहको विच लोकार्पण  गरिएको छ ।

कृति लोकार्पण तथा समिक्षा कार्यक्रममा वोल्ने वक्ताहरुले मान्छेमा जस्तो सुकै संकट आईपरे पनि हरेस नखाई अघि वढ्नु पर्छ भन्ने पाठ लामछिानेद्धारा लिखित ‘मोहभङग’ आत्मकथाले शन्देश दिएको दावी गरेका छन् । साथै, उनीहरुले नेपालमा वैद्धिक सनातन देखी चलिआएको हिन्दु, वौद्ध र किराँत धर्म संस्कार, संस्कृतिलाई सक्नको लागी मुलुकमा देशी विदेशीहरुले ठूलो चलखेल गरिरहेकाले सचेत हुनुपर्नेमा समेत जोड दिएका छन् ।


पुर्विया साहित्यका समालोचक एवं बरिष्ठ साहित्यकार प्रा.डा.टंक प्रसाद न्यौपानेको प्रमुख आतित्थ्यमा लामीछानेद्धारा लिखित ‘मोहभङग’ आत्मकथाको लोकार्पण गरिएको हो । सो अवसरमा पुस्तकको समिक्षा गर्दै कार्यक्रमका विशेष अतिथि एवं साहित्यकार प्रा.डा.बद्री विशाल पोख्रेलले भने–‘धनकुटामा विश्व भाषा सामुदायिक पुस्तकालय स्थापना गरेर ‘पुस्तकालय पिता’ को उपाधि पाइसकेका लामीछानेको गुणिजनले उनको गुणको कदर नगरे कस्ले गर्ने भन्दै सहभागीहरु माँझ प्रश्न गरे ।’ पोख्रेलले उमेरले ८० वर्ष काटि सकेका लामीछानेको कृति ‘मोहभङग’ पढ्नै नपर्ने उहाँको अनुहार गर्दा नै थाहा हुने भन्दै टिप्पणी गरे । साथै उनले लामीछानेको जीवन उस्तै मान्छेले नजिकबाट नियाल्न वुझ्न नपाउने खालको जीवन भएको पनि बताए । पोख्रेलले नेपालीहरुको वैद्धिक सनातन देखी चलिआएको हिन्दु, वौद्ध र किराँत धर्म संस्कार, संस्कृतिलाई सक्नको लागी मुलुकमा देशीविदेसीहरुले निक्कै ठूला ठूला योजनाहरु बनाई रहेको खुलासा गरेका छन् । उनले आगामी दिनमा पनि नेपाली मौलिक संस्कृति माथि निरन्तर अतिक्रमण र थिचोमिचो हुने खतरा उत्तिकै कायम रहेकोले नेपालीहरुले आफ्नो धर्म, भाषा, संस्कार, संस्कृतिलाई जोगाई राख्न सचेत हुनु पर्नेमा जोड दिए ।  


त्यसैगरी अर्का साहित्यकार गंगाधर कट्टेलले ‘मोहभङग’ सात खण्डमा विभाजन रहेको र टिका प्रसाद लामीछानेको जीवन संघर्षका कथा पूर्णरुपमा समेटिएको बताए । उनले मोहभङगमा लामीछानेले प्राचिन धर्मग्रन्थका व्यवहारिक प्रयोगका वारेमा सरल ढंगले व्याख्या गरेको पाइएको बताए । आफूले भोगेको जीवन कथा यतिधेरै कसैले पनि भनेका छैन्न भन्दै कट्टेलले भने–‘लामीछाने भन्नु पर्ने जति सवै भनेका छन् ।’

‘मोहभङग’ कृतिको समिक्षा गर्दै प्राज्ञ हरिहर भण्डारीले विश्वमा आत्मकथाको परम्परा इस्वि सन् ३०० देखी शुरु भए पनि १४ औं शताव्दी देखी विश्व साहित्यमा आत्मकथा लेख्ने प्रचलन व्यापक वढेर गएको वताए । उनले महात्मा गान्धी, रुसो, वि.पि.कोईराला लगायतका आत्माकथा, विश्व प्रसिद्ध आत्मकथा भएको औल्याए । 

टीका प्रसाद लामीछानेद्धारा लेखिएको आत्मकथा राजनितिक, आर्थिक र परिवारिक परिवेशलाई आधार वनाएर ‘मोहभङग’ लेखिएको भण्डारीले औल्याएका छन् । आत्मकथा लेखिएपछि विवाद आएन भने ठिकै हुन्छ तर विवाद आयो भने गाह्रो हुने पनि सुजाए । आत्मकथामा धनकुटाको भिरगाउँ, कुरुलेतेनुपा हुँदै वानरससम्मलाई जोडिएको छ । प्राज्ञ भण्डारीे भने– ‘लामीछानेले लेखेको आत्मकथामा परिवारिक विवाद आउन सक्ने देखिएको छ, आएन भने त्यो राम्रो, आयो भने त्यो सामना गर्नुपर्ने हुन्छ ।’  

गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाले आयोजना गरेको कृति लोकार्पण, कृति समिक्षा तथा काव्य गोष्ठीमा साहित्यकार हरी बराल, कवि टिका आत्रेय, चुङ्गवाङ्ग धनकुटेली कविहरु तुलसा स्वदेशी राई, ठगीन कुमार राई, धनकुटाका युवा कवि मुकुन्द प्रयास, मुन्धुमी कवि केजी सुब्बा, घनश्याम बराल ‘औलाली’  कवयित्री गीता अधिकारी, चुना काफ्ले लगायतले आ–आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रममा सहभागीलाई गार्गचार्य सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाका प्रमुख संस्थापक संरक्षक टीका प्रसाद लामीछानेले धन्यवाद् ज्ञापन गरेका थिए । 

  • dhankutapress

थप