Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

ह्रिन्छेन छ्योलिङ गुम्वाका अध्यक्ष एवं मुख्य व्यवस्थापकलाई भव्य विदाई

  •   ३ वर्ष अघि | २६ भदौ २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता

भोटेचौतारा/धनकुटा नगरपालिका–४ भोटेचौतारामा रहेको श्री ह्रिन्छेन छ्योलिङ गुम्वाका अध्यक्ष राधा देवी घिसिङ तामाङ र मुख्य व्यावस्थापक इमान सिं वाईवा तामाङलाई वुधवार देखि शुरु हुने सफल वेलायत (यूके) भ्रमणको लागि शुभकामना एवं विदाई कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

गुम्वा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नरेश पाख्रीन तामाङको अध्यक्षतामा सम्पन्न भएको वधाई एवं शुभकामना साथै विदाई कार्यक्रममा गुम्वाको तर्फबाट सल्लाहकार कुलवहादुर तितुङ, खाईबा तेन्जिङ लामा, सचिव सन्तवीर मोक्तान, कोषाध्यक्ष निमडोमा तामाङ, वरिष्ठ सदस्य नेत्रकुमारी मोक्तान तामाङ लगायतले खदा माला लगाएर विदाई गरेका थिए । सो अवसरमा कार्यवाहक अध्यक्ष नरेश पाख्रीनलाई अध्यक्ष राधा देवी घिसिङले माईन्यूट हस्तान्तरण गरेका थिए । विदाई कार्यक्रममा गुम्वा समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो । 

गुम्वामा फिनिसिङ गर्ने र वुट्टा हान्ने काम भैरहेको तर वजेटको अभावले द्रुत गतिमा काम अघि वढ्न नसकिरहेको अवस्थामा आर्थिक सहयोग संकलन कार्यलाई तिव्रता दिइएको गुम्वा समितिका कोषाध्यक्ष निमडोमा तामाङले बताईन । उनले गुम्वाको लागि यो आर्थिक वर्षमा हालसम्म १ पैसा पनि वजेट काँही कतैवाट नआएकाले निर्माण कार्य अघि वढाउन समश्या भएको वताईन ।

गुम्वा निर्माणको क्रममा हालसम्म ७० लाख रुपयाँ खर्च भैसकेको छ भने अझै १ करोड रुपयाँ लाग्ने गुम्वाका मुख्य व्यवस्थापक इमानसिं वाईवाले वताएका छन् । उनले गुम्वा निर्माण कार्य सम्पन्न गर्न तिनै तहको सरकारहरु, सम्पूर्ण गुम्वाका आजिवन सदस्य, पदाधिकारी, एवं गुम्वाका सम्पूर्ण सदस्यहरुलाई आर्थिक, भौतिक एवं नैतिक सहयोगको लागि अपील गरेका छन् । 


  • Dhankutapress

थप