Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटाको निशान मन्दिरमा २ सय वर्ष पुरानो ढुङ्गेधारा राख्ने तयारी

तिन पल्टनको छुट्टा छुट्टै धारा

  •   ४ वर्ष अघि | ३१ भदौ २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटाको ऐतिहाशिक निशान भगवतीको मन्दिर परिसरमा २ सय वर्ष पूरानो ढुङ्गेधारा राख्ने तयारी भैेरहेको छ । 

२ सय ४७ वर्ष पहिले स्थापना गरिएको निशान भगवतीको मन्दिर परिसरको भित्री भागमा त्यहाँ रहेको तिन वटा पल्टनको लागि पनि छुट्टाछुट्टै ढुङ्गे धारा स्थापना गर्ने तयारी भैरहेको मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन गोठालेले बताए । निर्माण गर्न लागिएको ३ वटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको मुलगेट भन्दा भित्र रहने छ । मुख्य गरेर त्यहाँ रहेको जंङ्गी निशान गण, श्रीजंग गण र इन्द्रध्वोज गणको निशानको नाममा छुट्टाछुट्टै ढुङ्गेधारा निर्माण गर्न लागिएको हो । मन्दिरको मुलगेट नजिकै सडक पटि फर्काएर २ सय वर्ष पूरानो ढुङ्गे हिटी धारा स्थापना गर्ने योजना रहेको महासचिव गोठालेले बताएका छन् ।

उक्त धारा वि.सं.०५२ सालमा धनकुटा हिले लोकमार्ग निर्माण गर्ने क्रमममा धनुकटाको जिरोपोइन्टमा रहेको ओडार भेटिएको थियो । उक्त ओडार भित्र भेटिएको २ वर्ष पूरानो धारा अहिले निशान मिन्दरमा राख्न लागिएको हो । उबेला उक्त धारा संरक्षण र सुरक्षाको कारणले तत्कालिन क्षेत्रिय संग्राहलय हालको प्रदेश संग्राहलय धनकुटामा राखिएको थियो । पुरातात्विक विभागले उबेला धनकुटा–७ जिरोपोइन्टमा भेटिएको ढुङ्गेधारा २ सय वर्ष भन्दा पनि पूरानो रहेको प्रदेश संग्राहलयका प्रमुख रामचन्द्र अधिकारीले बताए । 

निशन मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन गोठालेले धनकुटा–६ मा रहेको दक्षिणकाली र निशान भगवती मन्दिरलाई विचमा पारेर जल चढाउनको लागी आदिमकालमा धनपा–७ जिरोपोइन्टमा तत्कालिन समयमा मन्दिरका भक्तहरुले ढुङ्गे हिटि धारा स्थापना गरेको हुन सक्ने बताएका छन् । गोठालेले ढुङ्गेधाराको सम्वन्ध निशान मन्दिर र दक्षिणकाली मन्दिरसंग जोडिएको दावी गरेका छन् । अबको ६ महिना भित्रमा धारा संचालनमा आउने छ र उक्त धारा सर्वसाधरणको लागि निशान मन्दिरको वाहिरी भागमा खुल्ला गरिनेछ ।

नेपाली सेनाको भिमदल गण सल्लेरी धनकुटाले विहिवार देखि मन्दिरमा काम थालेको छ । मन्दिरको भित्र ३ वटा र वाहिर १ वटा गरि ४ वटा ढुङ्गेधाराको स्थापनाको लागि सेनाले काम शुरु गरेको हो । गणका गणपति प्रमुख सेनानी सुमन थापाले आगामी ६ महिना भित्रमा निशान मन्दिरको नयाँ प्रवेशद्धार र ४ वटा हिटी ढुङ्गेधाराको स्थापना गर्ने बताएका छन् । निशान मिन्दर व्यवस्थापन समितिको संरक्षक समेत रहेका उनले हाल रहेको प्रवेशद्धारलाई भत्काएर भित्र रहेको निशान मन्दिरको शैलीमा नयाँ प्रवेशद्धार निर्माण गरिने बताए । जस्का लागि सेनाले वुधवार देखि काम थालि सकेको प्रमुख सेनानी थापाले बताए ।  


  • Dhankuta press

थप