धनकुटा प्रेस सम्वाददाता
बेलहरा/अर्गानिक खेती गरेर गुणस्तरिय उत्पादन दिने सक्ने किसानको भविश्य उज्यालो रहेको सोमवार यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् ।
धनकुटा नगरपालिकाको वडा नं.९ वेलहरामा तरकारी वजार संचालन कार्यविधि निर्माण सम्वन्धि सरोकारवालाहरुसंगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएर वोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
जलपा देवी कृषि सहकारी संस्था लि. धनकुटा न.पा. वडा नं.९ वेलहराको आयोजना र नेपाल कृषि वजार विकास कार्यक्रम (सहज) नेपाल विराटनगरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले दैनिक कृषि उपभोग्य खाद्य वस्तुहरुमा विषादी प्रयोग अत्याधिक भएको भन्दै अर्गानिक खेति र गुणस्तरिय उत्पादनमा उनीहरुले जोड दिएका हुन् ।
छलफल तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका उप–प्रमुख भीमा देवी खनालले अर्गानिक खेति गरेर गुणस्तरिय तरकारी उत्पादन गर्न सके किसानले राम्रोसंग आम्दामी गर्न सक्ने वताए । उप प्रमुख खनालले भनिन्–‘जस्ले अर्गानिक कृषि उपजका खाद्य वस्तुहरु उत्पादन गर्न सक्छन् उनीहरुको भविश्य उज्यालो हुन्छ ।’ पछिल्लो समयमा कृषि उपजका हरेक उत्पादनमा किसानहरुले रासयनिक मल र विषादीको अत्याधिक प्रयोग गर्न थालेका मानव स्वास्थ्यमा समश्या उत्पन्न हुने गरेको वताए ।
धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर थापाले अर्गानिक खेति गर्ने किसानहरुलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम आवश्याक रहेको औल्याए । उनले भने–‘किसानहरुलाई रासयनिक मल र विषादी प्रयोगका कारण उत्पन्न हुने स्वास्थ्य समश्याको वारेमा सचेतना जगाउन आवश्याक रहेको छ ।’
प्रकृति मानव केन्द्रित जन अभियानका केन्द्रिय कोषाध्यक्ष माया केसीले अर्गानिक तरकारी खेती गर्ने किसानको जीवन स्तर सजिलै उक्सिने वताइन । उनले भनिन्–किसान भनेको महान हुन्, आमा भन्दा पनि ठूला हुन्, पृथ्वी, माटोसंग मिल्ने मान्छे हुन्, यिनलाई सम्मान गर्न नयाँ नयाँ स्थानिय सरकारले कार्यक्रम ल्याउनु पर्छ ।‘ ‘किसानलाई खुशि पार्न सके विषादी र रासयनिक मलको प्रयोग घटाए धनकुटाको वेलहरामा खोलिएको तरकारी वजारको उज्वल भविश्य छ’–केसीले थपिन् ।
कार्यक्रममा समृद्धि परियोजनाका वजार परामर्शदाता संजीव कुमार श्रेष्ठले वजार विकास रणनीति र सरोकारवालाहरुको भूमिका, कार्यविधि निर्माणको उदेश्य, वजारलाई कसरी प्रतिष्पर्धी वनाउने आदिको वारेमा सहजीकरण गरेका थिए । त्यसैगरी श्रेष्ठले वेलहरा क्लष्टरमा कृषिका मुख्य समश्या र चुनौती के छन् ?, स्थानिय सरकारको भूमिका, कृषि वजारको दिगो व्यवस्थापन र संचालनमा विभिन्न सरकोकारवाला निकायहरुको भूमिकाका वारेमा सहजीकरण गरेका थिए । उनले कृषि वजारको सामुहिक वजारिकरणको महत्व र औचित्य प्रकास पार्दै स्थानिय सरकारले तरकारीकमा उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याउन पनि सुझाव दिएका छन् ।
त्यसैगरी धनकुटा नगरपालिका वडा नं.९ का वडाध्यक्ष एवं जलपा देवी सहकारी संस्था लिमिटेडका सचिव टंक रोइलाले व्यवस्थित्, लाभमुलक र दिगो वजारिकरणका लागि ग्रामिण स्तरको तरकारी अक्सन वजार स्थापना तथा संचालन कार्यविधि माथि छलफल तथा अन्तरक्रिया गरेपछि सरोकारवालालाई स्पष्ट हुने आशा व्यक्त गरे । उनले वजार संचालन गर्नको लागि कार्यविधि आवश्याक्ता परेकाले सहज नेपालले परामर्शदाता मार्फत सहयोग गरिरहेको वताए । वडाध्यक्ष रोईलाले छलफलले वजार संचालनको लागि ऐन, कानुन् र कार्यविधि वनाउन सहज होस भन्ने सहकारीको मुख्य चाहाना रहेको वताए ।
वजार संचालनको लागि हालसम्म कार्यलय व्यवस्थापन गर्ने क्रममा कम्युटर, इन्टरनेट राख्ने कार्य सम्पन्न भै सकेको वताए । उनले तरकारी व्यवसायीहरुलाई धरान, विर्तामोडको वजारको अवस्थाका वारेमा अवलोकन भ्रमण र वजारिकण सम्वन्धि ६ वटा तालिम सम्पन्न गरिएको वताए । वजारलाई सहि ढंगले व्यवस्थापन गर्नको लागि ५ जना सहजकर्ता समेत नियुक्त गरिएको वडाध्यक्ष एवं सहकारी सचिव रोईलाले वताए ।
जालपा देवी कृषि सहकारी संस्थाद्धारा संचालित कृषि वजार संचालक समितिका सचिव धनजय चापागाँईले ०७९ श्रावण ४ गते देखि धनकुटा नगरपालिकाको वडा नं.९ वेलहरामा तरकारी वजार संचालनमा ल्याएको वताए । सहकारीको ५ सय ७७ सदस्य मध्ये ३ सय जना सदस्यहरुलाई वजार संचालनको लागि पासवुक वितरण गरिएको सचिव चापागाँईले बताए । उनले वजारमा तरकारी अभाव हुन नदिन कृषकहरुलाई जिम्मेवार वनाउनको लागि कार्यालय स्थापना गरेर व्यववस्त् िगरेर संचालन गर्न पास वुक वितरण गरिएको वताए । सचिव चापागाँईले भने–’वेलहरामा पानीको अभाव छ, प्रत्येक किसानको घरमा प्लाष्टिक पोखरी निर्माणको लागि नगरपालिकालाई अनुरोध गर्छु ।’
जलपा देवी कृषि सहकारी संस्था लि. धनकुटा न.पा. वडा नं.९ वेलहराका अध्यक्ष बीर वहदुर वस्नेतको अध्यक्षतमा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.४ का वडाध्यक्ष जम्सेर छाराहाङ्ग आठपहरिया, जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी, गह्रै सरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीन प्रसाद सुवेदी, धरान कृषि वजारका व्यवस्थापक लक्ष्मण भट्टराई लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
- Dhankutapress