Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

स्थानीय तहको निर्वाचनको लागि धनकुटामा सम्पुर्ण तयारी पुरा

  •   ४ वर्ष अघि | २९ बैशाख २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/बैसाख ३० शुक्रवार हुने स्थानीय तहको निर्वाचनको लागि धनकुटामा आवश्यक तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।  

          तीन नगरपालिका र ४ गाउपालिका रहेको धनकुटा जिल्लामा निर्वाचनको लागि खटाईएको मतदान अधिकृत र सहायक मतदान अधिकृतहरु लगायतका कर्मचारी र सुरक्षाकर्मीहरु पुगेर काम सुरु गरिसकेको कार्यालयले जनाएको हो । जिल्लाका विभिन्न पालिकाको मतदान केन्द्रहरुमा खटिने कर्मचारी मतपत्र र निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेर भोलि हुने मतदानका लागि नयाँ मतदाताहरुको मतदाता परिचयपत्र वितरणका साथै मतदाताहरुलाई व्यवस्थित गर्न लाईनमा राख्ने ठाउँको व्यवस्थापनमा खटिएको कार्यालयले जनाएको छ ।


त्यसैगरी जिल्ला सुरक्षा समितिले जिल्लाका विभन्नि मतदान स्थलहरुमा पुगेर त्यहाँको आवश्यक तयारी सम्बन्धी जानकारी लिदै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाएको जनाएको छ । निर्वाचनका लागि जिल्लाका १ सय १८ मतदान स्थलको १ सय ५९ मतदान केन्द्रमा ७ सय ७७ जना कर्मचारी खटिएका छन् । जिल्लामा १ लाख  १५ हजार ९ सय ६४ मतदाता छन् । निर्वाचनको सुरक्षा मजबुद र प्रभावकारी बनाउन ८ सय ५७ म्यादी प्रहरी, ४ सय ८९ जना नेपाल प्रहरी, २ सय ८ जना सशस्त्र प्रहरी र ४ सय ८६ जना नेपाली सेना परिचालन  गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । 


मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरीका साथै म्यादी प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन् । मतदाताको चापदेखि विगतका घटनासम्मलाई हेरेर धनकुटामा अति संवेदनशील केन्द्रहरु चयन भएका छन् । निर्वाचन आयोगले तयार पारेको १ सय १८ मतदान स्थल र १ सय ५९ मतदान केन्द्रमध्ये निर्वाचनमा सुरक्षा दृष्टिले १५ वटा मतदान स्थललाई अति संवेदनशील, ४९ वटा मतदान स्थललाई संवेदनशील र ५४ वटा मतदानस्थल सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


भौगोलिक विकटता, सडक सञ्जाल नपुगेको स्थान, बेलाबेलामा झै झगडा तथा बदमासी हुने ठाउँ, विभिन्न जातजातिको बसोवास भएको लगायतका आधारमा मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको हो । अति संवेदनशील मानिएको स्थानमा निर्वाचन विरोधी गतिविधि हुन नदिन थप सुरक्षाकर्मी खटाइने धनकुटाका प्रहरी उपरीक्षक एसपी लक्ष्मीराज अधिकारीले बताए । अति संवेदनशील भनिएका ठाउँमा आवश्यकता अनुसार ११ जनाभन्दा धेरै सुरक्षाकर्मीहरू खटाइने एसपी अधिकारीले बताए । 

  • Dhankutapress

थप