Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

हिलेको बक्रकुण्ड मन्दिर जाने प्रवेशद्धार नेपाली सेनाले निर्माण गर्ने

  •   ४ वर्ष अघि | ३ कार्तिक २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिका वडा नं.१ हिलेमा रहेको प्रसिद्ध देवस्थल बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर जाने प्रवेशद्धार नेपाली सेनाले निर्माण गर्ने भएको छ । 

प्रवेशद्धार श्री नं.२ वाहिनी अड्डा हिले अन्तर्गत धनकुटामा रहेको भीमदल गणले नेपाली सेनाको कुइक इम्प्याक्ट परियोजना अन्तर्गत निर्माण गर्न लागेको हो । अत्याधुनिक शैलीमा निर्माण हुने प्रवेशद्धारको वुधवार भीम दल गण धनकुटा सल्लेरीका गणपति प्रमुख सेनानी सुमन थापाले एक समारोहको विच शिलान्यास गरेका छन् । 

शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख सेनानी थापाले नेपाली सेनाको कुईक इम्प्याक्ट परियोजनाको १० लाख रुपयाँको लागतमा प्रवेशद्धार निर्माण गर्न लागिएको वताए । उनले विनियोजित वजेटले अपुग भएको खण्डमा बक्रकुण्ड मन्दिर व्यवस्थापनको समितिका उपभोक्ताबाट जनसहभागीता जुटाएर प्रवेशद्धार निर्माण कार्य सम्पन्न गरिने स्पष्ट पारेका छन् । प्रमुख सेनानी थापाले नेपाली सेनाले १० वर्ष अघि देखि शुरु गरेको परियोजना अन्तर्गतको कुईक इम्प्याक्ट परियोजना हाल कार्यान्वयनमा रहेको वताएका छन् । 

उनले धनकुटामा भीमदल गण आएपछि धनकुटा वजारमा १८ औं शताब्दीमा स्थापना भएको निशान मन्दिरमा २ सय वर्ष पूरानो ढुङ्गेधारा स्थापना गर्ने कार्य सम्पन्न गरेको वताए । साथै उनले ऐतिहाशिक काल देखि निशान मन्दिरमा रहेको तोप यो वर्ष घटस्थापनाको अवसर पारेर निशानमा यो वर्ष भीमदल गणले पुनःस्थापना गरेको बताए । 

निशान मन्दिरमा रहेको तोप ०३४ साल देखि नेपाली सेनाले आफ्नो नियन्त्रणमा राखेको थियो । भिमदल गण धनकुटामा आएपछि यस वर्ष वडादशैको अवसर पारेर पुनःनिशान मन्दिरमै तोप स्थापना गरिएको प्रमुख सेनानी थापाले स्पष्ट पारेका छन् । नेपाली सेनाले विगत लामो समय देखि धार्मिक, ऐतिहाशिक एवं साँस्कृतिक पाटोमा काम गरिरहेको छ । 

प्रवेशद्धार सिलान्यास कार्यक्रममा भीदल गण धनकुटाका सेनानी पुर्ण प्रजापति,धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष ओङ्गद थिङ तामाङ, वक्रकुण्ड मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङ, सचिव दिपक घिमिरे लगायत स्थानिय भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

  • Dhankutapress

थप