Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

तामाङ कलाकार सङ्घको अध्यक्षमा विशाल काल्तान

  •   ३ वर्ष अघि | २३ भदौ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

काठमाण्डौं/नेपाल तामाङ कलाकार सङ्घको संघीय अध्यक्षमा विशाल काल्तान चुनिएका छन् ।

शनिवार सङ्घको १६ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट अध्यक्ष काल्तानसहित २१ सदस्यीय नयाँ कार्यसमिति चुनिएका हुन् ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा‚ उपाध्यक्षमा सुवास मोक्तान‚ महासचिवमा खेम मोक्तान‚ सचिवमा निर्मला घिसिङ र कोषाध्यक्षमा योगेश लामा सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यहरू बुद्ध लामा‚ रेश्मा बमजन‚ जितु लोप्चन‚ आसमान लोप्चन‚ जीवन बमजन‚ लक्ष्मी स्याङ्तान‚ अन्जु थोकर‚ मीन योन्जन‚ बसन्ती लामा‚ अनिता गोले‚ सुमिना लो‚ मिलन थिङ ‘पराङ’‚ प्रदीप लामा र स्मारिका थिङ तामाङ चयन भएका छन् ।

तामाङ कलाकारहरूको एकता, व्यावसायिकता बनाउने र समग्र तामाङ कलाकारहरूको हकहितको निमित्त २०६२ सालमा दर्ता तामाङ कलकारहरूको अभिन्न अङ्गको रूपमा स्थापित छन् । सङ्घ गठनको मुख्य उद्देश्य तामाङ कलकारलाई व्यवसायीका बनाउने, प्रकाशनमा आएका तामाङ गीतसङ्गीतको सङ्कलन तथा अभिलेखीकरण गर्ने र तामाङ सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने रहेका छन् । यसै अनुरूप गृहकार्य भइरहेका छन् ।

तामाङ गीत सङ्गीतको प्रवर्द्धन, संस्कार संस्कृतिको जगेर्नासँगै समुदायमा आपतविपतको बेला समेत सहयोगी संस्थाको रूपमा कलाकार संघ खडा भएको छ ।

तामाङ कलाकार संघमा करिब ४ सयको हराहरीमा सदस्यहरू आबद्ध रहेका छन् ।

  • Dhankutapress

थप