Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

युवा नेतृत्व छनौटमा नेकपा एमाले, सुनसरीबाट उद्यमी कार्की सिफारिस

  •   ४ वर्ष अघि | १९ भदौ २०७९, आइतवार

धनकुटा प्रेस सम्वाददाता

सुप्रिया राई 

इटहरी/नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ढिलै भए पनि जनभावनाको कदर गर्दै गाउँ, सहर र बस्तिबाट युवा नेताहरुलाई अगाडि सार्ने रणनीति लिएको छ । 

आसन्न मंसिर ४ को संघीय तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरीको क्षेत्र नं. ३ (क) बाट सञ्चार उद्यमी, सामा जिक अभियन्ता विष्णु (समिर) कार्कीको नाम सिफारिस भएको छ ।

त्यसो त सिनेमाको अध्ययन गरेर हिरो बन्ने सोख पालेका कार्की सानै उमेरदेखि सामाजिक अभियान अन्तर्गत युवा लक्षित एरिना टेलिभिजनमार्फत सञ्चार क्षेत्रमा हाम फालेको हुन् । उनले त्यसबेला कान्छो युवा सञ्चार उद्यमीको नामले परिचित पनि भएका हुन् । 

युवाहरुको नेतृत्व विकास, प्रतिभा प्रस्फुटनमा समेत उत्तिकै योगदान दिँदै आएका कार्की राजधानी सरोकार समाजका सहसंयोजक भएर इटहरीमा प्रदेशको राजधानी बनाउने अभियानमा पनि जुटेका हुन् । 

कार्कीले शिक्षा क्षेत्रको बेहत्तर विकासमा उत्तिकै चनाखो हुँदै सञ्चारकै क्षेत्रबाट विभिन्न गतिविधि गर्दै आएका छन् । प्रतिभा बोकेका तर प्लेटफर्म नपाएका विभिन्न विद्यालयका नानीहरुको प्रतिभा जनमानसमा ल्याउन टेलिभिजनको स्टेज उपलब्ध गराउनेदेखि रियालिटी शोमार्फत उनीहरुको प्रतिभा प्रस्फुटनमा योगदान पु¥याएका हुन् । खेलकुदको क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिँदै इटहरी खेलकुद फाउण्डेशनको माध्यमबाट योगदान दिँदै आएका हुन् । रात्रिकालिन क्रिकेट र फुटबल प्रतियोगिताको आयोजना गरेर सुनसरीमा छुट्टै पहिचान कायम गरेका व्यक्तित्व हुन् । सो सिफारिसमा लिलम बस्नेत र रोहित बहादुर कार्कीलाई समेत सिफारिस गरिएको संयोजक उमेश पौडेलले बताए ।


  • Dhankutapress

थप