Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तामाङले डम्फू मात्र वजाउँदै, इमान्दारी पुर्वक राज्यसत्ता पनि संचालन गर्छ–समन्वय प्रमुख तामाङ

  •   ४ वर्ष अघि | ९ माघ २०७९, सोमवार


धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले नेपालको राज्यसत्तामा तामाङहरुले कति फुल्न पाएका छन् भन्दै प्रतिनिधित्व र सहभागीताको प्रश्न उठाएका छन् ।   

नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाले धनकुटा नगरपालिका वडा नं.४ मा रहेको ह्रिन्छेन छ्योलिङ गुम्वामा २८५९ ह्योअी ल्हो (विरालो बर्ग) सोनाम ल्होछार नयाँ वर्षको अवसरमा आईतवार आयोजना गरेको शुभकामना आदन–प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख तामाङले यस्तो वताएका हुन् ।

कार्यक्रालाई सम्वोधन गर्दै समन्वय प्रमुख तामाङले भने–नेपालको फुलवारीमा तामाङ जातिहरु कति फुलिरहेका छन्, प्रत्यक्ष रुपमा सवैले देख्नु पर्दछ, अनुभुत गर्नु पर्दछ । उनले हामी तामाङहरु राजनीतिमा कति फुलेका छौं, निजामती सेवामा कति फुलेका छौं र सेना प्रहरीमा कति फुलेका छौं भन्ने कुरा हाम्रो योगदानमा भरपर्ने वताए । जसरी फुलवारीमा विभिन्न प्रजाति फुलहरु फुलेर सुगन्ध दिईरहेका हुन्छन् त्यसरी तामाङ जातिले फुल्न र सुगन्ध दिन पाउनु पर्नेमा प्रमुख तामाङले जोड दिए । उनले यस्तो खाले कार्यक्रमले समुदायमा जागरण ल्याउने वताए । 

त्यसैगरी कायृक्रमका विशिष्ट अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङले घेदुङले संचालन गरेको सांगठानिक सचेतनामुलक अभियानले पछिल्लो समयमा तामाङ जाति पनि क्रमशः राज्यको हरेक क्षेत्रमा पुग्न सफल भएको वताए । प्रमूख तामाङले भने–घेदुङ अझै सक्रिय भएर अघि वढ्नु पर्नु पर्छ । उनले तामाङ जाति आफै पछि परेको जाति नभै राज्यको नीतिको कारण पछि परेको वा पारिएको बताए । 

मुलुकमा लोकतन्त्र गणतन्त्र आए पछि वनेको समावेशी संविधानले गर्दा तामाङ जाति मात्र नभएर सिङ्गो आदिवासी जनजातिहरु राज्यको पहुँचमा पुग्न सफल भएको प्रमख तामाङले दावी गरे । हरेक जातिले सभ्य नागरिकको परिचय दिन शिक्षा क्षेत्रमा जोड गर्न सके राज्यद्धारा पछि पारिएका र विभेदमा परेका समुदाय राज्यको हरेक निकायमा पुग्न सक्ने बताए । नगर प्रमुख तामाङले सोनाम ल्होछार ह्योअी ल्हो (विरालो वर्ष) को अवसरमा सम्पुर्ण नगरवासीहरुमा शुभकामना समेत व्यक्त गरे । 

सो अवसरमा नगर प्रमुख तमाङले जिल्ला सदरमुकाम धनकुटा वजारमा वौद्धमार्गी समुदायको पहलमा निर्माण भैरहेको वौद्धगुम्बाको निरिक्षण समेत गरेका छन् । उनले स्थानिय समुदायको पहलमा गुम्वा निर्माण भैरहेको देख्न पाउँदा आफुलाई खुशि लागेको समेत वताए । उनले गुम्वा निर्माणको कार्य सम्पन्न गर्नको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । गुम्वा वौद्ध धर्मको वास्तु शास्त्र अनुसार निर्माण भैरहेको आफुले पाएको उनले वताए । तामाङले गुम्वा निर्माण वौद्ध मार्गी समुदायलाई मात्र नभएर सिङ्गगो धनकुटालाई धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले वताए । धनकुटाको भोटे चौतारमा निर्माण भै रहेको गुम्वा धनकुटाको गहनाको रुपमा स्थापित हुनेमा आफु विश्वस्त रहेको प्रमुख तामाङले वताए ।

सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष संजय सन्तोषी राईले आदिवासी जनजातिहरुको मौलिक चाडपर्वहरुमा तिन दिनसम्म विदा दिनु पर्ने माग गरे । उनले किराँत जातिको ऐलेदोङ, तामाङ, गुरुङ, शेर्पा र अन्य आदिवासी जनजाति समुदायको मौलिक पर्वहरुको संरक्षण संम्वद्र्धनमा स्थानिय सरकारले लगानी गर्नु पर्नेमा जोड दिए । आदिवासी जनजातिहरुको मौलिक पर्वहरुमा विदा कहिले दिने नदिने गरेको भन्दै त्यसो नगरी राज्यले सवै नागरिकलाई समान व्यवहार गर्न सरकारलाई आग्रह गरे ।

नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका अध्यक्ष कुल वहादुर तितुङ तामाङको अध्यक्षतामा सम्पन्न शुभकामना आदन प्रदान जिल्ला समन्वय समिति धनकुटाका उप–प्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा,धनपा वडा नं.४ का वडाध्यक्ष जम्शेर छाराहाङ्ग, घेदुङका संघिय समिति सदस्य विष्णु मोक्तान, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, शिक्षासेवी कृष्ण ब्लोन तामाङ, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ, उधोग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङ तामाङ, तामाङ घेदुङ धनकुटाका म्हानिपा घेदुङ धनकुटाका उपाध्यक्ष पेमा लामा लगायतले शुभकामना मन्तव्य गरेका थिए । 


सो अवसरमा धनकुटा स्थित् वहुमुखी पाठशालाका कलाकारहरुले तामाङ संस्कृतिमा आधारित डम्फू सेलोमा आधा दर्जन भन्दा वढी नृत्य प्रश्तुत् गरेका थिए । कार्यक्रममा पाठशालाका अध्यक्ष सरोज भुजेल, नृत्य निर्देशक सन्तवीर घिसिङको समेत उपस्थिति रहेको थियो । साथै धनकुटाको उत्तरपानीबाट आउनु भएका डम्फूरेहरु हरिलाल मोक्तान, दिलवहादुर घिसिङ, उत्तरचन्द्र घिसिङ लगायतले डम्फु सेलोमा साङ्ग सेर्गेम गर्नुको साथै आफ्नो प्रश्तुत्ी दिएका थिए । उनीहरुले प्रश्तुतीमा नयाँ वर्षको स्वागत गर्दै विरालो वर्षले सम्पुर्ण पृथ्वीमा रहेको प्राणी जगतको भलाई र शान्तीको कामना समेत गरेका थिए ।

 कार्यक्रममा धनकुटा नगरपालिका भित्रका विभिन्न वडामा वसोवास गर्ने तामाङ दाजु भाई तथा दिदिवहिनीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन नगर घेदुङका सदस्य पेमा लामा तामाङले गरेका थिए । सो अवसरमा धनपा–४ का वडाध्यक्ष जम्शेर छाराहाङ र छथरजोरपाटी गाउँपालिका वडा नं.४ का वडाध्यक्ष टेक वहादुर घिसिङ तामाङलाई नगर घेदुङको तर्फबाट सम्मान गरिएको थियो ।    

  • Dhankutapress

थप