Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

शहिदभूमीमा कांग्रेसको पालिका सदस्य माईकल किराँतीको अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धवार

  •   ५ वर्ष अघि | १५ बैशाख २०७९, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा / आसन्न वैसाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस सहदिभूमी गाउँपालिकाका सदस्य माईकल राईले अध्यक्ष पदका लागी स्वतन्त्र उम्मेद्धारी दिएको बताएका छन् ।

पार्टीले गाउँपालिकाको अध्यक्ष पदमा पालिकावासी जनताले नरुचाएको मान्छेलाई उम्मेद्धारी दिएकाले आफूले स्वतन्त्रबाट भए पनि उम्मेद्धारी दिएको दावी माईकल किराँतीको छ । उनले उम्मेद्धार फिर्ता गर्न पटक÷पटक दवाव् दिए पनि कुनै पनि हालतमा अध्यक्ष पदको उम्मेद्धारी फिर्ता नलिने घोषणा गरेका छन् । उनले जति भोट आए पनि जनताको अभिमतको लागी ढ्वाङ्ग थापेरै छाड्ने बताएका छन् । उनले पार्टीले उम्मेद्धार छनौट गर्दा मनोमानी गरेकोले आफूले वाध्य भएर  स्वतन्त्रबाट भए पनि उम्मेद्धारी दिनु परेको जिकिर गरेका छन् । 

यता संयुक्त लोकतान्त्रिक गठबन्धनको नाममा सहिदभूमी गाउँपालिकामा अध्यक्ष पदका लागी माओवादीको भरतसिंह राई र उपाध्यक्षमा नेपाली कांग्रेसका तोर्ण खड्काले उम्मेद्धारी दिएका छन् । वडा तहमा भने जनता समाजवादी पार्टीले पनि विभिन्न पदमा गठवन्धनकै तर्फबाट उम्मेद्धार दिएको जिल्ला अध्यक्ष बल वहादुर राईले बताएका छन् ।

नेकपा एमालेको तर्फबाट भने पुनः एमालेबाट ०७४ को स्थानिय तहको निर्वाचनमा निर्वाचित निवर्तमान अध्यक्ष मनोज राई र उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष रत्नश्वरी राईले उम्मेद्धारी दिएका छन् । एमालेका अध्यक्ष पदका उम्ेमद्धार निवर्तमान अध्यक्ष मनोज राईले आफ्नो पार्टीले ०७४ को साख ०७९ मा पनि जसरी भए पनि राखेरै छाड्ने दावी गरेका छन् । उनले आफ्नो पार्टीको जित निश्चित रुपमा हुने दावी  गरेका छन् । गठवन्धनको तर्फबाट अध्यक्ष पदमा उम्मेद्धारी दिएका भरतसिंह राई (खाल्सा मन्त्री) ले यो पटक एमालेको नेतृत्व सहिदभूमी गाउँपालिकामा कुनै पनि हालतमा नेतृत्वमा नआउने दावी गरेका छन् । 


  • dhankutapress

थप