Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

श्रीकृष्ण जन्मअष्टमीको अवसरमा धनकुटामा विविध कार्यक्रम

मेचु धिमालले नचाईन धनकुटेलीलाई

  •   ४ वर्ष अघि | ४ भदौ २०७९, शनिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/ श्री कृष्ण जन्मष्टमीको अवसरमा त्रिवेणी नाट्य वराह डान्स सेन्टर धनकुटाको आयोजनामा शुक्रवार साँझ विविध कार्यक्रम सम्पन्न गरिएको छ । 

कार्यक्रममा करिव रातको ९.३० वजे स्टेजमा उदाएकी राष्ट्रिय कलाकार मेचु धिमालले १ घण्टा भन्दा वढी धनकुटे दर्शकलाई दर्जनौं गित संगित पस्किएर नचाईन । शुरुमा मेचुले भ्वाईस अफ नेपालमा गाएकी केही गीतहरु गाईन भने पछि आफ्नै श्वरको गितहरु दर्शक माँझ पस्किएर मनोरञ्जन दिलाईन । 

मेचुले आकासैमा चिल होकि वेसारा, दुई दिन माया लाई दिउँ न के छ र ?, कलको पानी कलल, मोति हो कि, मायालुको मुहार झलल, गाग्रीको पानी छल्कियो जवानी, को हो तिमि, को हो म ?, पूर्वकी रानी घुम्न जाउँ रानी जस्ता आधा दर्जन भन्दा वढी गीत संगीत पस्किएकी थिइन । करिव रातको ११ वजेसम्म मेचुले धनकुटा–७ स्थित् त्रिवेणी स्कुलको प्राङ्गगणमा भेला भएका हजारौं दर्शकहरुलाई नचाईन । त्यसैगरी अर्का राष्ट्रिय कलाकार जुनी खालिङले पनि आधा दर्जन भन्दा वढी पुर्वेली लोक भाका पस्केर हजारौ दर्शकलाई मनोरञ्जन दिलाईन । उनले साकेला, झलमल खुल्छ, अँधेरी रात, सम्झना चिनु रुमालै दिए लगायत गीत आएर मनोरञ्जन दिलाएका थिए । 

पुर्वाञ्चल गड ट्यालेण्ट सिजन फोरका उदयमानी गायक चोत्लुङ लिम्वुले पनि आधा दर्जन भन्दा वढी चर्चित गीतहरु गाएर दर्शकलाई नचाएका थिए । त्यसैगरी त्रिवेणी नाट्य वराह डान्स सेन्टरका कलाकारहरु, ट्रिन्स क्रिउ डान्स सेन्टरका स्थानिय कलाकारहरु, स्थानिय कलाकार जितेन राई लगायतले विभिन्न लोक भाकाहरुमा गीत तथा नृत्य प्रश्तुत् गरेका थिए । 

त्रिवेणी साँस्कृतिक समुहका अध्यक्ष ज्ञान वहादुर आठपहरियाको अध्यक्षतमा सम्पन्न विविध साँस्कृतिक कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापा, त्रिवेणी स्कुलका प्रधानाध्यापक दिपक पोख्रेल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । तिन वर्ष यता कोभिडको कारण धनकुटामा श्रीकृष्ण अष्टमीको अवसरमा सांगितिक कार्यक्रमहरु भएको थिएन । तिन वर्ष पछि आयोजना गरिएको सांगितिक कार्यक्रममा हजारौं दर्शकहरुको उपस्थिति रहेको त्रिवेणी नाट्य वराह डान्स सेन्टरकी संचालक युसिन यस्मालीले बताईन ।   

  • Dhankutapress

थप