धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/धनकुटा वजारमा पहिलो पटक श्रावण महिनाको तेश्रो सोमवार पारेर स्थानिय भक्तजनहरुले जल चढाउने बोलवम पर्व मनाएका छन् ।
जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका वडा नं.६ को आयोजनामा प्रदेश नं.१ कै सुप्रसिद्ध निशान भगवतीको मन्दिर देखि सरस्वती मन्दिर सल्लेरीमा नवनिर्मित पशुपतिनाथको मिन्दरमा उनीहरुले जल चढाएका हुन् । जेष्ठनागरिक संघ धनकुाटका अध्यक्ष मानवहादुर पराजुलीले पहिले पहिले धनकुटाबाट जल चढाउन धनकुटा देखी विश्रान्ती मन्दिरसम्म जाने गरेको बताए । यस पटक भने पहिलो पटक धनकुटा वजारमा जल चढाउने वोलवम आयोजना गरिएको हो । शिवजीलाई चिसो जल चढाउँदा चिताएको पुग्छ भन्ने जनविश्वास रहेकाले भक्तजनले जल चढाउने गरेको उनले वताए । जल चढाउनको लागि जेष्ठनागरीक, यूवा, महिला, पुरुष आदि भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
धनपा–६ का वडाध्यक्ष मिलन नेवाःखड्गीले वडा भित्र धेरै धार्मिक स्थलहरु रहेको र संरक्षण लागि आफू लागि परेको वताए । उनले स्थानिय समाज सेवी एवं धनकुटा क्याम्पसका पूर्व प्राध्यापक ठाकुर बरालको पहलमा सल्लेरीमा नयाँ सरस्वती मन्दिर निर्माण गरेको वताए । उनले सरस्वतीको मन्दिर बनाउन प्रदेश सरकारले आ.व.०७९÷०८० मा १० लाख रुपयाँ सहयोग गरेको बताए । उनले भने–‘प्राध्यापक बरालले सरस्ती मिन्दर र आसपासको क्षेत्रमा पशुपतिनाथको मन्दिर, जल चढाउने शिव लिङ्ग, महेन्द्रपार्क सिगार्ने आदि काममा ठूलो योगदान गरेका छन् ।’
धनपा–६ कचिडेका पण्डित माधव प्रसाद बरालले धनकुटामा पहिलो पटक श्रावणको सोमवार पारेर शिवजीलाई जल चढाउन बोलवम कार्यक्रम आयोजना गरेको वताए । त्यसो त धनपा–५ बालमन्दिरका पण्डित सालिग्राम मिश्रले श्रावण महिनाको सोमवार शिवजीलाई जल चढाउँदा महत्व यसरी दर्साए । मिश्रले भने–‘देवता र दानवहरुको समून्द्र मनथन हुँदा खेरी धेरै धेरै रत्न,मणी,घोडा, गाई जस्ता अनेक थोक निस्किएको र देवताहरुले नै मागेर लगेका थिए ।’
त्यसै विचमा एउटा हलाहल भन्ने विषले संसारनै नष्ट गर्न लाग्यो । त्यसो हुन थाले पछि यो विषपान कस्ले गर्ने विषयमा सवैजना भोलेबाबाको शरणमा गए । त्यो बेला भोलेबाबाले भने–‘सम्पूर्ण प्राणीहरुको कल्याण र रक्षा हुन्छ भने विषपान म गरि दिन्छु ।’ त्यस पछि उनले हलाहल विषपान गरि दिए । भोलेबाबाले विषपान गर्दा घाँटीमा गएर वस्यो, घाँटी निलो भयो, धेरै पोल्यो र धेरै पिडा भयो । त्यो बेला उनको नाम सवैले निलकण्ठ राखे ।
ओकल्न खोज्दा गोसाईकुण्डमा गएर जल निकाले, अलिक शान्त, सितल भयो । विषले पोलिरहेको बेला सर्पको माला लगाई दिए । किनभने सर्प धेरै चिसो हुन्छ । जस्ले गर्दा भोलेबाबा शिवजलाई शान्ती मिल्यो र अहिले पनि सर्पको माला लगाई रहेको छन् । यसरी श्रावण महिनामा भगवान शिवलाई जल चढाउँदा इच्छानुसारको बर पाईन्छ भन्ने जनविश्वास रहेको छ ।
अन्य तस्विरहरु :




- Dhankutapress