सन्तवीर लामा
धनकुटा/ महालक्ष्मी नगरपालिका वडा नं ९ गणेशटार स्थित राम माध्यमिक विद्यालयले ६५ औ वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।
विद्यालयले ६५ औ वार्षिक उत्सवको अवसरमा भवन उद्धघाटन, छात्रावृति वितरण लोकर्नत्य, हाजिरी जवाफ लगायतको विविध कार्यक्रमहरु विहिवार सम्पन्न गरेको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि संघिय संसद राजेन्द्र कुमार राईले विद्यालयको नव निर्मित २ तले पक्कि भवनको समुद्धघाटन गरेका छन् । नवनिर्मित विद्यालय भवनको उद्द्याटन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघिय संसद राजेन्द्र कुमार राईले शिक्षालाई व्यवसायिक बनाउन जरुरी रहेकोले जनशक्ति उत्पादनको क्षेत्रमा सरकार लगातर अघि बढिरहेको बताए ।
शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा जनशक्तिको अभावमा विकास निमार्णको काम समयमा सम्पन्न गर्न नसकिएको राईको तर्क थियो । संसद राईले लोकतन्त्रलाई व्यवस्थित गर्न नेकपा एमालेले चाहिरहेको भन्दै काङग्रेस र माओवदीले हैकम वाद र भाडभैलोतिर लागेको आरोप लगाए । उनले अहिलेको गठबन्धन सरकार लाचार र नामार्द भएको भन्दै जनताको पक्षमा केहिकाम गर्न नसकेको ठोकुवा गरे ।
सो अवसरमा प्रदेश संसद ईन्द्रमणी पराजुलीले नेकपा एमाले पार्टीबाट निवार्चित जनप्रतिनिधिहरुबाट ईतिहासमा कहिल्यै नभएको काम गर्न सफल भएको दावी गरे । पूर्ण योगदान गर्न र साझा प्रयास गर्न जरुरीरहेको भन्दै उनले यो मुलुकको परिवर्तन गनर्का लागि साच्चै सुखी नेपाली समृद्ध नेपाल बनाउन लाग्यो भने मात्र हामिले चाहेको समृद्धि हासिल हुने बताए । शिक्षा क्षेत्र सबै अभियानको अगुवाई गर्ने क्षेत्र भएकाले शिक्षा क्षेत्रको गुणस्तरीतामा ध्यानदिन आवाश्यक रहेको पराजुलीले औल्याए ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान, शिक्षा विकास समन्वय समितिका प्रमुख मोहन राइर्, नगर प्रमुख पर्शुराम नेपाल लगायतले विद्यालयको उत्तरोत्तर प्रगती र सफलताको लागी शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका उत्कृष्ट नतिजा ल्याउने, जेहेन्दार, मेहनती कक्षा ८ देखि १२ सम्मका विद्यार्थिहरुलाई विद्यालयमा स्थापना गरिएको देविदत्त काफ्ले अक्षयकोषबाट छात्रावृद्धि वितरण गरिएको थियो । विद्यालयको कक्षा ११ र १२ का २÷२ जना छात्रछात्रालाई जनही २५ सय, कक्षा १० का दुईजना छात्रछात्रालाई जनहि २ हजार र कक्ष ८ का दुईजना छात्रछात्रालाई जनही १५ सयका दरले छात्रावृति वितरण गरिएको थियो ।
सोहि अवसरमा विद्यालयले सञ्चालन गरेको लोकनृत्य प्रतियोगितामा सिंहदेवि मावि ७७ अंक प्राप्त गरेर प्रथम, जनता मावि ७६ अकं प्राप्त गरेर दोस्रो, राम माविले ७५ अंक प्राप्त गरेर तेश्रो स्थानमा विजय हाशिल गरेका थिए । त्यसैगरी मुर्ति महेश्वर माविले ६४ अंक प्राप्त गरेर चौथो स्थानमा चित्त वुझाएको थियो । नृत्य तथा हाजिरी जवाफ प्रतियोगितामा सहभागी छात्रछात्राहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक एनासिहं अधिकारीले वार्षिक प्रगति तथा कार्ययोजना प्रस्तुत गरेका थिए ।
- selokhabar